- तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
- गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
- हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
- फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
- माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
- 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
- कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
- चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
Author: dipakBishwakarma
जुम्ला । चन्दननाथ नगरपालिकाको आयोजनामा कृषि जैविक विविधता तथा रैथाने खाद्य परिकार प्रदर्शनी मेला सञ्चालन गरिएको छ। आयोजकका अनुसार मेलामा १२ वटा स्टलमार्फत जुम्लामै उत्पादन भएका अर्गानिक कृषि उपजहरू प्रदर्शन गरिएको थियो। जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जुम्लामा उत्पादन हुने अर्गानिक कृषि वस्तुको महत्वबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार रैथाने खाद्य परिकारको उत्पादन, प्रयोग र उपभोगको तरिकाबारे जनचेतना फैलाउनु यस मेलाको मुख्य लक्ष्य रहेको छ। धौलीगाड कृषि सहकारी संस्थाका कर्ण जैशीले लोप हुन लागेका स्थानीय अर्गानिक खाद्य वस्तुको संरक्षण आवश्यक रहेको बताउँदै जुम्लामा उत्पादन भएका कृषि उपजको संकलन र बजारीकरणमा ध्यान दिनुपर्नेमा…
सबैको अधिकार, सबैको सम्मान : मानवअधिकार संरक्षण हाम्रो पहिचान” जुम्ला । “जीवन मर्यादा, समानता र स्वतन्त्रताको अधिकार : दिगो शान्ति र समृद्धिको आधार” भन्ने मूल नारासहित ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस जुम्लामा विभिन्न कार्यक्रमसहित मनाइएको छ। सो अवसरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समेत विशद् समीक्षा गरिएको थियो। कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग जिल्ला शाखा जुम्लाको आयोजनामा सम्पन्न भएको हो। विभिन्न सरकारी, गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा मानव अधिकारको अवस्था, चुनौती र सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो। सरकारी सेवा पारदर्शी नहुँदा नागरिक वंचित —कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढाथोकीले लैङ्गिक हिंसा विरुद्धको अभियानमा साथ दिने…
जुम्ला । जुम्ला को चन्दनाथ नगरपालिका–७ स्थित यातायात कार्यालय नजिक एक दु:खद मोटरसाइकल दुर्घटना भएको छ। सडक किनारमा पार्किङ गरिएको ट्याक्टरमा तीव्र गतिमा आएको मोटरसाइकल ठोकिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो भने पछाडि सवार एक महिला घाइते भएकी छन्। ट्राफिक प्रहरी हवल्दार झलक गिरीका अनुसार अत्यधिक गतिका कारण नियन्त्रण गुमाएर मोटरसाइकल ट्याक्टरमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा पातारासी गाउँपालिका–३ हुरी गाउँका जनबहादुर बुढाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घाइते महिलालाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको जनाइएको छ।
जुम्ला । तिला गाउँपालिका वडा नम्बर ३ त्रिवेणी बजारमा आज साँझ करिब ७ बजे भएको आगलागीमा गोबिन्दनाथ योगीको घर पूर्ण रूपमा जलेर खरानी भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार खाना पकाउने ग्यास लिक भएर आगो लागेको अनुमान गरिएको छ। आगलागी सुरु भएलगत्तै आगोले घरको सबै भागलाई घेरेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिए पनि घरभित्रका लत्ताकपडा, अन्नपात, फर्निचर, कागजातलगायतका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। त्रिवेणी बजारको पक्की पुल नजिक रहेको उक्त घरमा आगो नियन्त्रणका लागि दमकल नहुँदा स्थानीयहरूले बाल्टिन र पानीका जार प्रयोग गरेर आगो निभाउने प्रयास गरेका थिए। घर पूर्ण रूपमा जलेर ध्वस्त भएपछि पीडित परिवार अहिले…
जुम्ला । गैरकानूनी जुवातासको लत फेरि जुम्ला सदरमुकाममा फैलिन थालेको छ। यही क्रममा प्रहरीले शुक्रबार राति चन्दननाथ नगरपालिका–१ मा चलिरहेको जुवाखालमा छापा मार्दै सात जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बाबु रेग्मीका अनुसार, गुप्त सूचनाका आधारमा गरिएको कारबाहीमा सात जना जुवाडे रंगेहात पक्राउ परेका हुन्। उनीहरूबाट नगद एक लाख उनान्सी हजार रुपैयाँभन्दा बढी बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जुवातास खेल्ने समूह स्थानीय देसाङ तामाङको घरमा लामो समयदेखि गोप्य रूपमा सक्रिय थियो। प्रहरीको भनाइमा, “पक्राउ परेकाहरूले नजिकका बस्तीहरूबाट मानिसहरू बोलाएर नियमित रूपमा जुवा खेल्ने गरेका थिए।” यस घटनापछि प्रहरीले जुम्ला बजार क्षेत्रमा…
जुम्ला को पातारासि गाउँ पालिका वडा नं ४ लुम गाउँ को भेडालाइना भन्ने ठाउँमा घाँस काट्ने क्रममा भिडबाट लडेर एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पातरासी गाउँपालिका वडा नं ४ की स्थानीय कालिका नेपाली अन्दाजी ३० वर्षीय युवतीको बुधबार दिउँसो करिव ४ बजेतिर घाँस काट्ने क्रममा मृत्यु भएको हो भनि सोही गाउँका स्थानीय तथा उनका श्रीमान नन्न बहादुर नेपालीले जानकारी दिएका छन्। उनका अनुसार घाँस काटिरहेकै क्रममा उनी भिरबाट लडेर करिब २०० मिटर तल खस्दासम्म पनि मैले थाहा पाएको थिएन एक्कासी फर्केर हेर्दा युवतीको २०० मिटर तल खसेकी थिइन् गएर हेर्दा मृत्यु नै भइसकेछ त्यसपछि आसपासमा घाँस काट्ने अरु…
सुर्खेत ६१ औँ विश्व सेतो छडी सुरक्षा दिवसनेपाल नेत्रहीन कर्णाली प्रदेश शाखा लेविश्व ६१औं सेतो छडी सुरक्षा दिवस मनाएको छ दृष्टिविहीनहरूलाई आँखा पछिको सहारा दिने विभिन्न ठाउँहरूमा हिडडुल गर्नका लागि आवश्यकता पढ्ने गर्दछ उही हो सेतो छडी बिना सेतो छडी दृष्टिविहीनहरूलाई हिडडुल गर्न अति नै गाह्रो हुने गर्दछ। सोही विश्वका विभिन्न वैज्ञानिकहरूले दृष्टिबिनहरूलाई सहारा दिनको लागि र व्यक्तिपछिको सहारा नहुँदा एउटा लठ्ठीको रूपमा सहारा चाहिने गर्दछ सोही पक्षमा विश्वका धेरै स्थानहरूमा विश्व ६१ औँ सेतो छडी सुरक्षा दिवस मनाइएको छ। त्यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि नेत्रहिन व्यक्तिहरूले आफ्नो सुरक्षाका लागि र आफूलाई अनिवार्य र आवश्यकता भएको हुँदा विश्वले पनि…
प्रेस युनियन जुम्लाद्वारा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ विभिन्न पार्टीका प्रतिनिधि लगायत नेपाली कांग्रेस केन्द्रीय सदस्य कान्तिका सेजुवालको प्रमुख अतिथिमा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन भएको हो। मङ्गलबार बिहान ८ बजे होटल मानव सर्वरमा सोही कार्यक्रम विभिन्न पदाधिकारी लगायत प्रेसी युनियनको आयोजनामा विविध विषयमा छलफल तथा शुभकामना आदानप्रदानका तथा चिया पन कार्यक्रम सम्पन्न भएको हो भने प्रेस युनियन शाखा जुम्लाका अध्यक्ष प्रकाश उपाध्यायले जानकारी दिएका छन्। कार्यक्रममा कान्निका छसेजुवा लगायत विभिन्न पार्टीका पद अधिकारी लगायतका लगायतको उपस्थितिमा देश विषम परिस्थितिमा जाँदा पनि कतिपयको पार्टीका प्रतिनिधिहरूको ध्यान पुगेको छैन भनी विविध विषयमा छलफल गर्नको निमित्त र आउँदै गरेको नेपालीहरूको…
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै सक्रिय छ । साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेका कारण आज देशभर मौसममा प्रभाव पर्ने अनुमान गरिएको छ । आज दिनभर देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहनेछ । तराईका केही भाग र पहाडी क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ । यस्तै गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुने सम्भावना रहेको विभागले जनाएको छ । आज…
जुम्ला, भदौ २९– जुम्लाको तातोपानी डागिबाडा हुँदै हाकु ऐरेनी, गौतमबाडा लिताकोटसम्म एउटै बौलाह कुकुरले आतंक मच्चाउँदा करिब २० जना स्थानीयवासी घाइते भएका छन्। तीमध्ये १० जनाको जुम्ला अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। प्राप्त जानकारी अनुसार, एकै कुकुरले फरक–फरक स्थानमा गएर मानिसहरूलाई टोक्दै हिंडेको र धेरैजसोलाई घाइते बनाएको बताइएको छ। टोकाइका घाइतेहरूमा महिला, बालबालिका तथा वृद्ध नागरिकसमेत रहेका छन्। तर, उपचारका लागि जुम्ला अस्पताल पुगेका घाइतेहरूले रेबिज खोप उपलब्ध नभएको गुनासो गरेका छन्। अस्पताल प्रशासनले समेत हाल खोपको स्टक नभएको पुष्टि गरेको छ, जसले पीडितहरू थप जोखिममा परेका छन्। स्थानीय बासिन्दाहरू त्रसित भएका छन् भने स्वास्थ्य तथा पशु सेवा निकायहरूलाई…