Author: Akash Sunar

जुम्ला — चन्दननाथ नगरपालिका–९ स्थित खल्लाचौर नजिकै तिला नदीको किनारमा बिहीबार बिहान ८:३० बजे एक अज्ञात पुरुषको शव फेला परेको छ। स्थानीय बासिन्दा दिपेन्द्र रावलले शव देखेपछि जिल्ला प्रहरी कार्यालय, जुम्लालाई खबर गरेका थिए। जानकारी प्राप्त भएलगत्तै प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ पठाइएको थियो। साथै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट फोरेन्सिक चिकित्सकसहितको टोली समेत घटनास्थलमा परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ। उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ। प्रारम्भिक जानकारीका आधारमा, शव तिला नदीबाट बगाउँदै आएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीका अनुसार, मृतकको नाम, ठेगाना र अन्य व्यक्तिगत विवरण अहिलेसम्म नखुलेको…

Read More

जुम्ला — चन्दननाथ नगरपालिकाको केन्द्रमा पर्ने जिल्ला प्रशासन कार्यालयअगाडि गणेश मन्दिर निर्माणको शिलान्यास गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा नगर प्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा शिलान्यास सम्पन्न भयो। करिब २० लाख रुपैयाँको लागतमा निर्माण हुने मन्दिरले स्थानीय धार्मिक आस्थासँगै सांस्कृतिक पहिचानलाई समेत सुदृढ गर्ने अपेक्षा गरिएको छ। नगर प्रमुख कठायतले मन्दिर धार्मिक स्थल मात्र नभई समुदायको एकता, पहिचान र साझा थलो बन्ने विश्वास व्यक्त गरे। “मन्दिर हाम्रो मौलिक सांस्कृतिक मूल्यलाई जगेर्ना गर्ने माध्यम पनि हुनेछ,” उनले भने। उपप्रमुख खड्काले मन्दिर निर्माणले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताइन्। “यो मन्दिरले जुम्लाको सांस्कृतिक र कलात्मक पक्षलाई उजागर…

Read More

जुम्ला, कर्णाली प्रदेश — नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा जुम्ला लगायतका कर्णाली प्रदेशका जिल्लामा अवरुद्ध भएपछि सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ। जुम्लामा पछिल्ला तीन दिनदेखि टेलिकमको फोन र इन्टरनेट सेवा पूर्ण रूपमा बन्द भएपछि जनजीवन प्रभावित भएको हो। टेलिकमको फाइबर इन्टरनेट सस्तो र गुणस्तरीय भएकाले छोटो समयमै उपभोक्ता संख्या उल्लेखनीय रूपमा बढेको थियो। तर सेवा अवरुद्ध भएपछि उपभोक्ताले ठूलो असुविधा भोगिरहेका छन्। नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईका अनुसार, भ्वाइस कल, मोबाइल डाटा तथा वाइफाइ सेवा एकसाथ अवरुद्ध हुँदा सञ्चार, कारोबार, र कार्यालय प्रशासनका काममा व्यापक असर परेको छ। उनले भने, “असार महिनामा कार्यालयको भुक्तानी लगायतका कार्यहरू…

Read More

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १४ जनाले आवेदन दिएका छन्। प्रतिष्ठानले ०८२ साल असार ४ गते प्रकाशित सूचनाअनुसार तय गरिएको म्यादभित्र प्राप्त उम्मेदवारी सूची सार्वजनिक गरेको हो। उक्त पदका लागि निवेदन दिने उम्मेदवारहरूमा डा. उत्सव चापागाई, डा. एलिजा श्रेष्ठ, डा. कालु शर्मा सुवेदी, डा. पवन जंग रायमाझी, र डा. पुजन कुमार रोकाया छन्। यस्तै, डा. लक्ष्मि नारायण सिंह, डा. श्रीकृष्ण गिरी, डा. सूर्यमान मेन्याङ्गवो, डा. प्रमोद कुमार यादव, पो.डा. प्रमोद कुमार सर्राफ, प्रा.डा. विष्णु प्रसाद शर्मा, प्रा.डा. विजय अर्याल, प्रा.डा. सेशनन्द सञ्जेल तथा सह.प्रा.डा. डबल बहादुर धामीले पनि उम्मेदवारी दिएका छन्।

Read More

जुम्ला — तिला गाउँपालिका–५ चुलाकोटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। आज बिहान कुडारीबाट चुलाकोटतर्फ ढुंगा ल्याउँदै गरेको १ त ६४७२ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। दुर्घटनामा परी तिला–५ चुलाकोट निवासी २३ वर्षीय कामदार लोकेश बुढाको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै, सोही ट्याक्टरका चालक ३० वर्षीय कर्ण जैशी गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याएको हो प्रहरीका अनुसार ट्याक्टर ढुंगा बोकेर कुडारीबाट चुलाकोटतर्फ जाँदै गर्दा अनियन्त्रित भई खसेको हो। घटनाबारे थप अनुसन्धान…

Read More

जुम्ला — तातोपानी गाउँपालिकाले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि अक्षकारेष स्थापना गर्ने तयारी गरेको छ। यही असार १० गते गाउँपालिकाको अध्यक्ष नन्द प्रसाद चौलागाईंले आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त योजना सार्वजनिक गरेका हुन्। अध्यक्ष चौलागाईंका अनुसार ‘जनतासँग अध्यक्ष’ कार्यक्रममार्फत रु ५ लाख बजेट पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि छुट्याइएको छ। पालिकाले विगत केही वर्षयता पत्रकारिता तथा सञ्चार क्षेत्रको सुदृढीकरणमा विशेष प्राथमिकता दिँदै विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले यस वर्षदेखि पालिकास्तरीय सञ्चार नीति ल्याएर कार्यान्वयनमा लैजाने बताएका छन्। उनले भने, “देशमा देखिएका ठूला परिवर्तनहरूमा पत्रकारहरूको योगदान सधैं महत्त्वपूर्ण रहँदै आएको छ। अहिलेको परिवर्तनलाई संस्थागत गर्नका…

Read More

जुम्ला-सिंजा गाउँपालिकाले १६ औं गाउँसभा अधिवेशनमा समग्र ४७ करोड २२ लाख ३५ हजार ७ बजेटसहित आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेश गरेको छ। गाउँपालिकाका अनुसार, उक्त बजेटमध्ये ४५ करोड ८९ लाख ६१ हजार ६५२ बजेट ४५ पैसा गाउँपालिकाको आन्तरिक तथा बाह्य स्रोतबाट व्यवस्थापन गरिनेछ। साथै, गैरसरकारी संस्थाहरूको तर्फबाट पेस नेपाल, जुम्लाले १ करोड २२ लाख ८८ हजार ३५५बजेट र क्याड नेपाल, जुम्लाले ९ लाख ८५ हजार रुपैयाँ बजेट प्रस्ताव गरेका छन्। गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष तीर्थ वडका अनुसार, यो बजेट हालै मात्र गाउँसभामा प्रस्तुत गरिएको हो। अबको बैठकमा नीति तथा कार्यक्रमको आधारमा बजेटको व्याख्या…

Read More

जुम्ला जुम्लास्थित तिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड ३९ लाख ७९ हजार ‌बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १६ औं गाउँसभा तथा अधिवेशनमा नीति तथा कार्यक्रमसहित उपाध्यक्ष गोरीकला बुढाले बजेट प्रस्तुत गर्नुभएको हो। संघीय सरकारबाट प्राप्त बजेट सशर्त अनुदान २० करोड ९२ लाख वित्तीय समानीकरण अनुदान (संघ): ९ करोड ४० लाख विशेष अनुदान (संघ) २ करोड ५० लाख समपूरक अनुदान (संघ) १ करोड ७८ लाख राजस्व बाँडफाँड (संघ) ८ करोड ७० लाख ७८ हजारप्रदेश सरकारबाट प्राप्त अनुदान वित्तीय समानीकरण अनुदान (प्रदेश) १ करोड २२ लाख ५३ हजार सशर्त अनुदान (प्रदेश)२ करोड २१ लाख समपूरक अनुदान (प्रदेश)१…

Read More

आकाश सुनार जुम्लाजुम्ला — जुम्लास्थित तिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड ३९ लाख ७९ हजार ‌बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १६ औं गाउँसभा तथा अधिवेशनमा नीति तथा कार्यक्रमसहित उपाध्यक्ष गोरीकला बुढाले बजेट प्रस्तुत गर्नुभएको हो। संघीय सरकारबाट प्राप्त बजेट सशर्त अनुदान २० करोड ९२ लाख वित्तीय समानीकरण अनुदान (संघ): ९ करोड ४० लाख विशेष अनुदान (संघ) २ करोड ५० लाख समपूरक अनुदान (संघ) १ करोड ७८ लाख राजस्व बाँडफाँड (संघ) ८ करोड ७० लाख ७८ हजारप्रदेश सरकारबाट प्राप्त अनुदान वित्तीय समानीकरण अनुदान (प्रदेश) १ करोड २२ लाख ५३ हजार सशर्त अनुदान (प्रदेश)२ करोड २१ लाख…

Read More

जुम्ला तातोपानी गाउँपालिका–७ की ६३ वर्षीया महिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पाठेघर र डिम्बाशयसम्बन्धी सफल शल्यक्रिया गरिएको छ। डिम्बाशयमा ट्यूमर देखिएपछि क्यान्सरको आशंकामा उक्त शल्यक्रिया गरिएको हो। अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कविता साहका अनुसार महिलाको पेट परीक्षण, प्रति योनी परीक्षण, पिण्डको कडापन, गतिहीनता र पाठेघरको स्पष्टता नदेखिएको अवस्था लगायतका लक्षणका आधारमा शल्यक्रिया गर्ने निर्णय गरिएको थियो। अनुसन्धानका क्रममा सिईटी स्क्यान, ट्यूमर मार्करहरू जस्तै सिईए (कार्सिनोएम्ब्रियोनिक एन्टिजेन)को मात्रामा वृद्धि देखिएको थियो। यसले सेरस वा म्युसिनस एडेनोकार्सिनोमाको आशंका उत्पन्न गराएको डा. साहले जानकारी दिइन्। शल्यक्रियामा कुल पेटको हिस्टेरेक्टमी, द्विपक्षीय साल्पिङ्गो–ओफोरेक्टोमी, ओमेन्टेक्टोमी, एपेन्डेक्टोमी र डिबल्किंग सर्जरी गरियो। शल्यक्रिया सफल…

Read More