Author: dipakBishwakarma

जुम्ला जुम्लामा स्थानीय कलाकारहरूबाट सञ्चालित दमाई नेपाली short movie यही आउँदो असोज २ गते प्रसारण हुने भएको छ। स्थानीय कलाकारहरूलाई लक्षित गर्दै जुम्ला जिल्लाका स्थानीय कलाकारहरूको संयुक्त आयोजनामा दमाई सट मुभि सार्वजनिक गर्ने निर्णय गरिएको हो। जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नम्बर ४ नुवाकोटमा फिल्मको सुटिङ कार्य भइरहेको छ उक्त सुटिङ मा १० जना कलाकारहरू सहभागी रहेका छन्। स्थानीय कलाकारको भूमिका रहेको छ भने विभिन्न कला भएका हरूलाई लक्षित गर्दै स्थानीय स्तरमा प्रदर्शन हुने दमाई सट मुभि सञ्चालन हुने निर्णय गरिएको छ। सोही सट मुभी मा विभिन्न कलाकारहरू रहेका छन् उक्त कलाकारहरू मध्यमा खडक परिवारको संयुक्त नेतृत्वमा १० जना कलाकारहरूको…

Read More

जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा को कार्यालयमा तालाबन्दी भएको छ स्थानीय संयुक्त स्थानीय संगठनहरूका नेताहरूले मंगलबार बिहान तालाबन्दी गरेका छन्। तालाबन्दीको नेतृत् सोही संगठनका नेपाली कांग्रेसका सभापति गाउँपालिकाका सभापति गोविन्द शर्माले गरेका हुन्। कांग्रेस पक्षले चालु आर्थिक वर्ष ०८२/८३ को बजेट मनपरी ढंगले विनियोजन गरिएको आरोप लगाउँदै विरोध स्वरूप कार्यालयमा तालाबन्दी गरेका हुन्। उनीहरूले गाउँपालिकाले कुनै योजना, छलफल वा सरोकारवाला निकायहरूसँग समन्वय नगरी, नेकपा माओवादी केन्द्र निकट नेताहरूको बैठकबाटै बजेट पारित गर्न खोजेको दाबी गरेका छन्। सभापति शर्माले भने, “बजेट विनियोजन प्रक्रियामा कानूनी औपचारिकता र जनप्रतिनिधिहरूको सहभागिता नलिई मनोमानी गरिएको छ। यस्तो कार्यप्रति हामी गम्भीर आपत्ति जनाउँछौँ।” तालाबन्दीका कारण कार्यालयबाट…

Read More

जुम्ला । तिला गाउँपालिका मा शुक्रबार बिहान अटो रिक्सामा आगलागी भएको छ। क १ घ ११ नम्बरको अटो तिला गाउँपालिका पाँच जाँदै गरेको अवस्थामा अचानक आगलागी भएको हो। प्रहरी नायव उपरीक्षक रबिन बाबु रेग्मीका अनुसार अटो चलिरहेको बेला इन्जिनतर्फबाट धुवाँ निस्केपछि चालकले तुरुन्त सडक किनारमा अटो रोकेका थिए। समयमै नियन्त्रणमा ल्याइएकाले ठूलो दुर्घटना टर्यो भने यात्रुहरू सबै सकुशल रहेका छन् प्रत्यक्षदर्शीहरूले इन्जिनतर्फबाटै आगो भड्किएको देखिएको बताए। स्थानीयवासी र प्रहरीले सक्रिय भएर आगो केही मिनेटमै निभाएका थिए। प्रहरीले यस घटनाको प्रारम्भिक कारण प्राविधिक गडबडी वा सर्टसर्किट हुनसक्ने अनुमान गरेको छ र थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More

जुम्ला एक थोपा रगत, अनन्त आशीर्वाद भन्ने मूल नारासहित ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत १४ जना व्यक्तिले रक्तदान गरेका थिए। रक्तदानलाई सेवाभाव र मानवीय जिम्मेवारीको प्रतीकका रूपमा अघि बढाउँदै विश्वविद्यालयले आगामी दिनहरूमा पनि यस्ता अभियान निरन्तर सञ्चालन गर्ने जनाएको छ। कार्यक्रमका क्रममा ब्रम्हाकुमारी मिना रानाले समाजसेवा, आध्यात्मिकता र मानवताको उत्थानमा राज्ययोगिनी दादी प्रकाशमणीले पुर्‍याएको योगदानबारे विशेष उल्लेख गर्दै उहाँको जीवन आजका लागि प्रेरणादायी मार्गदर्शक रहेको बताइन्। आयोजकले रक्तदान अभियानले केवल जीवन बचाउने मात्र नभई समाजमा सहयोग र दानको संस्कृतिलाई बढावा दिने उद्देश्य राखेको जानकारी दिएको छ। रगतदान गर्ने सहभागीहरूले आफ्नो सानो योगदानले…

Read More

जुम्ला । तातोपानी गाउँपालिका–३ खरखडामा आगलागी भएर तेस्रो तला पूर्णरूपमा जलेर नष्ट भएको छ। बुधबार साँझ भएको आगलागीले एक परिवारको जीवनभरको गरेको मेहनत क्षणमै नष्ट गरिदिएको हो। साँझ करिब ६:३० बजेतिर स्थानीय खेम बुढाको टिनले छाएको तिनतले कच्ची घरको तेस्रो तलामा अचानक आगो सल्किएको थियो। आठ कोठे घरको माथिल्लो तलामा राखिएका अन्नपात, लत्ता कपडा, भाँडाकुडा र अन्य घरेलु सामग्री केही मिनेटमै जलेर खरानी बने। प्रारम्भिक अनुमानअनुसार, नास्ता पकाउने क्रममा चुलोबाट निस्किएको आगो फैलँदै तेस्रो तलामा पुगेको हो। तर आगलागीको स्पष्टिकारण अझै खुलेको छैन। आगोको लप्काले टिनको छत तताउँदै वरिपरिको काठ चर्किन थालेपछि स्थिति भयावह बनेको थियो। तत्काल गाउँलेहरू बाल्टिन, डोरी…

Read More

जुम्ला नेपाल प्रेस युनियन जुम्लाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ जुम्लाका सचिव प्रकाश उपाध्यायले महासंघकै तर्फबाट गरिएको एक निर्णयप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। महासंघ जुम्लाले प्रत्येक वर्षजस्तै यसपालि पनि जिल्लाभित्रका उत्कृष्ट पत्रकारलाई पुरस्कार दिने तयारी गरेको छ। तर, उक्त निर्णयबारे सचिव उपाध्यायले आपत्ति जनाउँदै आफूलाई पन्छ्याउने उद्देश्यले निर्णय गरिएको आरोप लगाएका छन्। उनका अनुसार सो निर्णय आफू उपस्थित हुन नसकेको दिनमै गरिएको हो, जसलाई उनले गलत र बदनियतपूर्ण भनेका छन्। उपाध्यायले तत्काल निर्णय सच्याउन माग गर्दै चेतावनीसमेत दिएका छन्– “यदि निर्णय सच्याइएन भने, जिम्मेवार संगठनको हैसियतमा प्रेस युनियन यसको विपक्षमा उभिनेछ।” साथै, उनले सहकर्मी पत्रकारप्रति कुनै पनि प्रकारको पूर्वाग्रह…

Read More

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१०, ध्यारगाउँमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ।१७ वर्षीय हरिबहादुर विक बुधबार बिहान भीरबाट लडेर घटनास्थलमै ज्यान गुमाएका हुन्। स्थानीय प्रेमबहादुर बोहोराका अनुसार विक घाँस काट्न गएका बेला अचानक चिप्लिएर खसेका थिए। यस घटनाभन्दा पाँच दिनअघि सोही क्षेत्रमा एक महिलाको पनि भीरबाट लडेर मृत्यु भएको थियो। नलगाड नगरपालिकाका उपप्रमुख देवका लामिछानेले पछिल्लो दुई साता मात्रै नगरपालिकाभित्र रुखबाट लड्ने, भीरबाट खस्ने र नदीमा बगेर गरी १० जनाको मृत्यु भइसकेको जानकारी दिइन्। उनका अनुसार पशुपालन व्यवसायमा आबद्ध किसानहरू घाँसका लागि जोखिम मोलेर भीर र उकालो चढ्ने गर्दा यस्ता दुर्घटनाको संख्या दिनप्रतिदिन बढ्दो छ।

Read More

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो। विद्यार्थीहरूले आफ्नो नतिजा हेर्नका लागि result.neb.gov.np, neb.gov.np वा नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np प्रयोग गर्न सक्नेछन्।

Read More

धनसिंह रावत जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा डाक्टर नहुँदा भिडियो एक्सरे सेवा दुई सातादेखि अवरुद्ध भएको छ । रेडियोलोजी विशेषज्ञ चिकित्सक सम्पर्कविहीन भएपछि सेवा ठप्प हुँदा उपचारका लागि आउने बिरामीहरू मारमा परेका छन् । प्रतिष्ठानका निमित्त उपकुलपति डा. डब्ब बहादुर धामीका अनुसार सेवा जिम्मेवारीमा रहेका डाक्टर बिना कुनै जानकारी अनुपस्थित छन् । “हामी नयाँ रेडियोलोजी चिकित्सकको खोजीमा छौं”, उनले बताए, “अहिले कार्यरत डाक्टर सम्पर्कमा छैनन् ।” अत्यावश्यक अवस्थाका केही बिरामीलाई भने सीमित रूपमा भिडियो एक्सरे सेवा दिइएको प्रतिष्ठानले जनाएको छ । यद्यपि, अधिकांश बिरामी सेवा नपाएर हैरान छन् । गुठिचौर–५, देपालगाउँका नन्दराम नेपालीले छोराको पेट दुखेपछि परीक्षण गर्न…

Read More

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार बोर्डले यथासक्य चाँडो नतिजा प्रकाशन गर्न प्रक्रिया तीव्र बनाएको छ । “अबको एक साताभित्र नतिजा सार्वजनिक हुन्छ,” उनले बताए, “ढिलोमा साउन महिनाभित्रै नतिजा आउनेछ ।” कक्षा १२ को परीक्षा गत वैशाख ११ गते सुरु भई वैशाख २४ गतेसम्म सञ्चालन भएको थियो । बोर्डको तथ्याङ्क अनुसार देशभरबाट ५ लाख ११ हजार ५२५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये, नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना परीक्षार्थी रहेका छन् ।

Read More