जुम्ला-सिंजा गाउँपालिकाले १६ औं गाउँसभा अधिवेशनमा समग्र ४७ करोड २२ लाख ३५ हजार ७ बजेटसहित आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेश गरेको छ।
गाउँपालिकाका अनुसार, उक्त बजेटमध्ये ४५ करोड ८९ लाख ६१ हजार ६५२ बजेट ४५ पैसा गाउँपालिकाको आन्तरिक तथा बाह्य स्रोतबाट व्यवस्थापन गरिनेछ। साथै, गैरसरकारी संस्थाहरूको तर्फबाट पेस नेपाल, जुम्लाले १ करोड २२ लाख ८८ हजार ३५५बजेट र क्याड नेपाल, जुम्लाले ९ लाख ८५ हजार रुपैयाँ बजेट प्रस्ताव गरेका छन्।
गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष तीर्थ वडका अनुसार, यो बजेट हालै मात्र गाउँसभामा प्रस्तुत गरिएको हो। अबको बैठकमा नीति तथा कार्यक्रमको आधारमा बजेटको व्याख्या र विनियोजन प्रक्रिया अघि बढाइने तयारी भएको छ।
