Author: dipakBishwakarma

जुम्ला पछिल्ला दुई महिनाको अवधिमा जुम्लामा चट्याङ, पहिरो र अन्य प्राकृतिक विपत्तिका कारण ३४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। यस घटनाले भेडापालनमा आश्रित किसानको जीविकोपार्जन नै संकटमा पारेको छ। गत जेठ ४ गते गुठीचौर गाउँपालिका–२ झुलेनी पाटनमा चट्याङ पर्दा २२ भेडाबाख्रा मरे। गुठीचौरका हिराबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा मरेपछि करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको थियो। चरनबाट फर्काउने क्रममा पानी परेपछि रुखमुनि ओत लागिरहेका बेलामा चट्याङ परेको थियो। त्यसैगरी जेठ ८ गते तातोपानी गाउँपालिका–८ की २७ वर्षीया कल्पना शाही चट्याङ लागेर ज्यान गुमाइन्। यार्सागुम्बा संकलन गर्न सुब्बाकुना पाटन गएकी शाहीलाई यार्सा टिप्ने…

Read More

जुम्ला । जिल्ला अदालत जुम्लाले आर्थिक वर्ष २०८१/८२ मा ६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। अदालतले सोमबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरेको विवरणअनुसार यो वर्ष तीन वर्षयता सबैभन्दा बढी फर्छ्यौट दर भएको हो। उक्त वर्षको अन्त्यसम्म अदालतमा कुल ३११ वटा मुद्दा दर्ता भएका थिए, जसमा १९२ मुद्दा सोही वर्ष दर्ता भएका थिए भने बाँकी ११९ मुद्दा अघिल्लो वर्षका बाँकी जिम्मेवारी स्वरूप आएका थिए। तीमध्ये २१३ वटा मुद्दा फर्छ्यौट भएका छन् भने ९८ मुद्दा बाँकी रहेका छन्, जुन आगामी वर्षको कार्यसूचीमा पर्नेछ। तीन वर्षको तुलनात्मक अवस्था अदालतका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३७६ मुद्दा दर्ता भएका थिए, जसमा २२८ वटा मुद्दा…

Read More

जुम्ला । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जुम्लाको गेटमा आज आइतबार तालाबन्दी गरिएको छ। उक्त निर्णय सर्वदलीय बैठकको निष्कर्ष अनुसार गरिएको हो, जसले कार्यालय खारेजीको विरोधमा सामूहिक आवाज उठाएको जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले जानकारी दिए। उनका अनुसार जुम्लामा सञ्चालन भइरहेका १ अर्ब २६ करोड लागतका बृहत् धौलिगाड खानेपानीलगायतका योजनाहरूमा कार्यालय खारेजको निर्णयले प्रत्यक्ष असर पार्ने भएकाले त्यसविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरिने चेतावनी पनि दिइएको छ। आजै उक्त खारेजी निर्णय खारेज गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

Read More

देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा औसत स्थानको आसपास र पश्चिमी भागमा औसत स्थानभन्दा केही उत्तरतिर सक्रिय रहेको छ। यसको प्रभावस्वरूप आज दिउँसो देशभर आकाश आंशिकदेखि सामान्य बदली रहनेछ। अधिकांश प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वा मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही भू-भागमा भने भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। साथै, देशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। रातिको समय पनि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम…

Read More

जुम्ला जुम्लाको पातारासी गाउँपालिका–५ स्थित लासीबजारमा प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा होटल सञ्चालकसहित विभिन्न वडाका स्थानीयहरू रहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, ४८ वर्षीया उर्मिला बुढाको ओम हिमा होटलमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा शुक्रबार दिउँसो ५ः४० बजे छापा मारिएको थियो। प्रहरी निरीक्षक तथा सूचना अधिकारी असीम हमालको नेतृत्वमा पुगेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार घटनास्थलबाट १ लाख २८ हजार २ सय रुपैयाँ नगद बरामद गरिएको छ। पक्राउ पर्नेमा पातारासी–४ का राम बुढा, वडा नम्बर ५ का धनबहादुर बुढा, श्यामबहादुर रेउले, कर्ण बुढा, नैन बुढा, गोविन्द बुढा, वडा नम्बर ६ का पूर्णसिंह…

Read More

जुम्ला ।कर्णाली प्रदेशको सुर्खेतपछि सबैभन्दा बढी यात्रु चाप हुने जुम्ला विमानस्थलको स्तरोन्नति कार्य लामो समयदेखि अलपत्र छ। प्रत्येक वर्ष बजेट विनियोजन हुँदै आए पनि कार्यान्वयनमा ढिलासुस्ती भइरहेकाले विकास योजनाले गति लिन सकेको छैन। विमानस्थलको धावनमार्ग विस्तार र पूर्वाधार निर्माणका लागि करिब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। तर, जग्गा अधिग्रहण तथा मुआब्जा वितरणमा देखिएको ढिलाइले गर्दा लागत समेत बढ्दै जाने अवस्था आएको छ। संघीय सांसद कान्तिका सेजुवालका अनुसार, पछिल्लो तीन किस्तामा गरेर हालसम्म १४ करोड रुपैयाँ निकासा भइसकेको छ। चालू आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँ विनियोजन गरिएको थियो भने आउँदो आव २०८२/८३ का लागि पुनः ४ करोड…

Read More

जुम्ला । जुम्लामा पहिलोपटक विद्युतीय भ्यान भित्रिएको छ। करिब साढे ४ करोड रुपैयाँको लगानीमा भित्रिएका १० वटा विद्युतीय सवारीसाधनले अब जुम्ली जनताले सस्तो, सफा र आरामदायी यातायात सेवा पाउने भएका छन्। तिला कर्णाली यातायात प्रालिले यी भ्यान असार २६ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ। नाग्म बजारदेखि जुम्ला बजारसम्म करिब ३२ किलोमिटरको दूरीमा बाजागाजासहित भ्यान ल्याएर स्थानीयले भव्य स्वागत गरेका छन्। यसअघि बत्तीको लागि आन्दोलन गर्ने अवस्था रहेको जुम्लामा आज विद्युतीय भ्यान गुड्न थालेको देख्दा ऊर्जा क्षेत्रमा भएको प्रगतिको स्पष्ट संकेत मिलेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले बताए। भ्यान ल्याउने कम्पनीका अध्यक्ष पदमबहादुर भण्डारीका अनुसार, हरेक भ्यानको लागत…

Read More

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को खाताबन्दी कार्य सम्पन्न गर्दै समग्र खर्च विवरण सार्वजनिक गरेको छ। असार २५ गते देशभर भुक्तानी लेखाङ्कन कार्य बन्द भएसँगै गाउँपालिकाले सार्वजनिक रूपमा वित्तीय प्रगति विवरण प्रकाशित गरेको हो। प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतका अनुसार, उक्त वर्षका लागि विनियोजित कुल ५३ करोड ७९ लाख ५ सय ९ रुपैयाँमध्ये ४३ करोड २० लाख ६८ हजार ८ सय ३१ रुपैयाँ खर्च भएको छ। बाँकी ९ करोड ८० लाख १० हजार ६ सय ७७ रुपैयाँ मौज्दात रहेको बताइएको छ। चालु खर्चतर्फ, विनियोजित ३५ करोड ५७ लाख ६४ हजार ५ सय ९ रुपैयाँमध्ये ३० करोड…

Read More

जुम्ला — कर्णाली प्रदेशको पहिचान झल्काउने परम्परागत सांस्कृतिक नाच ‘ढालनाच’ संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ। विशेषगरी जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोटलगायतका पहाडी जिल्लामा यो नाच विगत धेरै पुस्तादेखि चलनचल्तीमा रहँदै आएको भए पनि अहिले भने दुर्लभ बन्दै गएको छ। दलित समुदाय, विशेषतः सार्की समुदायको मौलिक सांस्कृतिक अभ्यासका रूपमा परिचित ढालनाच विशेष अवसर र विवाहका बेला पञ्चेबाजाको तालमा गोल घेरा बनाएर नाच्ने परम्परा हो। हातमा रुमाल र खुकुरी बोकेर सामूहिक रूपमा प्रस्तुत गरिने यो नाच अब भने कहिलेकाहीं मात्र देखिन्छ। संस्कृतिविद् डा. गोविन्द नेपालीका अनुसार पहिले विवाह, भोज, चाडपर्व ढालनाचबिना अधुरो मानिन्थ्यो। तर पछिल्लो समय प्रविधिको विकास, आधुनिक मनोरञ्जनको…

Read More

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–७ का ५ वर्षीय बालक यमन शाही हिमा नदीमा बेपत्ता भएका छन्। बुधबार दिउँसो घर नजिकैको नदी किनारमा बालुवा खेलिरहेका बेला एक्कासी बगेको पानीले उनलाई बगाएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बागबजारका बालक यमन शाहीलाई बगाएको जानकारी प्राप्त भएपछि खोजी कार्य सुरु गरिएको छ। डिएसपी रविन बाबू रेग्मीका अनुसार अस्थायी प्रहरी पोस्ट जुगाडबाट खटिएको प्रहरी टोली घटनास्थलमा खटिएको छ। तर, नदीको बहाव तीव्र भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

Read More