Close Menu
kanjirowatimes.com
    What's Hot

    📈 जुम्ला प्रतिनिधि सभा निर्वाचन २०२६ (२०८२) – लाइभ मत परिणाम

    March 6, 2026

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • 📈 जुम्ला प्रतिनिधि सभा निर्वाचन २०२६ (२०८२) – लाइभ मत परिणाम
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Monday, March 9
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»सिंजामा २४ करार कर्मचारीको सम्झौता नवीकरण नहुने
    समाचार

    सिंजामा २४ करार कर्मचारीको सम्झौता नवीकरण नहुने

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 15, 2025Updated:July 15, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । सिंजा गाउँपालिकामा कार्यरत २४ जना करार कर्मचारीको आगामी आर्थिक वर्षदेखि सम्झौता नवीकरण नहुने भएको छ । तीमध्ये १६ जना शिक्षा क्षेत्रका शिक्षक र ८ जना स्वास्थ्यकर्मी रहेका छन् ।

    गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/०८३ को साउन १ गतेदेखि ती करार कर्मचारीहरूको सेवासम्बन्धी सम्झौता नगर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीका अनुसार, कर्णाली प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १४ (१) तथा सोही ऐनअनुसार बनेको नियमावलीको नियम ११ को उपनियम (१) मा उल्लेख भएअनुसार, कुनै पनि पद नखुलेको वा सिर्जना नगरिएको अवस्थामा करार वा ज्यालादारीमा कर्मचारी नियुक्त गर्न नपाइने स्पष्ट व्यवस्था रहेको छ ।

    शाहीले जानकारी दिएअनुसार, कानुनी प्रावधान विपरित गरिएको नियुक्तिबाट कर्मचारीले तलब, भत्ता तथा सेवा सुविधा लिएको पाइएमा त्यसको जिम्मेवारी नियुक्ति दिने पदाधिकारी वा अधिकारीलाई हुनेछ । साथै, नियुक्तिकर्ताबाट सेवा सुविधा असुल उपरसमेत गरिने व्यवस्था ऐनमा उल्लेख छ ।

    हाल गाउँपालिका मातहतको स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र तथा विद्यालयहरूमा कार्यरत करार कर्मचारीहरूलाई “स्थानीय सरकार सञ्चालन ऐन, २०७४” को दफा ८३ (८) अनुसार तोकिएको पदमा मात्र हाजिरी गर्न सकिने जनाइएको छ । नयाँ आदेश वा व्यवस्था नभएसम्म २०८२ साउन १ गतेदेखि यथास्थितिमा कार्यालयमा हाजिर नगर्न तथा नगराउन निर्देशन दिइएको छ । यदि कसैले कानुनको उल्लंघन गर्दै कार्यालयमा हाजिर गरेमा वा गराएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्तिलाई नै हुने प्रमुख प्रशासकीय अधिकृत शाहीले बताएका छन् ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.