जुम्ला जिल्लामा निर्वाचन सुरक्षाका लागि ठूलो संख्यामा आवेदन परेका छन्। निर्वाचन प्रहरीका लागि कुल १८१८ जनाले आवेदन दिएका छन्, जुन माग गरिएको संख्या भन्दा करिब दोब्बर हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार निर्वाचन प्रहरीमा महिलातर्फ ६५८ जना र पुरुषतर्फ ११६० जनाले आवेदन दिएका छन्।
त्यसैगरी निर्वाचन सशस्त्र प्रहरी बलका लागि महिलातर्फ ३० जना र पुरुषतर्फ ४६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन्।
जुम्ला जिल्लाका लागि निर्वाचन प्रहरीको कुल माग संख्या ८७८ जना रहेको छ भने निर्वाचन सशस्त्र प्रहरी बलका लागि ९६ जनाको आवश्यकता रहेको छ।
