Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»दाउन्नेमा सडक भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, यात्रु बिचल्लीमा
    समाचार

    दाउन्नेमा सडक भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, यात्रु बिचल्लीमा

    Akash SunarBy Akash SunarJuly 9, 2025Updated:July 9, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    बुटवल, असार २५पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (पश्चिम) स्थित दाउन्नेको खुर्सानी खोलामा सडक भासिँदा बर्दघाट–दुम्किबास सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ

    सोमबार रातिदेखिको वर्षापछि खोलानजिकको सडक भासिएर लु १ क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा गाडी चल्न सकेका छैनन्।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार, सडक अबरुद्ध भएपछि पूर्वतर्फ जाने सवारीसाधन बर्दघाटको टिसिएन चोकमा रोकिएका छन् भने पश्चिमबाट आएका गाडीहरू दुम्किबासमै थुनिएका छन्।”

    सडक खुलाउने प्रयास भइरहेको छ, तर निरन्तरको वर्षाले काम गर्न गाह्रो भइरहेको छ,” डीएसपी पन्तले बताए। उनका अनुसार सडक सुचारु हुन अझ केही समय लाग्न सक्छ।खुर्सानी खोलाको यो क्षेत्र विगतमा पनि पटक–पटक सडक भासिएर अवरुद्ध हुने गरेको छ।

    यता, नारायणगढ–बुटवल सडक विस्तार अन्तर्गत दाउन्ने खण्डको झण्डै १४ किलोमिटर सडकको काम अझै सम्पन्न नभएको कारण पनि यो क्षेत्रमा सधैं समस्या देखिँदै आएको हो।स्थानीयवासीहरू भन्छन्— “यो समस्या केवल सडक भासिनेमै सीमित छैन।

    यहाँको पूर्वाधार निर्माण ढिलाइ, डिजाइनको कमजोरी र व्यवस्थापनको अभावका कारण यो भन्दा फरक अलि बढी समस्याहरू निम्तिएको छ। बारम्बारको सडक अवरुद्धले यात्रा मात्र होइन, व्यापार, आपतकालीन सेवा र जनजीवनमा समेत असर गरिरहेको छ।”

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.