जुम्ला— मुगुको कोटडाँडा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो।
यसअघि असार १५ गते पनि मुगुको जिमा आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालमा सानातिना परकम्पहरू लगातार आइरहेका छन्।
हिमालय क्षेत्रमा अवस्थित नेपाल भूकम्पको दृष्टिले संवेदनशील मानिन्छ, जसका कारण यस्ता कम्पनहरूको सम्भावना उच्च रहँदै आएको छ।
