- तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
- गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
- हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
- फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
- माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
- 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
- कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
- चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
Author: dipakBishwakarma
जुम्ला — गुठीचौर गाउँपालिका–५, धौलीगाडस्थित ठूलो हाँका पाटनमा चट्याङ लागेर घाइते भएका सिँजा गाउँपालिका–६, भाडगाउँका धनबहादुर रावतको आठ घण्टापछि उद्धार गरिएको छ। सोमबार साँझ ८ बजे खलंगाबाट हिँडेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली मंगलबार बिहान ५ बजे घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो। प्रहरी टोलीले रावतलाई स्टेचरमा राखेर सदरमुकामतर्फ ल्याइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिनबाबु रेग्मीले जानकारी दिए। घटनास्थलमा फोन सञ्जाल नहुँदा थप विवरण प्राप्त गर्न कठिन भएको उनले बताए। सोमबार दिउँसो साढे ४ बजे पाटनमा भेडा चराइरहेका बेला अचानक परेको चट्याङले ठूलो क्षति पुर्याएको छ। चट्याङका कारण करिब २ सयभन्दा बढी भेडा मरेको अनुमान गरिएको छ।
जुम्ला । खोप सेवामा पूर्ण पहुँच बनाउँदै जुम्ला जिल्लालाई औपचारिक रूपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको’ जिल्ला घोषणा गरिएको छ। खोप उमेर समूहका सबै बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेको पुष्टि भएपछि शनिबार एक कार्यक्रमका बीचमा यो घोषणा गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाको सहभागितामा कार्यक्रम सम्पन्न भयो। जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार खोप उमेर समूहमा पर्ने १६ महिनादेखि ५९ महिनासम्मका ४२६१ बालबालिकामध्ये कुनै पनि खोप छुट नपरेको पुष्टि भएपछि प्रदेश खोप समन्वय समितिबाट प्रमाणिकरण प्राप्त गरी जुम्लालाई पूर्ण खोप…
धनसिंह रावत। जुम्ला।जुम्ला अपाङ्गता भएका तथा अभिभावकविहीन बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न जुम्लाको सिंजा गाउँपालिकामा आवासीय बालगृहको सञ्चालन सुरु गरिएको छ। आर्थिक अभावका कारण विद्यालय जानबाट बञ्चित बालबालिकालाई लक्षित गर्दै गाउँपालिकाको आर्थिक सहयोगमा बालगृह स्थापना गरिएको हो। बालगृहको उद्देश्य बालबालिकालाई शिक्षा, आवास र स्याहारको भरपर्दो व्यवस्था उपलब्ध गराउनु हो। सिंजा गाउँपालिका–३ मा रहेको फुटासिल आधारभूत विद्यालयमा भर्ना भएका बालबालिकालाई अध्ययनका साथै बसोबासको सुविधा प्रदान गर्ने जिम्मेवारी स्थानीय संस्था ‘अपाङ्गता सशक्तिकरण केन्द्र’ लाई दिइएको छ। गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले संयुक्त रूपमा बालगृहको उद्घाटन गरेका हुन्। अध्यक्ष धितालका अनुसार सुरुआती चरणमा १५ जना विपन्न र अपाङ्गता भएका…
त्रिभुवन विश्वविद्यालयको ६६औं स्थापना दिवस जुम्ला बहुमुखी क्याम्पसमा आज अत्यन्तै उत्साहजनक, गरिमामय र हर्षोल्लासपूर्ण वातावरणमा धूमधामका साथ मनाइएको छ। भव्य रूपमा सजिएको क्याम्पस हलमा आयोजित विशेष समारोहमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको प्रभावशाली तथा उल्लेखनीय उपस्थिति रहेको थियो। यस ऐतिहासिक अवसरमा क्याम्पसले विभिन्न आकर्षक खेलकुद प्रतियोगिताहरू आयोजना गरेको थियो, जसले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र उत्साह झन् तीव्र बनाएको थियो। त्यस्तै, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित शुक्रबार विशेष कार्यक्रमका विजयी सहभागीहरूलाई रंगीन समारोहबीच पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा मन्तव्य दिंदै क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले अत्यन्तै गर्वका साथ जुम्ला बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको एक महत्वपूर्ण अंगको रूपमा चित्रण गरे। उनले यो क्याम्पसले…
जुम्ला चन्दननाथ नगरपालिका–१ मा बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक समिक्षा र आम जनताको सहभागितासहितको यो कार्यक्रम वडा कार्यालयको आयोजनामा र कुटीरो रिसर्च सेन्टरको सहजीकरणमा सम्पन्न भएको हो। ज्येष्ठ नागरिक नन्दकृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तिलक प्रसाद न्यौपानेले चालु आर्थिक वर्षमा भएको ५३ लाख रुपैयाँ बराबरको भौतिक र आर्थिक प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरे। उनले सडक, ढल, खानेपानी, विद्युत् र अन्य पूर्वाधार योजनामा वडाको प्राथमिकता रहेको उल्लेख गरे। कार्यक्रममा स्थानीय बासिन्दाले जीवनका आधारभूत सेवासँग जोडिएका विषयमा प्रश्न उठाएका थिए। सडकको बिग्रिएको अवस्था, अपूर्ण ढल व्यवस्थापन, खानेपानीको नियमित आपूर्तिको अभाव लगायतका विषयमा सर्वसाधारणले गुनासा राखेका…
डोल्पा । डोल्पा जिल्लाको सदरमुकाम दुनैस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। बी एण्ड बी होटलको तेस्रो तलामा लुकीछिपी जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट नगद एक लाख अठार हजार दुई सय पचहत्तर रुपैयाँ र तासका गड्डीहरू बरामद गरिएको छ। डीएसपी खड्काका अनुसार यसअघि पनि डोल्पामा जुवाखालमा संलग्नहरू पक्राउ परे पनि मुद्दा अगाडि नबढेको अवस्थामा यो पहिलो पटक उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अनुसार मुद्दा दर्ता गरिने तयारी गरिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले जुवाको रकम नगद…
भूकम्पपछि खानेपानीको गम्भीर अभाव झेलेका जाजरकोटका ग्रामीण बस्तीमा अहिले घरघरमै धारा जडान गरिएको छ। नलगाड नगरपालिका–४ अन्तर्गतका सार्कीवाडा, भात्चिउरा, फुलचाउली र प्यारगारा गाउँका करिब ४५ घरपरिवारले स्वच्छ खानेपानी सेवा पाएका छन्। भूकम्पले मुख्य खानेपानी मुहान भासिएपछि यहाँका बासिन्दा पानीको चरम संकटमा परेका थिए। तर अहिले स्थानीय सरकार र आइएनएफ नेपालको साझेदारीमा घरआँगनमै धारा जडान भएपछि बासिन्दाले राहतको महसुस गरेका छन्। सार्कीवाडाका १५, प्यारगाराका १५, भात्चिउराका १० र फुलचाउलीका ४ घरपरिवारको घरमै पाइपबाट पानी पुग्न थालेको हो। पहिले दैनिक दुई घण्टा पैदल हिँडेर पानी खोज्नुपर्ने बाध्यता थियो। कतिपयले त ढाराखोलाजस्ता टाढा र अपायक ठाउँमा पालो कुरेर पानी बोक्नुपर्थ्यो। अब भने धारा…
जुम्ला चन्दननाथ नगरपालिका–१, आचार्यस्थित मालिका आधारभूत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ नामक पुस्तकालय स्थापना गरिएको छ। कला घर जुम्लाको सहकार्यमा स्थापना भएको यो पुस्तकालयले बालबालिकालाई सिकाइमा अभिप्रेरित गर्ने र अध्ययनको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ। विद्यालयका प्रधानाध्यापक हेमन्तबहादुर महतले पुस्तकालय स्थापना प्रति खुशी व्यक्त गर्दै यसले बालबालिकाको ज्ञान र सीप विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले पुस्तकालय निर्माणमा साथ दिने सबैप्रति आभार प्रकट गरे। उद्घाटन कार्यक्रममा चन्दननाथ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले पुस्तकालयलाई ज्ञानको मूल स्रोतको रूपमा चित्रित गर्दै यसले विद्यार्थीहरूमा नियमित पढ्ने बानी बसाल्ने बताए। वडा नं. १ का वडाध्यक्ष तिलकप्रसाद न्यौपानेले पुस्तकालयलाई अझ…
धनसिंह रावत जुम्ला। जुम्ला, नेपालगञ्ज जाँदै गरेको यात्रुबाहक बस जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा रोकिएपछि भएको विवादले एक यात्रुको ज्यान गएको छ। शनिबार साँझ करिब साढे ७ बजेतिर भे.१ ख ३५३३ नम्बरको बसलाई अत्यधिक मदिरा सेवन गरेका दुई युवाले जबरजस्ती रोकेर चालकलाई कुटपिट गरेका थिए। सो क्रममा बसबाट खसेर मुगु छायानाथ रारा नगरपालिका–५ निवासी ५८ वर्षीय हरिचन्द्र कार्की गम्भीर घाइते भएका थिए। उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिमा गाउँपालिका–५ का २१ वर्षीय पारस शाही र २२ वर्षीय आकाश शाहीले मदिराको मातमा बस रोकेर चालक…
हरेक वर्षको असार १५ गतेलाई नेपालमा “धान दिवस” र “दही चिउरा खाने दिन”का रूपमा विशेष रूपमा मनाइन्छ। किसानहरू खेतमा काम गरेर दही चिउरा खाई विश्राम लिने यो दिनलाई कृषिसंस्कृतिसँग जोडिएको विशेष चाडका रूपमा लिइन्छ। असार महिनामा थकाइ लाग्ने मेहनतपछिको ऊर्जा पुनःप्राप्तिका लागि दही चिउरा उपयुक्त मानिन्छ, जसले शरीरमा शीतलता दिनुका साथै शक्ति प्रदान गर्ने विश्वास रहिआएको छ। कृषिमा मात्रै होइन, अन्य पेसामा रहेका नेपालीले पनि आजको दिन दही चिउरा खाएर पर्वको अनुभूति गर्ने गरेका छन्। नेपाली संस्कृतिमा दही शुभताको प्रतीकका रूपमा स्थापित छ। नयाँ काम सुरू गर्दा, यात्रामा निस्कँदा वा विदेश जानुअघि दही अक्षता राखेर निधारमा टीका लगाउने र दही…