अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पुनः सुचारु गरिएको छ। गएकाे रातिदेखि लगातार परेको भारी वर्षाका कारण गगने खोलामा ठूलो पहिरो खस्दा जितेगाड खण्डमा राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको थियो।
पहिरोसँगै खसेका ठूला ढुंगा र माटोले राजमार्ग थुनिएपछि जुम्लाबाट सुर्खेत तथा नेपालगञ्जतर्फ जाने यात्रु र मालबाहक सवारी साधन बीच बाटोमै रोकिएका थिए।
सडक डिभिजन कार्यालयले लगातारको वर्षाका कारण सडक अवस्था जोखिमपूर्ण रहेकाले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाई मात्र यात्रा गर्न अनुरोध गरेको छ।
