कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १४ जनाले आवेदन दिएका छन्। प्रतिष्ठानले ०८२ साल असार ४ गते प्रकाशित सूचनाअनुसार तय गरिएको म्यादभित्र प्राप्त उम्मेदवारी सूची सार्वजनिक गरेको हो।
उक्त पदका लागि निवेदन दिने उम्मेदवारहरूमा डा. उत्सव चापागाई, डा. एलिजा श्रेष्ठ, डा. कालु शर्मा सुवेदी, डा. पवन जंग रायमाझी, र डा. पुजन कुमार रोकाया छन्।
यस्तै, डा. लक्ष्मि नारायण सिंह, डा. श्रीकृष्ण गिरी, डा. सूर्यमान मेन्याङ्गवो, डा. प्रमोद कुमार यादव, पो.डा. प्रमोद कुमार सर्राफ, प्रा.डा. विष्णु प्रसाद शर्मा, प्रा.डा. विजय अर्याल, प्रा.डा. सेशनन्द सञ्जेल तथा सह.प्रा.डा. डबल बहादुर धामीले पनि उम्मेदवारी दिएका छन्।
