- तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
- गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
- हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
- फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
- माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
- 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
- कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
- चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
Author: dipakBishwakarma
चुनावपछि देशको नेतृत्व जेनेस्की जस्ता पात्रहरूको हातमा जाने हो कि भन्ने चिन्ता देखिन्छ । कतै उनीहरू विदेशी शक्तिको प्रभावमा पर्ने त होइनन् भन्ने प्रश्न पनि उठिरहेको छ। अहिले प्रविधि र डाटा प्रणालीमार्फत नेपालीहरूको सोच र मनोभावना बुझ्ने प्रयास भइरहेको चर्चा छ, जसले बाह्य प्रभाव बढाउन सक्छ भन्ने आशंका व्यक्त गरिन्छ। अर्कोतर्फ, निकट भविष्यमा चीन र भारतजस्ता देशहरू जनसंख्या, भूगोल, सैन्य शक्ति र प्राकृतिक स्रोतका आधारमा महाशक्ति बन्ने सम्भावना रहेको तर्क पनि गरिन्छ। उपचारको बहानामा अमेरिका जाने विषयलाई समेत केहीले तिब्बतको मुद्दा उठाउने रणनीतिसँग जोडेर हेर्ने गरेका छन्, जसले क्षेत्रीय शक्तिसन्तुलनमा असर पार्न सक्छ भन्ने धारणा व्यक्त गरिएको छ।
जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि जुम्लामा आवश्यकताभन्दा बढी निर्वाचन प्रहरी छनोट भएका छन्। जुम्लाका लागि ९७४ जनाको कोटा निर्धारण गरिएकोमा १४२७ जना उत्तीर्ण भएपछि ४५३ जनालाई वैकल्पिक (रिजर्भ) जनशक्तिका रूपमा राखिएको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी रबिनबाबु रेग्मीका अनुसार केन्द्रको निर्देशनअनुसार न्यूनतम उत्तीर्णांक हासिल गरेका सबै उम्मेदवारलाई वैकल्पिक सूचीमा समावेश गरिएको हो। उनका अनुसार जुम्लाको लागि आवश्यक जनशक्ति पूरा भइसकेको छ र आवश्यकता परे अन्य जिल्लामा समेत पठाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ। डिएसपी रेग्मीले कर्णाली प्रदेशका सबै १० जिल्लामा कोटाभन्दा बढी आवेदन परेकाले प्रदेशभित्र जनशक्ति अभाव नरहेको जानकारी दिए। तर गण्डकी र…
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जिल्ला अदालत जुम्लामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दिनभर शान्तिपूर्ण रूपमा मनोनयन प्रक्रिया सम्पन्न भएको हो। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट नरेश भण्डारीले दिउँसो करिब साढे १ बजे मनोनयन दर्ता गराएका हुन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपटक मतदाताले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे। “हामी स्पष्ट बहुमतका साथ विजयी हुन्छौं, प्रश्न केवल कति मतको अन्तरले भन्ने मात्र हो,” भण्डारीले दाबी गरे। जुम्लालाई क्रान्तिकारी जिल्ला भन्दै उनले यहाँका जनताले भाषण होइन, काम गर्ने प्रतिनिधि खोजिरहेको बताए।यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार…
जुम्ला । नेपाली काँग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दिप बहादुर शाहीलाई उम्मेदवारका रूपमा अघि सारेको छ । शाहीले जुम्लाबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । काँग्रेस जुम्लाका पूर्व सभापति समेत रहेका शाही सरल र सादगी नेताका रूपमा परिचित छन् । २०७९ सालको निर्वाचनमा काँग्रेस र माओवादीबीच गठबन्धन हुँदा काँग्रेसले माओवादी उम्मेदवारलाई समर्थन गरेको थियो । तर यस पटक जुम्लामा सबै राजनीतिक दलहरू आ–आफ्नै उम्मेदवारसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले जनतालाई ठूला र महत्वाकांक्षी योजना बाँड्ने भन्दा पनि जुम्ली जनताको वास्तविक समस्याको समाधानलाई प्राथमिकता दिने बताए । दुई कार्यकालसम्म गाउँ…
जुम्ला जिल्लामा निर्वाचन सुरक्षाका लागि ठूलो संख्यामा आवेदन परेका छन्। निर्वाचन प्रहरीका लागि कुल १८१८ जनाले आवेदन दिएका छन्, जुन माग गरिएको संख्या भन्दा करिब दोब्बर हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार निर्वाचन प्रहरीमा महिलातर्फ ६५८ जना र पुरुषतर्फ ११६० जनाले आवेदन दिएका छन्। त्यसैगरी निर्वाचन सशस्त्र प्रहरी बलका लागि महिलातर्फ ३० जना र पुरुषतर्फ ४६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन्। जुम्ला जिल्लाका लागि निर्वाचन प्रहरीको कुल माग संख्या ८७८ जना रहेको छ भने निर्वाचन सशस्त्र प्रहरी बलका लागि ९६ जनाको आवश्यकता रहेको छ।
जुम्ला । जुम्लाका अटो व्यवसायीहरुले आफ्नो माग सम्बोधन हुनुपर्ने भन्दै आन्दोलन सुरु गरेका छन् । जिल्लाभर अटो सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै उनीहरु सडक आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि अटोहरू पार्क गरी विरोध प्रदर्शन गरिएको छ । अटो व्यवसायीहरुको भनाइ अनुसार जुम्लाको बजार क्षेत्र सानो भएकाले सीमित क्षेत्रमा मात्रै अटो चलाउन दिँदा दैनिक जीविकोपार्जन गर्न कठिन भएको छ । त्यसैले तातोपानी गाउँपालिकादेखि चन्दननाथ नगरपालिकाको बजार क्षेत्रसम्म अटो सञ्चालन गर्न अनुमति दिनुपर्ने उनीहरुको माग छ । भैरवनाथ यातायात सेवा प्रालि जुम्लाका इन्चार्ज राजबहादुर रोकायाका अनुसार हाल तातोपानीदेखि चन्दननाथ नगरपालिकाको सीमित बजार क्षेत्रमा मात्रै अटो सञ्चालन…
मुगु — मुगु जिल्लाको नाग्मा–गमगढी सडकखण्डमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा एक जना अमल्दारको मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका–७ स्थित आलाधुने खोलाको मोडमा आइतबार राति करिब १०ः२० बजे दुर्घटना भएको हो। रारा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको श्री हनुमानध्वज गुल्मको सल्लेरी पोस्टबाट कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेस्थित पोस्टमा बन्दोबस्ती सामग्री पुर्याएर फर्कने क्रममा नेपाली सेनाको ना १ झ १०३९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। दुर्घटनामा बैतडी जिल्लाको पाटन नगरपालिका–४ बगाडी स्थायी घर भई हाल हनुमानध्वज गुल्म रारामा कार्यरत अमल्दार हरि सिंह ऐरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्याइएको भए…
जुम्ल। ईसाई धर्मालम्बीहरूको मोहन चाट प्रभु येशू क्रिस्टका एक्ले पुत्र पिता पुत्र पवित्र आत्मा त्रि एक परमेश्वरका एक पुत्र येशू ख्रिस्टको जन्मदिवसको पावन अवसरमा विश्वभरि नै मनाउँदै आएको यो जन्मउत्सव नेपालको विभिन्न क्षेत्र र विभिन्न मुलुकहरूमा मनाउँदै आइरहेको छ। जुम्लाको बिलिभर्स इस्टन चर्च मा पनि एक बृहत सांस्कृतिक कार्यक्रम गरी भव्य साथ का साथ सम्पन्न भएको छ विश्वभरि नै क्रिसमस डेको दिन नाचगान गरेर प्रभु येशू क्रिष्टका पुत्र येशु क्रिस्टको जन्म दिनप्रतिको जन्म उत्सव विभिन्न क्षेत्रमा मनाउँदै आइरहेका पाइन्छ । यो विगत लामो समयदेखि इसाई धर्मालम्बीहरूले मनाउने गरेको चार्ट हो। नेपाली समयअनुसार पौष १० गते तद अनुसार डिसेम्बर २५ तारिखका…
नेपाली कांग्रेस जुम्लाले आउँदो निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फ गरी जम्मा २२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रत्यक्ष निर्वाचनतर्फ पार्टीका जिल्ला सभापति कर्णबहादुर शाही, पूर्व सांसद कान्तिका सेजुवाल, पूर्णप्रसाद आचार्य र खड्गबहादुर सेजुवाललाई उम्मेदवारका रूपमा अघि सारिएको छ। समानुपातिक प्रणालीअन्तर्गत पूर्व मन्त्री दिनबन्धु श्रेष्ठ, धनबहादुर बस्नेत, गोविन्द शाही, पुरिचन्द्र देवकोटा लगायत १४ जनाको नाम सिफारिस सूचीमा समावेश गरिएको छ। यसैगरी राष्ट्रिय सभाका लागि कर्णाली प्रदेश कांग्रेस सभापति ललितजङ्ग शाही, पूर्व राज्यमन्त्री भक्तबहादुर रोकायासहित चार जनालाई सिफारिस गरिएको छ। जिल्ला कार्यसमिति सदस्य महेन्द्र कार्कीका अनुसार पार्टीभित्रको छलफल र तय गरिएका मापदण्डका आधारमा उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो।…
जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–६ हियाँखोला अझैसम्म मोबाइल टावरको पहुँचबाट बाहिरै रहेको छ। देशका विभिन्न स्थानमा 4G/5G सेवा, निःशुल्क वाइफाइ र डिजिटल सुविधाबारे बहस चलिरहेका बेला हियाँखोलाका बासिन्दा भने आज पनि सानो नेटवर्क समात्न डाँडाकाँडा चढ्न बाध्य छन्। मोबाइल टावर नहुँदा यहाँका नागरिक शिक्षा, स्वास्थ्य, सूचना तथा आपतकालीन सेवाबाट गम्भीर रूपमा वञ्चित भएका छन्। विद्यार्थीहरू अनलाइन कक्षा लिन र विभिन्न फाराम भर्न असमर्थ छन् भने बिरामी पर्दा स्वास्थ्यकर्मी वा एम्बुलेन्ससँग सम्पर्क गर्न कठिनाइ भइरहेको छ। त्यस्तै, किसानहरू बजारको मूल्य तथा आवश्यक सूचना समयमै पाउन नसक्ने समस्या वर्षौँदेखि झेल्दै आएका छन्। स्थानीयवासीका अनुसार पटक–पटक जनप्रतिनिधि, सरोकारवाला निकाय र सरकारसमक्ष माग राख्दा पनि…