Author: Akash Sunar

मुगु असार ९ गते सोमबार मुगु जिल्लाको छायानाथ रारा गाउँपालिका–११ स्थित कुसा टाउ र लुम्सो गाउँ नजिकको क्षेत्रमा विद्युत् चुहावटका कारण १० खच्चरको ज्यान गएको छ। गमगढीबाट सामान बोकेर कार्मारोङतर्फ जाँदै गरेका खच्चरहरू बाटोमै करेन्ट लागेर मरेका हुन्। मृत खच्चरमध्ये ४ वटा कर्णबहादुर मल्ल, ३ वटा जग्गी बढुवाल र अन्य ३ वटा पृथ्वीबहादुर ऐडीका थिए। स्थानीयका अनुसार, नेपाल विद्युत् प्राधिकरणको गमगढी वितरण केन्द्रअन्तर्गत रहेको एक ट्रान्समिटरमा समस्या आएपछि जमिनमा करेन्ट चुहिएको थियो। पानी परिरहेको समयमा करेन्ट जमिनभर फैलिँदा खच्चरहरू एकैपटक मरेका हुन्। छायानाथ–११ निवासी कन्नबहादुर मल्लका अनुसार ट्रान्समिटरको अर्थिङ प्रणाली कमजोर भएकाले पानीसँगै करेन्ट जमिनमा बगेको थियो। उनले भने, “एक्कासी…

Read More

आकाश सुनार जुम्ला।जुम्ला — जुम्लामा शैक्षिक अवस्था सुधारका लागि शनिबार एक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो। चन्दननाथ नगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा र रेडियो कर्णाली जुम्लाको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सहभागी सरोकारवालाहरुले पछिल्ला वर्षहरूमा शिक्षाको स्तरमा आएको गिरावटप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई सुधार गर्न साझा प्रयासको आवश्यकता रहेको धारणा राखे। कार्यक्रममा “शिक्षा क्षेत्रमा आएको अवनति कसरी रोक्ने?” भन्ने विषयमा गहिरो छलफल गरिएको थियो। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले एकल प्रयासले मात्र शिक्षा सुधार सम्भव नहुने भन्दै सबै पक्षको समन्वय र साथ आवश्यक रहेको बताए। उनले जुम्लाको सन्दर्भमा कतिपय विद्यालयहरू गाभ्नुपर्ने अवस्था आएको…

Read More