Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Wednesday, April 22
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लामा अटो व्यवसायी आन्दोलनमा उत्रिए
    समाचार

    जुम्लामा अटो व्यवसायी आन्दोलनमा उत्रिए

    dipakBishwakarmaBy dipakBishwakarmaJanuary 8, 2026Updated:January 8, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । जुम्लाका अटो व्यवसायीहरुले आफ्नो माग सम्बोधन हुनुपर्ने भन्दै आन्दोलन सुरु गरेका छन् । जिल्लाभर अटो सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै उनीहरु सडक आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि अटोहरू पार्क गरी विरोध प्रदर्शन गरिएको छ ।

    अटो व्यवसायीहरुको भनाइ अनुसार जुम्लाको बजार क्षेत्र सानो भएकाले सीमित क्षेत्रमा मात्रै अटो चलाउन दिँदा दैनिक जीविकोपार्जन गर्न कठिन भएको छ । त्यसैले तातोपानी गाउँपालिकादेखि चन्दननाथ नगरपालिकाको बजार क्षेत्रसम्म अटो सञ्चालन गर्न अनुमति दिनुपर्ने उनीहरुको माग छ ।

    भैरवनाथ यातायात सेवा प्रालि जुम्लाका इन्चार्ज राजबहादुर रोकायाका अनुसार हाल तातोपानीदेखि चन्दननाथ नगरपालिकाको सीमित बजार क्षेत्रमा मात्रै अटो सञ्चालन गर्न दिइएको छ । यसले गर्दा अटो व्यवसायीहरुले आफ्नो दैनिक खर्चसमेत धान्न नसकेको अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार भैरवनाथ यातायात सेवा प्रालिसँग १ सय १६ वटा अटो दर्ता छन् भने जुम्ला जिल्लाभर झण्डै २ सय २० वटा अटो सञ्चालनमा रहेका छन् । अटो चलाउन पाउने क्षेत्र विस्तार भए मात्र आफूहरुको जीविकोपार्जन सम्भव हुने रोकायाको भनाइ छ ।

    यसैबीच अटो व्यवसायीहरुले तातोपानी गाउँपालिका–२ जर्मी नजिकैको राजमार्गमा अटो तेर्साएर सडक अवरुद्ध गरेका छन् । माग पूरा नभएसम्म अनिश्चितकालीन रूपमा राजमार्ग बन्द गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । राज्यले गरिब नागरिकलाई काम गरेर खानसमेत नदिएको आरोप लगाउँदै रोकायाले सम्बन्धित निकायसँग तत्काल माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।

    यता प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले अटो व्यवसायीहरुले जिल्लाभर अटो सञ्चालन गर्न पाउनुपर्ने माग राखेको जानकारी दिनुभयो । तर हालको कानुनी व्यवस्थाअनुसार जिल्लाभर अटो सञ्चालन गर्न दिने प्रावधान नरहेको उहाँले स्पष्ट पार्नुभयो । कानुनअनुसार अटोहरू पालिकाको सिमाना भित्र मात्रै सञ्चालन गर्न पाइने व्यवस्था रहेको उहाँको भनाइ छ ।

    प्रशासन अटो व्यवसायीहरुको समस्याप्रति गम्भीर रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले समस्या समाधानका लागि संवादको ढोका खुला राखिएको जानकारी दिनुभयो । अटो व्यवसायी, सम्बन्धित पालिका तथा सरोकारवाला निकायसँग छलफल गरी कानुनी सीमाभित्र रहेर सम्भावित विकल्प खोजिने उहाँले बताउनुभयो

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.