Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»स्तरोन्नति गरिँदै कर्णाली राजमार्ग
    समाचार

    स्तरोन्नति गरिँदै कर्णाली राजमार्ग

    kanjirowatimesBy kanjirowatimesMay 28, 2025Updated:May 28, 2025No Comments3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    स्तरोन्नति गरिँदै कर्णाली राजमार्ग जुम्ला।   जुम्ला सडक डिभिजन जुम्लाले साढे ३३ करोड रुपियाँभन्दा बढी लागतमा कर्णाली राजमार्गका विभिन्न खण्ड कालोपत्रे गर्ने काम सुरु गरेको छ । राजमार्ग अन्तर्गत कालीकोट र जुम्ला खण्डका विभिन्न प्याकेज गरी ४३ किलोमिटर सडक कालोपत्रे गरिने सडक डिभिजन जुम्लाले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी दीपेन्द्र चौधरीले कालीकोटमा १७ किमी कालोपत्रे गर्न चार वटा ठेक्कामार्फत काम भइरहेको बताउनुभयो । चालु आवभित्रै ४३ किमी कालोपत्रे हुने गरी साढे ३३ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । यसमा खुलालुदेखि घोडेनासम्म दुई प्याकेजमा कालोपत्रे सुरु भएको छ । डिएलएलसी केबी जेभी कालीकोटले पहिलो प्याकेज चार करोड १८ लाख ६५ हजार र दोस्रो प्याकेज छ किमी कालोपत्रे गर्न भैरव मष्ट निर्माण सेवाले एक करोड २८ लाख १८ हजार रुपियाँमा काम गरिरहेको छ । कालीकोट खण्डकै घोडेनादेखि नाग्मसम्म तीन प्याकेजमा काम भइरहेको छ । यसमा १६ किमी कालोपत्रेको ठेक्का खड्का निर्माण सेवाले पाएको छ । उक्त कम्पन्नीले चार करोड ४० लाख रुपियाँमा कालोपत्रे गर्ने छ भने दोस्रो प्याकेजमा चार करोड २१ लाख ७२ हजार लागतमा कालोपत्रे हुने छ । त्यसै गरी भैरव मष्ट निर्माण सेवाले एक करोड १२ लाख ४० हजार लागतमा तेस्रो प्याकेजको कालोपत्रे काम गर्ने छ । कालीकोट खण्डमा खुलालुदेखि नाग्मसम्मका पाँच वटा ठेक्कामार्फत १७.७ किमी कालोपत्रे गरिने सडक डिभिजन जुम्लाले जानकारी दिएको छ । नाग्मदेखि जुम्लासम्मको ३२ किमीमध्ये २६ किलोमिटर कालोपत्रे गरिने छ । केही स्थानमा डबल लेन निर्माणमा भएको ठाउँमा कालोपत्रे गरिने छ । जुम्ला खण्डको २६ किमी कालोपत्रे गर्न उज्ज्वल सानदार जेभी निर्माण कम्पन्नीसँग १० करोड ३७ लाख ८८ हजार लागतमा सम्झौता भएको छ ।  चालु आवको असार मसान्तभित्र सक्ने गरी साढे ३३ करोड लागतमा ४३ किमी कालोपत्रे हुने छ । जोखिमयुक्त स्थानको अवस्था जस्ताको तस्तै छ । पानी परिरहेकाले सडक कालोपत्रे काम गुणस्तरहीन हुन सक्ने भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले निर्माण व्यवसायी र सडक डिभिजनलाई सजग रहन सुझाव दिनुभएको छ । यता सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरी गुणस्तरमा कुनै सम्झौता नहुने दाबी गर्नुहुन्छ । सबै निर्माण सामग्रीको परीक्षण गरिएको र नियमित फिल्डमै खटिएकाले गुणस्तरीय पिच हुने दाबी उहाँले गर्नुभयो ।  प्रमुख चौधरीले खाल्डो पुर्ने र पिच गर्ने गरिएको उल्लेख गर्नुभयो । साथै जोखिमयुक्त स्थानमा पनि बिस्तारै सुधार हुने जनाइएको छ ।  जोखिममा भएन सुधार  कर्णाली राजमार्ग स्तरोन्नतिको काम सुरु भए पनि जोखिमयुक्त स्थानमा कुनै सुधार भएको छैन । जुम्ला–सुर्खेत २३२ किलोमिटर दुरीको राजमार्ग अन्तर्गतको जुम्ला–कालीकोट खण्डको, टिमुरे, भैँसीगौँडा, भिग्म, टाकुल्लालगायतका स्थानमा बर्सौंदेखि खाल्टाखुल्टी छन् । यहाँ दैनिक सवारी आवतजावतमा समेत सकस हुने गरेको छ । सडक डिभिजन जुम्ला र सुर्खेतले जोखिमयुक्त स्थान छोडेर सहज ठाउँ नै कालोपत्रे, ग्राभेललगायतका स्तरोन्नतिको काम सुरु गरेपछि स्थानीय नागरिक आक्रोशित भएका छन् ।  सडक डिभिजन जुम्लाले नयाँ डबल लेन सडक निर्माण गरेको र पुरानै पिच भएको सडकमा फेरि कालोपत्रे गर्ने गरी करिब ४३ किलोमिटर सडक चालु आवमा कालोपत्रे गर्दै छ । यसमा कालीकोट खण्डमा १७ किलोमिटर र जुम्ला खण्डमा २६ किलोमिटर सडक कालोपत्रे गरिँदै छ । कालीकोट र जुम्ला खण्डका अधिकांश स्थानमा पुरानै कालोपत्रेमाथि कालोपत्रे गर्न थालिएको छ । यसले गर्दा स्थानीय आक्रोशित भएका हुन् । राजमार्ग सञ्चालन भएको करिब दुई दशक भइसक्दा पनि ढुक्कले यात्रा गर्ने वातावरण अझै बनेको छैन ।    
    जोखिमयुक्त स्थान बेवास्ता, सहज ठाउँमा पिचमाथि पिच – स्थानीयको आक्रोश
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला।   जुम्ला सडक डिभिजन जुम्लाले साढे ३३ करोड रुपियाँभन्दा बढी लागतमा कर्णाली राजमार्गका विभिन्न खण्ड कालोपत्रे गर्ने काम सुरु गरेको छ । राजमार्ग अन्तर्गत कालीकोट र जुम्ला खण्डका विभिन्न प्याकेज गरी ४३ किलोमिटर सडक कालोपत्रे गरिने सडक डिभिजन जुम्लाले जनाएको छ । 

    कार्यालयका सूचना अधिकारी दीपेन्द्र चौधरीले कालीकोटमा १७ किमी कालोपत्रे गर्न चार वटा ठेक्कामार्फत काम भइरहेको बताउनुभयो । चालु आवभित्रै ४३ किमी कालोपत्रे हुने गरी साढे ३३ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । यसमा खुलालुदेखि घोडेनासम्म दुई प्याकेजमा कालोपत्रे सुरु भएको छ । डिएलएलसी केबी जेभी कालीकोटले पहिलो प्याकेज चार करोड १८ लाख ६५ हजार र दोस्रो प्याकेज छ किमी कालोपत्रे गर्न भैरव मष्ट निर्माण सेवाले एक करोड २८ लाख १८ हजार रुपियाँमा काम गरिरहेको छ । कालीकोट खण्डकै घोडेनादेखि नाग्मसम्म तीन प्याकेजमा काम भइरहेको छ । यसमा १६ किमी कालोपत्रेको ठेक्का खड्का निर्माण सेवाले पाएको छ । उक्त कम्पन्नीले चार करोड ४० लाख रुपियाँमा कालोपत्रे गर्ने छ भने दोस्रो प्याकेजमा चार करोड २१ लाख ७२ हजार लागतमा कालोपत्रे हुने छ ।

    त्यसै गरी भैरव मष्ट निर्माण सेवाले एक करोड १२ लाख ४० हजार लागतमा तेस्रो प्याकेजको कालोपत्रे काम गर्ने छ । कालीकोट खण्डमा खुलालुदेखि नाग्मसम्मका पाँच वटा ठेक्कामार्फत १७.७ किमी कालोपत्रे गरिने सडक डिभिजन जुम्लाले जानकारी दिएको छ । नाग्मदेखि जुम्लासम्मको ३२ किमीमध्ये २६ किलोमिटर कालोपत्रे गरिने छ । केही स्थानमा डबल लेन निर्माणमा भएको ठाउँमा कालोपत्रे गरिने छ । जुम्ला खण्डको २६ किमी कालोपत्रे गर्न उज्ज्वल सानदार जेभी निर्माण कम्पन्नीसँग १० करोड ३७ लाख ८८ हजार लागतमा सम्झौता भएको छ । 

    चालु आवको असार मसान्तभित्र सक्ने गरी साढे ३३ करोड लागतमा ४३ किमी कालोपत्रे हुने छ । जोखिमयुक्त स्थानको अवस्था जस्ताको तस्तै छ । पानी परिरहेकाले सडक कालोपत्रे काम गुणस्तरहीन हुन सक्ने भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले निर्माण व्यवसायी र सडक डिभिजनलाई सजग रहन सुझाव दिनुभएको छ । यता सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरी गुणस्तरमा कुनै सम्झौता नहुने दाबी गर्नुहुन्छ । सबै निर्माण सामग्रीको परीक्षण गरिएको र नियमित फिल्डमै खटिएकाले गुणस्तरीय पिच हुने दाबी उहाँले गर्नुभयो । 

    प्रमुख चौधरीले खाल्डो पुर्ने र पिच गर्ने गरिएको उल्लेख गर्नुभयो । साथै जोखिमयुक्त स्थानमा पनि बिस्तारै सुधार हुने जनाइएको छ । 

    जोखिममा भएन सुधार 

    कर्णाली राजमार्ग स्तरोन्नतिको काम सुरु भए पनि जोखिमयुक्त स्थानमा कुनै सुधार भएको छैन । जुम्ला–सुर्खेत २३२ किलोमिटर दुरीको राजमार्ग अन्तर्गतको जुम्ला–कालीकोट खण्डको, टिमुरे, भैँसीगौँडा, भिग्म, टाकुल्लालगायतका स्थानमा बर्सौंदेखि खाल्टाखुल्टी छन् । यहाँ दैनिक सवारी आवतजावतमा समेत सकस हुने गरेको छ । सडक डिभिजन जुम्ला र सुर्खेतले जोखिमयुक्त स्थान छोडेर सहज ठाउँ नै कालोपत्रे, ग्राभेललगायतका स्तरोन्नतिको काम सुरु गरेपछि स्थानीय नागरिक आक्रोशित भएका छन् । 

    सडक डिभिजन जुम्लाले नयाँ डबल लेन सडक निर्माण गरेको र पुरानै पिच भएको सडकमा फेरि कालोपत्रे गर्ने गरी करिब ४३ किलोमिटर सडक चालु आवमा कालोपत्रे गर्दै छ । यसमा कालीकोट खण्डमा १७ किलोमिटर र जुम्ला खण्डमा २६ किलोमिटर सडक कालोपत्रे गरिँदै छ । कालीकोट र जुम्ला खण्डका अधिकांश स्थानमा पुरानै कालोपत्रेमाथि कालोपत्रे गर्न थालिएको छ । यसले गर्दा स्थानीय आक्रोशित भएका हुन् । राजमार्ग सञ्चालन भएको करिब दुई दशक भइसक्दा पनि ढुक्कले यात्रा गर्ने वातावरण अझै बनेको छैन ।    

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.