आकाश सुनार जुम्ला।
जुम्ला। ५६ औँ ने.वि.संघ स्थापना दिवसको अवसरमा नेपालभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ।
त्यस्तै जुम्लामा पनि रक्तदान कार्यक्रम गरी मनाइएको छ। ने.वि.संघ जिल्ला कार्यसमिति र जुम्ला बहुमुखी क्याम्पस इकाई कमिटीबाट यो कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
ने.वि.संघ जिल्ला कार्य समितिका अध्यक्ष महेश हमालको नेतृत्वमा ११ जना व्यक्तिले रक्तदान गरेका छन् जुम्लामा ने.वि.संघ स्थापना दिवसको अवसरमा बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल मा ११ जनाले रक्तदान दिएका हुन् ।
बिहान ८ बजेको कार्यक्रममा प्रमुख अतिथिमा कारमा बुढाको उपस्थिति रहेको थियो भने ने.वि.संघ सङ्घ स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जुम्ला र जुम्ला बहुमुखी क्याम्पस इकाई कमिटीको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो भने निविसङ जिल्ला कार्यसमितिका अध्यक्ष महेश हमालले जानकारी दिएका छन्।
