- तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
- गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
- हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
- फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
- माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
- 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
- कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
- चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
Author: Akash Sunar
जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जिल्लामा क्रियाशील तीन जना पत्रकारलाई विशेष सम्मान गरेको छ। नियमित पत्रकारिता पेशामा सक्रिय भई सामाजिक, खेलकुद, महिला आवाज तथा कृषि–पर्यटन क्षेत्रलाई अघि बढाउन योगदान पुर्याएको कारण उनीहरूलाई यस वर्ष विभिन्न विधामा पुरस्कार प्रदान गरिएको हो। यसअन्तर्गत दूबो खबरका प्रधान सम्पादक कालीबहादुर परियारलाई युवा तथा खेलकुद पत्रकारिता पुरस्कार, रेडियो नारी आवाजकी स्टेशन म्यानेजर लक्ष्मी न्यौपानेलाई गौरी पद्म स्मृति पत्रकारिता पुरस्कार र कर्णाली सवाल अनलाइनका सञ्चालक विजय रावतलाई कृषि तथा पर्यटन पत्रकारिता पुरस्कार दिइएको हो। पुरस्कार प्राप्त प्रत्येक पत्रकारलाई नगद १० हजार रुपैयाँ, कदरपत्र र दोसल्ला प्रदान गरिएको थियो। गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष तथा…
सुर्खेत, साउन ११ सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोलामा आइतबार बिहान एक पुरुषले आफ्नै जीवनसाथीको ज्यान लिएका छन्। ४२ वर्षीय दानसिंह ठाडाले आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका हुन्। राति करिब १:३० बजेतिर घटना घटेको बताइएको छ। श्रीमतीको हत्या गरेपछि ठाडाले वडाध्यक्षमार्फत प्रहरीको सम्पर्क खोजेका थिए र त्यसपछिनै स्वयं प्रहरीलाई फोन गरेर आफूले अपराध गरिसकेको स्वीकार्दै समर्पण गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै नगर प्रहरी र करेखोला प्रहरी चौकीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। ठाडालाई प्रहरीले बिहान २ बजेतिर नियन्त्रणमा लिएको हो। चिर्पट प्रहारमार्फत हत्या, मानसिक तनाव शंका जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रारम्भिक अनुसन्धानमा रविनाको मृत्यु काठको चिर्पट प्रहारबाट भएको देखिएको…
जुम्ला, साउन ११ जुम्ला जिल्लाको पातारासी गाउँपालिका–६ स्थित एक कच्ची घरमा आज बिहान ग्यास चुलोको प्रयोगका क्रममा आगलागी हुँदा दुई तला पूर्ण रूपमा जलेर नष्ट भएको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आगलागी विहान करिब ६:३० बजे रणु महतारा (उमेर करिब ३२ वर्ष) को तीनतले कच्ची घरको दोस्रो तलाबाट सुरु भएको हो। बिहानको खाना पकाउने क्रममा ग्यास चुलो एक्कासी सल्किएपछि आगोले घरको दोस्रो र तेस्रो तला एकैछिनमा खाक बनाएको प्रहरीले जनाएको छ।इलाका प्रहरी पोस्ट उर्थुचौताराबाट प्राप्त जानकारी अनुसार आगलागीमा अन्नपात, लत्ताकपडा, भाँडाकुडा, काठपातलगायत घरायसी सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। यद्यपि, घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।घटनाबारे बिहान ८:३० बजे…
जुम्ला ७साउन जुम्ला — आर्थिक वर्ष २०८१/८२ मा सघन सहरी तथा भवन आयोजना जुम्ला — आर्थिक वर्ष २०८१/८२ मा सघन सहरी तथा भवन आयोजना कार्यालय, जुम्लामा पुँजीगततर्फ विनियोजन भएको बजेटको ठूलो हिस्सा खर्च हुन नसक्दा ७५ करोड २ लाख ६९ हजार बजेट फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय, जुम्लाका प्रमुख मीन बहादुर घर्तीमगरका अनुसार आयोजनाका लागि गत वर्ष १ अर्ब ६३ करोड ७२ लाख ६४ हजार पुँजीगत बजेट विनियोजन गरिएको थियो, तर त्यसको मात्र ५४.६४ प्रतिशत — ९० करोड ३८ लाख ७ हजार — मात्र खर्च हुन सक्यो। त्यस्तै, चालू खर्चतर्फ १ करोड ६८ लाख १२ हजार बजेट…
जुम्ला, ५ साउन डिभिजन वन कार्यालय जुम्लाले आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशभरका डिभिजन वन कार्यालयहरूलाई पछि पार्दै समग्र कार्यसम्पादनका आधारमा प्रथम स्थान हासिल गरेको छ। प्रदेशभरका ११ वटा डिभिजन वन कार्यालयहरूको तुलनामा जुम्लाले कार्यक्रम कार्यान्वयन, सेवा प्रवाह, बजेट उपयोग र संस्थागत समन्वयमा उत्कृष्टता देखाएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सुर्खेतमा आयोजना गरेको वार्षिक प्रगति समिक्षा कार्यक्रममा जुम्ला कार्यालयलाई ‘उत्कृष्ट डिभिजन वन कार्यालय’ घोषित गर्दै विशेष सम्मान प्रदान गरेको हो। सम्मानपत्र मन्त्रालयका सचिव शेर बहादुर श्रेष्ठले कार्यालय प्रमुख भरत बुढ्थापालाई हस्तान्तरण गरेका थिए। प्रमुख बुढ्थापाको नेतृत्वमा जुम्ला वन कार्यालयले योजनाको समयमै कार्यान्वयन, कर्मचारी परिचालनको दक्षता,…
जुम्ला जुम्ला जिल्लाको तिला गाउँपालिका–६ सुडीका ३५ वर्षीय जंग बहादुर रावतको भिरबाट लडेर ज्यान गएको छ। दाउरा काट्न जंगल गएका रावतको साट्ले भन्ने स्थानमा करिब १०० मिटर तल मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी दिँदै प्रहरी चौकी रारालिहीका बरिष्ठ प्रहरी हवल्दार चन्द्र बहादुर थापाले बताएअनुसार, मृतक रावत दाउरा काट्न बिहान जंगल गएका थिए। साँझ अबेरसम्म घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजतलास गर्ने क्रममा साट्ले जंगलको भिरतिर जाँदा शव फेला पारेका हुन्। शव फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट थप प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको र प्रारम्भिक अनुमान अनुसार भिरबाट लडेर…
बुटवल, असार २५पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (पश्चिम) स्थित दाउन्नेको खुर्सानी खोलामा सडक भासिँदा बर्दघाट–दुम्किबास सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ सोमबार रातिदेखिको वर्षापछि खोलानजिकको सडक भासिएर लु १ क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा गाडी चल्न सकेका छैनन्।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार, सडक अबरुद्ध भएपछि पूर्वतर्फ जाने सवारीसाधन बर्दघाटको टिसिएन चोकमा रोकिएका छन् भने पश्चिमबाट आएका गाडीहरू दुम्किबासमै थुनिएका छन्।” सडक खुलाउने प्रयास भइरहेको छ, तर निरन्तरको वर्षाले काम गर्न गाह्रो भइरहेको छ,” डीएसपी पन्तले बताए। उनका अनुसार सडक सुचारु हुन अझ केही समय लाग्न सक्छ।खुर्सानी खोलाको यो क्षेत्र विगतमा पनि पटक–पटक…
जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा चट्याङ पर्दा १९७ वटा भेडाको ज्यान गएको छ। सोमबार दिउँसो साढे ४ बजे पाटनमा चराइको क्रममा रहेको बथानमा चट्याङ खस्दा छ जना किसानका भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घटनाबारे जानकारी दिँदै प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले मृत भेडाको संख्या १९७ पुगेको पुष्टि गर्नुभयो। कुन किसानका कति संख्यामा भेडा मरेका हुन् भन्ने विवरण संकलनको क्रममा रहेको उहाँले जानकारी दिनुभयो। चट्याङ लागेका सबै भेडाहरू एकै थलोमा चरिरहेका थिए। घटनास्थलमा सुरक्षा निकाय र स्थानीयवासीको टोली पुगेर क्षतिको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ। सोही घटनामा परेर सिंजा गाउँपालिका–४, भाडगाउँका…
जाजरकोट जिल्लाको कुशे गाउँपालिका–३ तर्पेनामा एक अत्यन्तै पीडादायक घटना भएको छ, जहाँ एकै घरका दुई नाबालिका दिदीबहिनीको ज्यान ढुंगा खस्दा गुमेको छ।वडाध्यक्ष वीरबहादुर बुढाका अनुसार, बिहीबार राति करिब ९ बजे नरबहादुर बुढाका छोरीहरू—१८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढा—भूकम्पपछि बनाइएको अस्थायी टहरामा सुतिरहेकै बेला माथिबाट अचानक ठूलो ढुंगा खसेर उनीहरूलाई लाग्यो। घटनास्थलमै दुवै जनाको ज्यान गएको पुष्टि गरिएको छ।शर्मिला र चमेली दुबैले भूकम्पले क्षति पु¥याएको घरका कारण टहरामा बस्दै आएका थिए। उनीहरू त्यसै टहरामा बाख्राको हेरचाहसमेत गर्दै आएका थिए। असुरक्षित भौगोलिक अवस्थाका कारण सम्भवतः खसेको ढुंगाले यसरी एकै परिवारका दुई चेलीको ज्यान लिएको हो, जसले गाउँभरि शोकको छायाँ…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले पार्टी सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा सदरमुकाम खलंगामा हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ। जनस्तरमा व्यापक समर्थन र सहभागिता बटुल्दै गएको उक्त अभियान बिहान ११:३० बजे संघीय सांसद विनिता कठायतको हस्ताक्षरमार्फत औपचारिक रूपमा सुरू गरिएको हो। सुरु भएको केही घण्टामै खलंगाको कृष्ण मन्दिर आसपासको क्षेत्रमा मात्र करिब २०० जनाले हस्ताक्षर गर्दै समर्थन जनाएका छन्। रास्वपा जुम्लाका सचिव जगतबहादुर खत्रीले दिएको जानकारीअनुसार, अभियानप्रति स्थानीय नागरिकको उत्साह उल्लेखनीय देखिएको छ। देशभर र प्रवासमा एकसाथ सञ्चालन भइरहेको यो अभियानले न्याय, समानता र सत्ताको दुरुपयोगविरुद्ध जनचेतना फैलाउने र लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने उद्देश्य बोकेको…