Author: dipakBishwakarma

दिपक विश्वकर्मा जुम्ला।जुम्ला पातारासी गाउँपालिका–३ अन्तर्गत पर्ने हुरी र महरी गाउँका महिलाहरू अहिले पनि घरमै सुत्केरी हुने परम्परा कायम राखिरहेका छन् । लौठचौर नजिकै नै रहेको बर्थिङ सेन्टर (प्रसूति केन्द्र) भए पनि अधिकांश महिलाहरू घरमै बच्चा जन्माउने गर्दछन् । वडाध्यक्ष गोविन्द रावतका अनुसार, महिलाहरू गर्भ परीक्षणका लागि बर्थिङ सेन्टरसम्म आइपुग्ने भए पनि सुत्केरीका लागि भने घरमै भर पर्न रुचाउने गरेका छन् । यसको प्रमुख कारण गाउँमा गहिरो रूपमा जरो गाडेको अन्धविश्वास र धामीझाँक्रीमा अत्यधिक निर्भरता रहेको बताइएको छ । अनमी दुबा बुढाले जानकारी दिएअनुसार, महिलाहरू जोखिम मोलेर घरमै सुत्केरी हुने गरेका छन् । यस आर्थिक वर्षमा हुरी गाउँका दुई महिलाबाहेक अरू सबैले घरमै बच्चा जन्माएको…

Read More

धनसिंह रावत जुम्ला।जुम्लाको सिंजा गाउँपालिका–६ काडागाउँमा एकै परिवारका पाँच सदस्य बेहोस भएको घटना सार्वजनिक भएको छ। बुधबार राति खाना खाइसकेपछि तिर्थ बुढाको परिवार एका एक बेहोस भएको हो। परिवारका सदस्यहरूमा श्रीमती ३२ वर्षीया नैनकली बुढा, १२ वर्षीया छोरी प्रतिक्षा बुढा, १० वर्षीया प्रतिमा बुढा, ५ वर्षीया प्रकृति बुढा र २ वर्षीय छोरा युगान्त बुढा रहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, उनीहरूलाई खाना खाएपछि आँखा पोल्ने, पेट दुख्ने र आन्द्रा बटारिने जस्ता लक्षण देखिएको थियो, जसपछि उनीहरू अचेत अवस्थामा पुगेका हुन्। परिवारका घरमूली तिर्थ बुढा भने घटनाको समयमा सदरमुकाम खलंगा बजारमा काम विशेषले गएका थिए। उनका अनुसार, घरमा रातिको खानामा…

Read More

आकाश सुनार जुम्ला।जुम्ला । सार्वजनिक शिक्षा सुधारका लागि जुम्लामा आयोजित जिल्ला स्तरीय बृहत शैक्षिक बहस तथा अन्तरक्रिया कार्यक्रम ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सामाजिक विकास कार्यालय जुम्लाको आयोजनामा र चन्दननाथ नगरपालिका, पेश नेपाल, प्लान इन्टरनेशनल नेपाल, किर्डाक नेपाल तथा नेपाल पत्रकार महासंघ जुम्लाको सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको हो। शिक्षा सुधारको लागि गरिएको बहसपछि कार्यक्रमले विद्यालय, पालिका तथा संघीय सरकारका विभिन्न तहका भूमिकाबारे ६ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ, जसमा निम्न बुँदाहरू समेटिएका छन्: १. पाठ्यक्रममा समावेश परियोजना तथा प्रयोगात्मक कार्यहरू सुचारु गर्न विद्यालयलाई पालिकाबाट एकमुष्ट अनुदान उपलब्ध गराउनु पर्ने।२. शिक्षक सरुवा प्रणाली पारदर्शी, व्यवस्थित र अनुमानयोग्य बनाइ…

Read More

दिपक विश्वकर्मा जुम्ला।जुम्लाको चन्दननाथ नगरपालिकामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। राति करिब ९ बजे चन्दननाथ नगरपालिका–९ स्थित तलिउम जाँदै गरेको लु २ त १११५ नम्बरको ट्याक्टर अनियन्त्रित भई चन्दननाथ–७ खल्लाचौरमा करिब २० मिटर तल खसेको थियो। दुर्घटनामा परी चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्की गम्भीर घाइते भएका थिए। उपचारका क्रममा राति ९:४८ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीले जानकारी दिए। घाइते हुनेहरूमा तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रंगा सार्की र २२ वर्षीय…

Read More

आकाश सुनार जुम्ला।जुम्लाको तिला गाउँपालिका–५ लाई औपचारिक रूपमा बालविवाह मुक्त वडा घोषणा गरिएको छ। एक विशेष कार्यक्रमका बीच यो घोषणा गरिएको हो, जसमा स्थानीय जनप्रतिनिधि, संघसंस्था, बाल संरक्षणकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो। वडा अध्यक्ष ललित बहादुर शाहीका अनुसार, विगतमा अशिक्षा मुख्य कारण भएर बालविवाह हुन्थ्यो भने अहिले प्रविधिको दुरुपयोगका कारण पनि यस्तो प्रवृत्ति देखिन थालेको छ। यद्यपि, परामर्श, समुदायस्तरीय छलफल र चेतनामूलक क्रियाकलापमार्फत बालविवाह न्यूनीकरणमा उल्लेखनीय सफलता प्राप्त भएको भन्दै उनले वडा नं ५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको जानकारी दिए। वडामा हाल १,९५१ जनसंख्या छन्, जसमा २६५ घरधुरी, १,११० महिला र ८४१ पुरुष बसोबास गर्छन्। विगत आर्थिक वर्षमा…

Read More

दिपक विश्वकर्मा जुम्ला।जुम्ला। तातोपानी गाउँपालिका–७ स्थित बारागाउँको जनजागृति माध्यमिक विद्यालयले ‘अक्षर सुधार कार्यक्रम’का नाममा प्रत्येक विद्यार्थीबाट रु २५० शुल्क उठाएको पाइएको छ। विद्यालयले बाह्य क्षेत्रबाट तीनजना प्रशिक्षक बोलाई १० दिन लामो अक्षर सुधार तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको थियो। उक्त तालिमको खर्च ब्यहोर्न विद्यार्थीहरूबाट प्रतिव्यक्ति रु २५० सङ्कलन गरिएको विद्यालय प्रशासनले जनाएको छ। हालैको संविधान २०७२ को धारा ३१ को उपधारा २ अनुसार प्रत्येक नागरिकलाई आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क हुने व्यवस्था छ। तर, उक्त कानुनी व्यवस्था विपरित विद्यालयले प्रत्यक्ष शुल्क उठाएको स्थानीय अभिभावकहरूको गुनासो छ। शुल्क तिर्न नसक्ने वा नमानेका विद्यार्थीहरूलाई विद्यालयबाट ‘रेस्टिक्ट’ गर्ने चेतावनी दिइएको अभिभावकहरूले बताएका…

Read More

हाम्रो समाजमा प्रत्येक आमा बुवाको एउटै मात्र सोच हुन्छ र आफ्ना छोराछोरीलाई पढेर सरकारी जागिर खानुपर्छ । हाम्रा दिन त जसोतसो बित्यो आफ्ना छोराछोरीको आफ्नो जस्तो दिन नबितोस भन्ने हरेक आमाबाबुको चाहना हुन्छ । यो अनौठो कुरा पनि होइन किनकि नेपाली समाज अझ त्यसमाथि पहाडी , हिमाली क्षेत्र तिर रोजगारीको कुनै अर्को विकल्प समेत छैन त्यसैले पनि सरकारी सेवा नै खोज्नु बाध्यता भनु या रहर बनेको हो । एकातिर मैले आफ्नो अध्यनलाई निरन्तरता दिई रहेको थिए अर्को तिर लोकसेवाको यात्रा लाई पनि अगाडि बडाउन शुरूवात गरे । त्यसै क्रममा मेरो लोकसेवाको यात्राको अध्याय २०७४ साल बाट भयो । मैले पहिलो पटक साविकको…

Read More

धन सिंह रावत जुम्ला।जुम्लाको सिँजा गाउँपालिकाले आफ्ना स्थानीयवासीको सहज र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न नयाँ एम्बुलेन्स खरिद गरेको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार, नेपाल सरकारको पूर्ण राजस्व छुट सुविधाअन्तर्गत गाउँपालिकाको लगानीमा उक्त एम्बुलेन्स ल्याइएको हो। नयाँ एम्बुलेन्सको कुल लागत ३२ लाख पुगे पनि राजस्व छुटका कारण ११ लाख रुपैयाँ बचत भएको छ। एम्बुलेन्सको वास्तविक मूल्य २१ लाख रुपैयाँ हो भने व्यवस्थापन र अन्य खर्चमा थप ३ लाख रुपैयाँ खर्च गरिएको छ। अध्यक्ष धितालले बताउनुभयो, “अघिल्लो एम्बुलेन्स पटक–पटक बिग्रिन थालेपछि मर्मतमा धेरै खर्च हुन थाल्यो, जसले गर्दा नागरिकलाई समयमा सेवा दिन कठिन भयो। यसै कारण नयाँ एम्बुलेन्स टेण्डर प्रक्रियाबाट…

Read More

काठमाडौँ । यस वर्ष मनसुन सामान्य समयभन्दा केही अगाडि नै नेपाल प्रवेश गरेको छ। मौसम विज्ञान विभागका अनुसार, जेठ १५ गते का दिन बङ्गालको खाडीबाट विकसित भई मनसुन कोशी प्रदेश हुँदै देशमा प्रवेश गरेको हो। हाल मनसुन कोशी प्रदेशमा सक्रिय भए पनि देशका अन्य भागमा अझै पूर्णरूपमा फैलन सकेको छैन। विशेषगरी, पश्चिमी भूभागमा मनसुन निष्क्रिय देखिएको छ। मौसमविद्हरूका अनुसार, पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पूर्वी हावा पश्चिमतर्फ सर्न नसकेकोले मनसुन पूर्वमै सीमित रहन पुगेको हो। यद्यपि, अब केही दिनमै मनसुन क्रमशः सक्रिय हुने देखिएको छ। विभागले आउँदो बुधवार वा बिहीवारदेखि मनसुन विस्तार हुँदै देशभर फैलिने अनुमान गरेको छ। अहिलेको अवस्थालाई…

Read More

आकाश सुनार जुम्ला।जुम्ला जिल्लाका तीन जना उत्कृष्ट किसान पुरस्कृत भएका छन् । कृषि क्षेत्रमा लामो समयदेखी योगदान दिएका तीन जना किसान मुख्यमन्त्री उत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत भएका छन् । आइतबारक विशेष कार्यक्रमको आयोजना गरेर पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले उत्कृष्ट तीन जना किसानलाई पुरस्कार वितरण गरिएको बताए । चालु आर्थिक वर्षको विनियोजित बार्षिक स्वीकृत कार्यक्रमनुसार पुरस्कार प्रदान गरिएको हो । सन्तोष बस्नेत (पाण्डे) रीता पाण्डे र सन्तकली भण्डारी पुरस्कृत भएकी छन् । ९ जना किसान मध्य छनोट समितिले विभिन्न मापदण्डलाई आधार मानेर तीनजना सिफारिस गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आर्चायले पुरस्कार प्रदान गरेका हुन् ।…

Read More