Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»सरकारी कर नीतिविरुद्ध जुम्लाका सुनचाँदी व्यवसायी उत्रिए आन्दोलनमा
    समाचार

    सरकारी कर नीतिविरुद्ध जुम्लाका सुनचाँदी व्यवसायी उत्रिए आन्दोलनमा

    Akash SunarBy Akash SunarJune 30, 2025Updated:June 30, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला — नेपाल सुनचाँदी व्यवसायी महासंघ, जुम्लाले हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुन, चाँदी, हिरा तथा बहुमूल्य पत्थरहरूलाई विलासिता वस्तुको रूपमा वर्गीकृत गरी लगाइएको करप्रति कडा असन्तोष व्यक्त गरेको छ। महासंघले उक्त कर संरचनाले व्यवसाय मात्र होइन, आम उपभोक्ता पनि प्रत्यक्ष मारमा पर्ने भन्दै विरोध जनाएको हो।

    यसै सन्दर्भमा महासंघले नेपाल पत्रकार महासंघ, जुम्ला शाखालाई ज्ञापनपत्र बुझाउँदै मुद्दा सार्वजनिक रुपमा उठाउन अनुरोध गरेको छ। महासंघका अध्यक्ष राजु गहतराजका अनुसार सरकारले सुनचाँदी तथा बहुमूल्य रत्नमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने निर्णयले व्यवसाय धरापमा पर्ने खतरा बढेको छ।

    “यसले न त व्यवसायीलाई राहत दिन्छ, न त उपभोक्तालाई। लागत बढ्दा बजारमा माग घट्नेछ र परिणामस्वरूप स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा प्रतिकूल असर पर्नेछ,” अध्यक्ष गहतराजले भने, “हामी सरकारसँग तत्काल यो निर्णय फिर्ता लिन आग्रह गर्दछौं।”

    महासंघका महासचिव ज्ञान बहादुर विकले पनि यो निर्णयले साना र मझौला स्तरका व्यवसायीहरूलाई बढी असर गर्ने बताए। “करको भार सिधै व्यवसायीको लागतमा प्रतिफलित हुन्छ, जुन अन्ततः उपभोक्ताले नै व्यहोर्नु पर्ने हुन्छ,” उनले जोड दिए।

    ज्ञापनपत्र ग्रहण गर्दै नेपाल पत्रकार महासंघ, जुम्ला शाखाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईंले सुनचाँदी व्यवसायीहरूको मागलाई न्यायोचित बताउँदै मिडियामार्फत यो विषयलाई उजागर गरिने प्रतिबद्धता जनाए। “हामी यो विषयलाई गम्भीरतापूर्वक लिन्छौं र सम्बन्धित सरकारी तहमा आवाज पुर्‍याउनेछौं,” उनले भने।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यसअघि पनि सरकारले बजेटमा ल्याएको कर नीति खारेज गर्न विभिन्न चरणमा आन्दोलनको घोषणा गरिसकेको छ। जुम्ला शाखाले स्थानीय तहमा छलफल, जनचेतना तथा दबाब कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको महासंघले जनाएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.