Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सँगै तीनजना पत्रकारलाई पुरस्कृत
    समाचार

    नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सँगै तीनजना पत्रकारलाई पुरस्कृत

    Akash SunarBy Akash SunarSeptember 24, 2025Updated:September 24, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जिल्लामा क्रियाशील तीन जना पत्रकारलाई विशेष सम्मान गरेको छ। नियमित पत्रकारिता पेशामा सक्रिय भई सामाजिक, खेलकुद, महिला आवाज तथा कृषि–पर्यटन क्षेत्रलाई अघि बढाउन योगदान पुर्‍याएको कारण उनीहरूलाई यस वर्ष विभिन्न विधामा पुरस्कार प्रदान गरिएको हो।

    यसअन्तर्गत दूबो खबरका प्रधान सम्पादक कालीबहादुर परियारलाई युवा तथा खेलकुद पत्रकारिता पुरस्कार, रेडियो नारी आवाजकी स्टेशन म्यानेजर लक्ष्मी न्यौपानेलाई गौरी पद्म स्मृति पत्रकारिता पुरस्कार र कर्णाली सवाल अनलाइनका सञ्चालक विजय रावतलाई कृषि तथा पर्यटन पत्रकारिता पुरस्कार दिइएको हो।

    पुरस्कार प्राप्त प्रत्येक पत्रकारलाई नगद १० हजार रुपैयाँ, कदरपत्र र दोसल्ला प्रदान गरिएको थियो। गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले विजयी पत्रकारहरूलाई सम्मान गरेका थिए।

    दशैँको शुभकामना आदान–प्रदान कार्यक्रमसँगै आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाका राजनीतिक नेतृत्व, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मीका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा पत्रकारहरू व्यापक संख्यामा सहभागी भएका थिए। प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई, उपाध्यक्ष रेवती रावल, पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहरा लगायतले पत्रकारहरूको भूमिकाको प्रशंसा गरेका थिए।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईले पत्रकारिताको पेशागत धर्म पालन गर्ने क्रममा पत्रकारहरूले भोग्नुपरेका चुनौतीको चर्चा गर्दै पुरस्कारले पत्रकारहरूको हौसला अझै बढाउने विश्वास व्यक्त गरे।

    हिमा गाउँपालिकाको पाँच लाख रुपैयाँ सहयोगमा स्थापना गरिएको अक्षयकोषबाट २०७९ सालदेखि यो पुरस्कार वितरण हुँदै आएको छ। यसवर्ष तातोपानी गाउँपालिकाले पनि अक्षयकोष विस्तारका लागि थप पाँच लाख रुपैयाँ विनियोजन गरेको छ, जसले आगामी वर्षहरूमा अझ बढी पत्रकारलाई प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ।

    स्थानीय तहहरूको साझेदारीमा सञ्चालित अक्षयकोष दीर्घकालीन रूपमा पत्रकारितालाई टेवा पुर्‍याउने महत्वपूर्ण आधार हुने विश्वास गरिएको छ। पुरस्कार प्राप्त पत्रकारहरूले पनि यसलाई आफ्नो जिम्मेवारी थपिने अवसरका रूपमा लिएका छन्।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.