कक्षा १० अन्तर्गत राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि औपचारिक निर्णय गरी परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो।
बोर्डका अनुसार सम्पूर्ण नतिजा वेबसाइटमा अपलोड हुन केही समय लाग्न सक्नेछ।
२०७८ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको एसईईमा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।
