Author: kanjirowatimes

जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका–१ आचार्यवाडा निवासी र हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महताराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिन बाबू रेग्मीले जानकारी दिए। उनका अनुसार आइतबार राति करिब १० बजेर ३० मिनेट जाँदा आफ्नै घरमा सीसीटीभी (CCTV) क्यामेरा जडान गर्ने क्रममा महतारालाई करेन्ट लागेको थियो। गम्भीर घाइते अवस्थामा रहेका उनलाई मित्जु गणेश बुढाले तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएका थिए। तर, उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कल्पना रावत जुम्ला। सिन्जा जुम्ला, हिमालको काखमा बसोबास गर्ने सुन्दर जिल्ला हो। तर यहाँको जीवन सजिलो छैन। धेरै घरमा गरीबी, अशिक्षा र दैनिक संघर्ष छ। महिला हरेक बिहान उठ्छन्, खाना बनाउँछन्, घरको काम गर्छन्, बच्चाको हेरचाह गर्छन् र खेतबारीमा मेहनत गर्छन्। तर उनीहरूको आवाज प्राय सुन्ने कोही हुँदैन। समाजले उनीहरूको पीडा र भेदभावलाई नजरअन्दाज गर्छ।गाउँमा जात, वर्ग र गरिबीको भेदले महिलालाई बढी पीडा दिन्छ। कतिपयले स्वास्थ्य सेवा पाउँदैनन्, कतिपयले शिक्षाबाट बञ्चित रहन्छन्, र कतिपय महिला घरभित्रै हिंसा सहन बाध्य हुन्छन्। सीमा (नाम परिवर्तन), गाउँकी २८ वर्षीया महिला, बाल्यकालदेखि नै कठिन परिस्थितिमा हुर्किइन्। विद्यालय जान टाढो बाटो पार गर्नु पर्थ्यो, खेतबारीमा…

Read More

जुम्ला । कर्णाली प्रदेशको मुख्य नगदे बालीका रूपमा परिचित जुम्लाको स्याउले यस वर्ष किसानका मुहारमा खुशी ल्याएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा साउनदेखि असोज महिनासम्म जुम्लाबाट करिब ३३ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको स्याउ बाहिरी जिल्लाहरूमा बिक्री गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। किसानहरूले गाला, किङरेड, फुजी लगायतका उन्नत जातका स्याउ व्यावसायिक रूपमा उत्पादन गरी बजार पठाएका हुन्। कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार हालसम्म करिब ४ हजार ७२५ मेट्रिक टन स्याउ बाहिरी जिल्लामा बिक्रीका लागि पठाइएको छ, र अझै पनि ग्रामीण बगैँचाबाट स्याउ ढुवानीको काम जारी छ। उनले भने, “आगामी मङ्सिर दोस्रो सातासम्म पूर्ण तथ्याङ्क उपलब्ध…

Read More

जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रामा कमल सार्कीको घरमा आगलागी भएको छ। टिनले छाएको १२ कोठे कच्ची घरको पहिलो तलाबाट आगो सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी हवल्दार रामप्रसाद बजगाईको नेतृत्वमा चार जनाको टोली खटिएको छ। त्यस्तै, कर्णाली विपद् व्यवस्थापन गुल्म जुम्लाबाट प्रहरी निरीक्षक प्रकाश हमालको कमाण्डमा १४ जनाको अतिरिक्त टोली पनि परिचालन गरिएको प्रहरीले जनाएको छ। यससँगै सशस्त्र प्रहरी बल नम्बर ३३ गुल्म, जुम्लाको टोली समेत उद्धार र आगो निभाउने काममा संलग्न भएको छ। स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त प्रयासमा आगो नियन्त्रणका लागि प्रयासरत छन्। आगोबाट भएको क्षतिको पूर्ण विवरण…

Read More

जुम्लाको चन्दनाथ नगरपालिका वडा ५ टुँडिखेल को तल्लो गेट नजिक करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन्। खेलिरहेका बेला नाङ्गो विद्युत् तारमा छोएपछि तिला गाउँपालिका–६, घोडा गाउँका करिब १८ वर्षीय टेक बहादुर रोकाया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रबिन बाबु रेग्मीले जानकारी दिएका छन्। उक्त तार खेलमैदान छेउकै बिजुलीको पोलमा झुण्डिएको थियो। घटनापछि रोकायालाई तत्काल उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। स्थानीयबासीहरूले खुला रूपमा नाङ्गो तार छाडिएकै कारण यस्तो दुर्घटना भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यस्ता खतरनाक अवस्थामा रहेका तारहरू तत्काल मर्मत गरी सुरक्षित बनाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।

Read More

जुम्ला। जुम्ला सडक डिभिजन जुम्लाले साढे ३३ करोड रुपियाँभन्दा बढी लागतमा कर्णाली राजमार्गका विभिन्न खण्ड कालोपत्रे गर्ने काम सुरु गरेको छ । राजमार्ग अन्तर्गत कालीकोट र जुम्ला खण्डका विभिन्न प्याकेज गरी ४३ किलोमिटर सडक कालोपत्रे गरिने सडक डिभिजन जुम्लाले जनाएको छ । कार्यालयका सूचना अधिकारी दीपेन्द्र चौधरीले कालीकोटमा १७ किमी कालोपत्रे गर्न चार वटा ठेक्कामार्फत काम भइरहेको बताउनुभयो । चालु आवभित्रै ४३ किमी कालोपत्रे हुने गरी साढे ३३ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । यसमा खुलालुदेखि घोडेनासम्म दुई प्याकेजमा कालोपत्रे सुरु भएको छ । डिएलएलसी केबी जेभी कालीकोटले पहिलो प्याकेज चार करोड १८ लाख ६५ हजार र दोस्रो प्याकेज छ किमी कालोपत्रे गर्न भैरव…

Read More

जोखिमयुक्त स्थान बेवास्ता, सहज ठाउँमा पिचमाथि पिच – स्थानीयको आक्रोश कर्णालीको आर्थिक तथा भौतिक विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको स्तरोन्नति कार्य सुरु भए पनि मुख्य समस्याग्रस्त र जोखिमयुक्त स्थानहरू अझैपनि बेवास्ता गरिएको स्थानीयको गुनासो छ। सुर्खेत–जुम्ला २३२ किलोमिटर दूरीको यस राजमार्ग अन्तर्गतको जुम्ला–कालिकोट खण्डका टिमुरे, भैसीगौंडा, भिग्म, टाकुल्ला लगायतका ठाउँहरूमा वर्षौंदेखि खाल्डाखुल्डी छन्, जसले गर्दा यातायात अत्यन्त कठिन बन्दै आएको छ। दैलेखको तल्लो डुंगेश्वरदेखि पाल्तडासम्म पर्ने पादुका खोलाको अवस्था झनै खतरापूर्ण छ। वर्षातको समयमा धूलोले सवारीसाधन एकअर्कोलाई देख्न नसक्ने र हिउँदमा हिलोले गाडी फस्ने समस्या रहेकाले यस खण्डमा यात्रा गर्नु जोखिमपूर्ण बन्दै आएको छ। यता सडक डिभिजन जुम्ला र सुर्खेतले…

Read More

मुगुको रमणीय रारातालको काखमा आयोजित पाँचौँ रारा ट्रेल रनले कर्णालीको खेल पर्यटन र प्राकृतिक सौन्दर्यलाई विश्वमाझ चिनाउने अवसर प्रदान गरेको छ। नेपाली सेनाको आयोजनामा शुक्रबार सम्पन्न यो प्रतियोगितामा जुम्लाका युवक राज बुढा र सुनमाया बुढाले शानदार प्रदर्शन गर्दै पुरुष र महिला विधाको उपाधि जितेका छन्। जुम्लाको कनकासुन्दरी गाउँपालिका–३, लुम गाउँका युवक राज बुढाले पुरुषतर्फ १७४ प्रतिस्पर्धीलाई पछाडि पार्दै १६ किलोमिटरको दूरी केवल १ घण्टा १२ मिनेट १८ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरे। त्यस्तै, महिलातर्फ जुम्ला पातारासी गाउँपालिका–२ की सुनमाया बुढाले ३७ धाविकालाई उछिन्दै १ घण्टा २४ मिनेट १८ सेकेन्डमा दौड पूरा गरी उपाधि चुमिन्। पुरुषतर्फ कनकासुन्दरी–१ का सोमबहादुर…

Read More

एभरेस्ट आरोहण अनुमति सम्बन्धी नयाँ प्रस्ताव : अब अनुभवी आरोहीहरूलाई मात्र अनुमति काठमाडौं, २९ अप्रिल २०२५ –नेपाल सरकारले सगरमाथा (एभरेस्ट) आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन नयाँ प्रस्ताव अघि सारेको छ। प्रस्ताव अनुसार अबदेखि केवल ७,००० मिटरभन्दा अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेको प्रमाणित अनुभव भएका आरोहीहरूलाई मात्र सगरमाथा चढ्न अनुमति दिने व्यवस्था गर्न लागिएको हो। यस कदमको मुख्य उद्देश्य भनेको: भन्ने रहेको छ। प्रस्तावको पृष्ठभूमि विगत केही वर्षयता सगरमाथामा अत्यधिक भीडको समस्या देखा परेको छ। आरोहण सिजनमा ‘ट्राफिक जाम’ जस्ता दृश्यहरू सामान्य बन्न थालेका छन्, जसले गर्दा: राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा व्यापक आलोचना र चिन्ता बढ्न थालेपछि सरकारले नयाँ नीति ल्याउने…

Read More

राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधन : सरकारको नीति तथा कार्यक्रम आगामी मे २ मा प्रस्तुत हुने काठमाडौं, २९ अप्रिल २०२५ –राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। संसद सचिवालयका अनुसार, राष्ट्रपति पौडेलले मे २ (वैशाख १९) गते संसद्‍मा सम्बोधन गर्दै सरकारको आगामी वर्षको योजना र प्राथमिकता सार्वजनिक गर्नेछन्। संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिको औपचारिक सम्बोधनमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरिन्छ, जसमा मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक दिशाको खाका कोरिन्छ। सम्भावित मुख्य बुँदाहरू सरकारद्वारा तयारी गरिएको नीति तथा कार्यक्रममा निम्न विषयहरूलाई विशेष प्राथमिकता दिइने अनुमान गरिएको छ:…

Read More