स्वतन्त्र विद्यार्थी युनियन जुम्ला बहुमुखी क्याम्पसका सभापति को नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरूलाई ५०% भाडा छुट तथा विद्यार्थीहरूका लागि ४५% भाडा छुट गरिदिने विषयमा जिल्ला प्रशासन कार्यालय जुम्लामा ध्यान आकर्षण पत्र बुझाएको छ।
त्यस्तै विद्यार्थीहरू लामो समयदेखि विद्यार्थी आन्दोलनमा जोडिँदै गर्दा राजधानीमा मात्रै यो नियम लागू भएको छ र हिमाली तथा पहाडी जिल्लामा विशेषत यो नियम लागू भएको पाइँदैन त्यसैले जुम्लामा पनि यो नियम लागू हुनुपर्छ विगत लामो समयदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सेवा हरूमा यो नियम लागु हुनुपर्छ भनी गम्भीर ध्यान आकर्षण पत्र स्वतन्त्र विद्यार्थी युनियन जुम्लाले बुझाएको हो।
शुक्रबार प्रमुख जिल्ला अधिकारीको कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियन जुम्लाले ध्यान आकर्षणपत्र बुझाउँदै आपत्कालीन यो मागलाई छिटोभन्दा छिटो सम्बोधन हुन नसकेकोमा विद्यार्थीहरूले कडा आन्दोलन गर्ने छौँ भनी स्वतन्त्र विद्यार्थी युनियन जुम्ला बहुमुखी क्याम्पसका सभापति लोकेन्द्र बुढाले जानकारी दिएका छन्।
