Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Saturday, April 11
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»मुगुमा विद्युत चुहावटले १० खच्चर मरे, किसानलाई ठूलो क्षति
    समाचार

    मुगुमा विद्युत चुहावटले १० खच्चर मरे, किसानलाई ठूलो क्षति

    Akash SunarBy Akash SunarJune 23, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मुगु  असार ९ गते सोमबार मुगु जिल्लाको छायानाथ रारा गाउँपालिका–११ स्थित कुसा टाउ र लुम्सो गाउँ नजिकको क्षेत्रमा विद्युत् चुहावटका कारण १० खच्चरको ज्यान गएको छ।

    गमगढीबाट सामान बोकेर कार्मारोङतर्फ जाँदै गरेका खच्चरहरू बाटोमै करेन्ट लागेर मरेका हुन्। मृत खच्चरमध्ये ४ वटा कर्णबहादुर मल्ल, ३ वटा जग्गी बढुवाल र अन्य ३ वटा पृथ्वीबहादुर ऐडीका थिए।

    स्थानीयका अनुसार, नेपाल विद्युत् प्राधिकरणको गमगढी वितरण केन्द्रअन्तर्गत रहेको एक ट्रान्समिटरमा समस्या आएपछि जमिनमा करेन्ट चुहिएको थियो। पानी परिरहेको समयमा करेन्ट जमिनभर फैलिँदा खच्चरहरू एकैपटक मरेका हुन्।

    छायानाथ–११ निवासी कन्नबहादुर मल्लका अनुसार ट्रान्समिटरको अर्थिङ प्रणाली कमजोर भएकाले पानीसँगै करेन्ट जमिनमा बगेको थियो। उनले भने, “एक्कासी करेन्ट फैलिँदा खच्चरहरू ढलेर मरे।”

    यस्तै, केही दिनअघिमात्र वडा नं १२ कम्फागाउँका खड्कबहादुर बुढाको भैँसी पनि करेन्ट लागेर मरेको थियो।

    एक खच्चरको बजार मूल्य १५ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ, जसले किसानहरूलाई लाखौँको नोक्सानी भएको छ।

    विद्युत् वितरण केन्द्र गमगढीका प्रमुख साजन ऐडीले वर्षा र हुरी–बतासका कारण ट्रान्समिटरमा समस्या आएको स्वीकार्दै, क्षतिपूर्तिका लागि सिफारिस गरिएको जानकारी दिएका छन्।

    स्थानीय किसानले ट्रान्समिटरको क्षमता न्यून र सुरक्षात्मक प्रणाली कमजोर भएको भन्दै विद्युत् प्राधिकरणको लापरवाहीप्रति आक्रोश व्यक्त गरेका छन्।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.