Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Friday, April 24
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लामा निर्वाचन प्रहरी कोटाभन्दा बढी, ४५३ जना रिजर्भमा
    समाचार

    जुम्लामा निर्वाचन प्रहरी कोटाभन्दा बढी, ४५३ जना रिजर्भमा

    dipakBishwakarmaBy dipakBishwakarmaJanuary 26, 2026Updated:February 9, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि जुम्लामा आवश्यकताभन्दा बढी निर्वाचन प्रहरी छनोट भएका छन्। जुम्लाका लागि ९७४ जनाको कोटा निर्धारण गरिएकोमा १४२७ जना उत्तीर्ण भएपछि ४५३ जनालाई वैकल्पिक (रिजर्भ) जनशक्तिका रूपमा राखिएको हो।

    जिल्ला प्रहरी प्रमुख डिएसपी रबिनबाबु रेग्मीका अनुसार केन्द्रको निर्देशनअनुसार न्यूनतम उत्तीर्णांक हासिल गरेका सबै उम्मेदवारलाई वैकल्पिक सूचीमा समावेश गरिएको हो। उनका अनुसार जुम्लाको लागि आवश्यक जनशक्ति पूरा भइसकेको छ र आवश्यकता परे अन्य जिल्लामा समेत पठाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ।

    डिएसपी रेग्मीले कर्णाली प्रदेशका सबै १० जिल्लामा कोटाभन्दा बढी आवेदन परेकाले प्रदेशभित्र जनशक्ति अभाव नरहेको जानकारी दिए। तर गण्डकी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा भने आवश्यक संख्यामा निर्वाचन प्रहरी नपुगेको सूचनाअनुसार जुम्लाबाट समेत जनशक्ति पठाउन सकिने सम्भावना रहेको उनले बताए।

    हाल वैकल्पिक सूचीमा रहेका ४५३ जनालाई केन्द्रबाट माग आएपछि रोलक्रमका आधारमा फोनमार्फत छनोट गरी खटाइने र यससम्बन्धी परिपत्र जारी भइसकेको प्रहरीले जनाएको छ।

    जुम्लाका लागि ३८६ महिला र ६०६ पुरुष गरी कुल निर्वाचन प्रहरी छनोट भइसकेका छन्। साथै, निर्वाचन सुरक्षामा ९६ जना सशस्त्र प्रहरी पनि परिचालन गरिनेछ। निर्वाचन प्रहरीका लागि जम्मा १८९४ जनाले आवेदन दिएका थिए।

    जिल्लाका लागि आवश्यक जनशक्तिलाई माघ १५ गते नियुक्ति दिई तालिममा सहभागी गराइने र माघ २५ गतेसम्म तालिम सम्पन्न गरी निर्वाचन सुरक्षामा परिचालन गर्ने तयारी गरिएको डिएसपी रेग्मीले बताए।

    भौगोलिक रूपमा विकट मानिने जुम्लामा यसपटक निर्वाचन सुरक्षाका लागि पर्याप्तभन्दा बढी जनशक्ति उपलब्ध हुनु शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गर्न सहयोगी हुने अपेक्षा गरिएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.