आकाश सुनार।
अन्धेरी घरमा झिलिमिलि बत्ति बाल्न बाकि नै छ
आमाको च्यातिएको फरिया चोलि टाल्न बाकि नै छ।
सफलताको कथा छुट्टै बनाउँदै छ म हेर यता सघर्ष मै
भत्किएको आगन अनि चुइने छानो हाल्न बाकि नै छ।
बुडा आमा बा लाई घन्टौ सम्म स्याहार्न बाँकि नै छ
बुबाको जिम्मेवारिको काध अझै फेर्न बाँकि नै छ
मिहेनत को घडि निरन्तर चलाउने छु म भगवान
आमाको चम्किलो मुहारमा मुस्कान हेर्न बाँकि नै छ
दुख पिडा सङग भिर्न बाँकि नै छ बा
सघर्षको कारागार छिर्न बाँकि नै छ बा ।
एक छाक टार्न को लागि लगेको त्यहि
साउ को रिन अझै तिर्न बाँकी नै छ बा ।
