Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Thursday, April 9
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»साथी भाइ क्रमश बिदेसिँदा, बलबहादुरले रोजे भेडीगोठ
    समाचार

    साथी भाइ क्रमश बिदेसिँदा, बलबहादुरले रोजे भेडीगोठ

    dipakBishwakarmaBy dipakBishwakarmaJune 8, 2025Updated:June 22, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    साथी भाइ क्रमश बिदेसिँदा, बलबहादुरले रोजे भेडीगोठ।साथी भाइ क्रमश बिदेसिँदा, बलबहादुरले रोजे भेडीगोठ।
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जब अधिकांश समकालीन युवा सरकारी जागिर वा वैदेशिक रोजगारीको सपना पछ्याइरहेका छन्, त्यही बेला सिंजा गाउँपालिका–६, भाडगाउँका २४ वर्षीय बलबहादुर रावत भने आफ्नै गाउँमै बसेर भेडापालनमार्फत भविष्य निर्माण गरिरहेका छन्।

    माध्यमिक तहसम्मको अध्ययन गरेका रावतले पुर्ख्यौली पेशा भेडापालनलाई आधुनिक र व्यवस्थित ढंगले अगाडि बढाउँदै आत्मनिर्भर उद्यमीको रूपमा पहिचान बनाइरहेका छन्।

    जहाँ उनका धेरै साथीहरू लोकसेवा आयोगको तयारीमा जुटेका छन् वा वैदेशिक रोजगारीको प्रयासमा छन्, रावतले भने ‘किस्मत पशुपन्छी पालन उद्योग’ स्थापना गरी आफ्नै माटोमा केही गर्ने आँट देखाएका छन्।

    १४ सदस्यीय परिवारको आर्थिक जिम्मेवारी काधमा बोकेका उनले भेडापालनलाई मुख्य आम्दानीको माध्यम बनाएका छन्। उनका जेठा दाइ जापानमा विद्यार्थी भिसामा छन्, र त्यस सम्बन्धी खर्चको जोहो समेत उनले यही व्यवसायबाट गरिरहेका छन्।

    रावत भन्छन्, “कसैका लागि भेडापालन सामान्य हुन सक्छ, तर मेरो लागि यही पेशा परिवारको मेरुदण्ड र भविष्यको जग हो। मैले सोचविचार र विश्लेषणपछि यसलाई व्यवसायिक रूपमा अगाडि बढाउने निर्णय लिएको हुँ।”

    हाल उनीसँग १३० भन्दा बढी भेडा छन् र छिट्टै त्यो संख्या २०० पुर्‍याउने योजना बनाएका छन्। रावतको अनुभवमा भेडापालन आर्थिक दृष्टिले निकै लाभदायक छ। उनका अनुसार भेडाको प्रत्येक अङ्ग उपयोगी हुने भएकाले कुनै पनि चीज खेर जान्न दिने स्थिति छैन।

    यद्यपि, यो पेशामा सहजता मात्र छैन। चरन क्षेत्रको अभाव, हिउँदमा घाँसको कमी, रोगव्याधिको जोखिम र पशु चिकित्सकको पहुँच अभावजस्ता चुनौतीहरू छन्।

    तर, कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘गोठालो भत्ता’ कार्यक्रमले भने यस्तो उद्यममा लागेका किसानलाई राहत दिएको छ।

    ५० वा सोभन्दा बढी भेडा पाल्ने किसानले मासिक १,५०० रूपैयाँका दरले वार्षिक १८,००० रूपैयाँ भत्ता पाउँछन्। रावत भन्छन्, “यस भत्ताले उपचार र व्यवस्थापन खर्चमा निकै सहजता मिलेको छ।”

    जुम्ला जिल्ला पशु सेवा कार्यालयका अनुसार हाल जिल्लाभरि १,७०० भन्दा बढी किसान व्यावसायिक भेडापालनमा संलग्न छन् र कुल भेडा संख्या ८८,३८८ पुगेको छ।

    कार्यालय प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापा भन्छन्, “भत्ता कार्यक्रमले निश्चित रूपमा किसानलाई उत्साहित बनाएको छ। अब चरन क्षेत्रको विस्तार, खर्क सुधार र आवश्यक भौतिक पूर्वाधारमा ध्यान दिन आवश्यक छ।”

    बलबहादुर रावतजस्ता युवाहरूको लगनशीलता र आधुनिक सोचले कृषिपेशामा नयाँ आशा र सम्भावनाको ढोका खोलिदिएको छ।v

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.