Close Menu
kanjirowatimes.com
    What's Hot

    चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित

    February 5, 2026

    जुम्लामा निर्वाचन प्रहरी कोटाभन्दा बढी, ४५३ जना रिजर्भमा

    January 26, 2026

    जुम्लामा १० उम्मेदवारको मनोनयन दर्ता सम्पन्न

    January 20, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    • जुम्लामा निर्वाचन प्रहरी कोटाभन्दा बढी, ४५३ जना रिजर्भमा
    • जुम्लामा १० उम्मेदवारको मनोनयन दर्ता सम्पन्न
    • नेपाली काँग्रेस जुम्लाबाट दिप बहादुर शाहीको उम्मेदवारी दर्ता
    • जुम्लामा निर्वाचन प्रहरीको लागि १८१८ जनाको आवेदन
    • जुम्लामा अटो व्यवसायी आन्दोलनमा उत्रिए
    • मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना, एक अमल्दारको ज्यान गयो
    • विश्वभरि नै मनाइने क्रिसमस डे जुम्लाको बिलिभर्स  स्टन चार्ज मा भव्यका  साथ सम्पन्न
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, February 10
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लामा १० उम्मेदवारको मनोनयन दर्ता सम्पन्न
    समाचार

    जुम्लामा १० उम्मेदवारको मनोनयन दर्ता सम्पन्न

    dipakBishwakarmaBy dipakBishwakarmaJanuary 20, 2026Updated:February 9, 2026No Comments3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जिल्ला अदालत जुम्लामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दिनभर शान्तिपूर्ण रूपमा मनोनयन प्रक्रिया सम्पन्न भएको हो।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट नरेश भण्डारीले दिउँसो करिब साढे १ बजे मनोनयन दर्ता गराएका हुन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपटक मतदाताले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे। “हामी स्पष्ट बहुमतका साथ विजयी हुन्छौं, प्रश्न केवल कति मतको अन्तरले भन्ने मात्र हो,” भण्डारीले दाबी गरे।

    जुम्लालाई क्रान्तिकारी जिल्ला भन्दै उनले यहाँका जनताले भाषण होइन, काम गर्ने प्रतिनिधि खोजिरहेको बताए।
    यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार मनऋषि धितालले पनि जुम्लाबाट उम्मेदवारी दर्ता गराएका छन्। पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका धिताल मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को धार छोडेर जनार्दन शर्माको समूह रोजेका धिताल युद्धकालदेखि पत्रकारितामा सक्रिय रहँदै आएका भए पनि जुम्लामा भने नयाँ राजनीतिक अनुहारका रूपमा हेरिएका छन्। स्थानीय स्तरमा उनको राजनीतिक पहुँच कमजोर रहेको टिप्पणी पनि भइरहेको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विनिता कठायतले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेकी छन्। मनोनयनपछि प्रतिक्रिया दिँदै उनले कर्णालीको भूगोल, समस्या र नागरिकको पीडा बुझ्ने प्रतिनिधि संसदमा जानुपर्ने बताइन्। “जुम्लाका नागरिकको आवाज मैले निरन्तर उठाउँदै आएको छु,” कठायतले भनिन्।

    उनी जुम्लाबाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने एकमात्र महिला उम्मेदवार हुन् र यसअघि रास्वपाबाट समानुपातिक सांसदसमेत भइसकेकी छन्।
    नेपाली कांग्रेसका दीपबहादुर शाहीले साँझ करिब साढे ४ बजे बिना तामझाम मनोनयन दर्ता गराएका छन्। आफू भुइँमान्छेको प्रतिनिधि भएर चुनावमा होमिएको बताउँदै उनले बाल्यकालदेखि देख्दै आएका जिल्लाका दीर्घकालीन समस्या समाधानमा केन्द्रित हुने प्रतिबद्धता जनाए।

    तर कांग्रेसभित्रको आन्तरिक गुटबन्दी शाहीका लागि चुनौतीका रूपमा देखिएको छ। उनी गगन थापानिकट समूहबाट टिकट पाएका हुन्। यसअघि जिल्ला समितिले सभापति कर्णबहादुर शाही र कान्तिका सेजुवालसहित अन्य नेताहरूको नाम सिफारिस गरेको थियो।
    २०७९ सालको निर्वाचनमा देउवानिकट ललितजंग शाही पराजित हुँदा कांग्रेसका बागी उम्मेदवार देवेन्द्र शाही विजयी भएका थिए। हाल देवेन्द्र शाही गगन थापाको पक्षमा खुलेका छन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेबाट जिल्ला अध्यक्ष शान्तिलाल महत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानबहादुर शाहीले पनि उम्मेदवारी दर्ता गराएका छन्।

    २०७९ सालको निर्वाचनमा गठबन्धनका बाबजुद विजयी भएका ज्ञानबहादुर शाहीमाथि यसपटक पार्टी परिवर्तनको चर्चा र सुर्खेतबाट उम्मेदवारी दिने रणनीतिका हल्लाले स्वार्थकेन्द्रित राजनीति गरेको आरोप लागिरहेको छ। राप्रपाभित्र आन्तरिक विवाद बढेको र संगठन कमजोर बनेको विश्लेषण भइरहेको छ।

    यसैगरी नेपाल मजदुर किसान पार्टीबाट बिर्खबहादुर रावत, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही र नेपाल कम्युनिस्ट पार्टीबाट बिर्खबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रतर्फ भक्तबहादुर रावल पनि चुनावी मैदानमा उत्रिएका छन्।

    मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार जुम्लामा एक स्वतन्त्रसहित कुल १० जनाको मनोनयन दर्ता भएको हो। “सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ,” उनले जानकारी दिए।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.