- तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
- गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
- हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
- फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
- माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
- 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
- कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
- चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
Author: dipakBishwakarma
जुम्ला । राष्ट्रिय कोदो दिवसको अवसरमा पत्रकार सागर परियारलाई ‘सर्वोत्कृष्ट पत्रकार’ पुरस्कार प्रदान गरिने भएको छ कोदोसम्बन्धी उत्कृष्ट समाचार सामग्री प्रकाशन गरेबापत परियारलाई यो सम्मान प्रदान गर्न लागिएको हो। शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त आयोजनामा आयोजित कोदो दिवस विशेष समारोहमा पुरस्कारको घोषणा गरिएको हो। ‘कोदो दिवसको समाचार लेखन पुरस्कार २०८२’ अन्तर्गत देशभरका पत्रकारहरूबाट प्राप्त समाचारहरूको मूल्यांकनपछि पाँच जना उत्कृष्ट पत्रकार छनोट गरिएको अनाजले जनाएको छ। अनाजले सातै प्रदेशका पत्रकारलाई कोदोसम्बन्धी सामग्री तयार पार्न आग्रह गरेको थियो।…
धनसिंह रावत जुम्ला।जुम्ला । नेपालमा पहिलो पटक राष्ट्रिय कोदो दिवस भव्य रूपमा मनाइएको छ। “कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ मनाइएको यस दिवसको उद्देश्य कोदो खेतीको संरक्षण, प्रवर्द्धन र उपभोगमा जोड दिनु हो। जुम्लामा कृषि विकास कार्यालयको अगुवाइमा प्रभातफेरी लगायत विविध कार्यक्रमहरू गरी दिवस मनाइएको थियो। किसानहरूले यो प्रयासलाई सकारात्मक रुपमा लिँदै कोदो खेतीमा राज्यको चासो बढ्नु उत्साहजनक भएको बताएका छन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार गत आर्थिक वर्षमा जुम्लामा ३ हजार ८ सय ५० मेट्रिकटन कोदो उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो। हाल जिल्लामा २,७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको…
जुम्ला नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दल जुम्लाको पाँचौँ जिल्ला अधिवेशनबाट हेम बहादुर बुढथापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। साउन ९ गते उद्घाटन भएको अधिवेशनको साउन १० गतेदेखि बन्द सत्र सुरु भएपनि नेतृत्व चयनमा सहमति जुट्न नसक्दा प्रक्रिया केही ढिलो भएको थियो। अन्ततः बिहीबार निर्वाचन अधिकृत भक्त बहादुर बुढाको संयोजनमा अध्यक्षसहित सबै पदमा सहमतिको आधारमा नयाँ कार्यसमिति चयन भएको हो। निर्वाचित कार्यसमितिमा अध्यक्षमा हेम बहादुर बुढथापा चयन भएका छन्। उपाध्यक्ष पदमा रतन बहादुर शाही र माधव राज शर्मा चयन भएका छन् भने सचिवमा कृष्ण प्रसाद उपाध्याय, सह–सचिवमा कुमल बहादुर बाहोरा र कोषाध्यक्षमा डिल्ली प्रसाद उपाध्याय चयन भएका छन्।…
धनसिंह रावत जुम्ला।जुम्ला । नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयनका लागि अब निर्वाचनमार्फत प्रक्रिया अघि बढ्ने भएको छ। प्रारम्भमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रयास गरिएको भए पनि आकांक्षी उम्मेदवारहरूबीच समझदारी कायम हुन नसकेपछि अन्ततः निर्वाचनको बाटो रोजिएको हो। साउन ९ गते उद्घाटन भएको तरुण दलको पाँचौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका पदहरूमा धेरै आकांक्षी देखिएपछि सहमति जुटाउन तीन सदस्यीय संयोजन समिति गठन गरिएको थियो। तर, पटक–पटकको प्रयासपछि पनि सहमति हुन नसकेको भन्दै नेपाली कांग्रेस जुम्लाले निर्वाचन गर्ने निर्णय लिएको हो। पार्टीका जिल्ला सचिव अर्जुनसिंह कठायतका अनुसार बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले निर्वाचन मण्डललाई आवश्यक प्रक्रिया शीघ्र सुरु गर्न निर्देशन दिएको…
जुम्ला जुम्लाका किसानलाई काँचो अवस्थामै स्याउ टिप्न रोक लगाइएको छ। कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गर्दै भदौ १५ गतेभन्दा अघिसम्म स्याउ नटिप्न किसान र व्यापारीलाई आग्रह गरेको हो। कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार निर्धारित मिति अगाडि स्याउ टिप्ने, बिक्री गर्ने वा ढुवानी गर्ने कार्यलाई गैरकानुनी मानिनेछ र त्यस्ता व्यक्तिमाथि कानुनी कारवाही गरिनेछ। प्रमुख अधिकारीका अनुसार काँचो स्याउ संकलन गर्दा यसको स्वाद, गुणस्तर, पौष्टिकता र बजार मूल्यमा प्रतिकूल असर पर्ने भएकाले यस्तो निर्णय गरिएको हो। उनका अनुसार जिल्लाका आठै स्थानीय तहका कृषि शाखा तथा नागरिकलाई सूचनामार्फत जानकारी गराइएको छ। कृषि विज्ञहरूका अनुसार भदौको दोस्रो सातापछि मात्र स्याउ परिपक्व हुने…
दैलेख। साउन ११ गते बिहान दैलेखको दुल्लु नगरपालिका–११ स्थित छामघाट खोलाको किनारमा एक युवकको शव फेला परेको छ। शव दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, लैनचौर निवासी २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। प्रहरीका अनुसार मृतक शाही केही साताअघि मात्र मलेसियाबाट फर्किएका थिए। उनी २०७९ असोज ३० गते मलेसिया गएका थिए र करिब ३३ महिना उतै बसेर २०८२ असार ३२ गते नेपाल फर्किएका थिए। स्वदेश फर्किएपछि उनले एक सातासम्म सुर्खेतको वीरेन्द्रनगरमा आफ्ना सन्तान र परिवारसँग समय बिताएका थिए। साउन १० गते उनी आमाबुबालाई भेट्न दैलेख जाँदै थिए। सामान्यतः बड्डिचौर–तल्लोडुङ्गेश्वर हुँदै घर पुग्ने उनी यसपटक…
नेपाल प्राकृतिक विविधता र जैविक सम्पदाले भरिपूर्ण देश हो। विशेषगरी हिमाली भेगमा पर्ने कर्णाली प्रदेशका जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला जिल्लाका हरियाली वनजङ्गलमा साउन लागेपछि विशेष प्रकारको किराको आवाज सुनिन्छ गज्याङकिडीको। प्रत्येक वर्ष असार १५ बाट साउन १५ सम्मको समय गज्याङकिडीको जीवन चक्रको सक्रिय चरण मानिन्छ। यो एक महिनाको अवधिमा वनजङ्गलहरू उनीहरूको आवाजले गुन्जिन्छन्। हरियाली घना बन, बर्खाको सिमसिमे झरी र ओसिलो वातावरण उनीहरूको लागि उपयुक्त बासस्थान बनाउँछ। जुम्लाको चन्दनाथ नगरपालिका, गुठीचौर, तातोपानी, तिला, हिमा र सिजा गाउँपालिकाभित्रका जङ्गलहरूमा गज्याङकिडीको आवाज सजिलै सुन्न सकिन्छ। मानिसहरू गाईबस्तु चराउन वा अन्य कामले जंगल जाँदा यो आवाजले स्वागत गर्छ। वनपंक्षीहरूको चिरबिर आवाजसँगै…
जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली च्याउ सेवन गर्दा एकै परिवारका पाँच जना बिरामी परेका छन्। आइतबार दिउँसो करिब ३ बजे भएको घटनामा लेखकमान महतराको घरमा पकाइएको च्याउ खाएपछि उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो। बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट र ३ वर्षीय बालक पुजन बिष्ट रहेका छन्। च्याउ सेवन गरेपछि उनीहरूमा वान्ता, पेट दुख्ने र अत्यधिक कमजोरीजस्ता लक्षण देखिएपछि तुरुन्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको थियो। प्रतिष्ठानमा भर्ना गरिएका सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरी हवल्दार भक्ति प्रसाद पाण्डेका…
जुम्लाको तातोपानी गाउँपालिका–४ पाण्डेवाडामा ट्याक्टरबाट लडी एक वन कर्मचारी घाइते भएका छन्। डिभिजन वन कार्यालय जुम्लामा कार्यरत ५५ वर्षीय खरिदार गणेश पाण्डे काठ बोकेको ट्याक्टर (क.१.त.१२ नं.) मा सवार रहँदा दिउँसो करिब २:३० बजे ट्याक्टरबाट खस्न पुगेका हुन्। खसेर टाउकोमा चोट लागेका पाण्डेलाई सहकर्मी नायब सुब्बा रविन्द्र अधिकारीको सहयोगमा करिब ५:३० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको थियो। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर तथा मध्यम खालको रहेको छ। दुर्घटनापछि ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको जनाएको छ।
नेपाल तरुण दल जुम्लाको नयाँ जिल्ला नेतृत्व चयनका लागि निर्वाचन हुन लागेपछि जुम्लाको युवा राजनीतिमा सरगर्मी बढेको छ। पाँचौँ जिल्ला अधिवेशनअन्तर्गत अध्यक्ष पदमा आधा दर्जन युवाले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा चुलिएको छ। निर्वाचन समितिका संयोजक भक्त बुढाका अनुसार अध्यक्ष पदका लागि सिंजा क्षेत्रबाट तीन र खलंगा क्षेत्रबाट तीन गरी कुल छ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सिंजा क्षेत्रका तीन उम्मेदवार: सिंजा क्षेत्रबाट उम्मेदवारी दिएका सञ्जीव रावल, रतन शाही र भरत शाही सबैजना विद्यार्थी राजनीतिबाट हुँदै तरुण दलको सक्रिय भूमिकामा पुगेका हुन्।सञ्जीव रावल काठमाडौंको शंकरदेव क्याम्पसमा नेविसंघ इकाई सदस्य हुँदै केन्द्रीय तहसम्म पुगेका नेता हुन्। संगठनप्रति निष्ठा राख्ने रावल अहिले तरुण दलमा क्रियाशील…