Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Thursday, April 9
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»एक सातामा देशभर मनसुन फैलिदैँ
    समाचार

    एक सातामा देशभर मनसुन फैलिदैँ

    dipakBishwakarmaBy dipakBishwakarmaJune 9, 2025Updated:June 9, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    एक सातामा देशभर मनसुन फैलिदैँv
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ । यस वर्ष मनसुन सामान्य समयभन्दा केही अगाडि नै नेपाल प्रवेश गरेको छ। मौसम विज्ञान विभागका अनुसार, जेठ १५ गते का दिन बङ्गालको खाडीबाट विकसित भई मनसुन कोशी प्रदेश हुँदै देशमा प्रवेश गरेको हो।

    हाल मनसुन कोशी प्रदेशमा सक्रिय भए पनि देशका अन्य भागमा अझै पूर्णरूपमा फैलन सकेको छैन। विशेषगरी, पश्चिमी भूभागमा मनसुन निष्क्रिय देखिएको छ। मौसमविद्हरूका अनुसार, पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पूर्वी हावा पश्चिमतर्फ सर्न नसकेकोले मनसुन पूर्वमै सीमित रहन पुगेको हो।

    यद्यपि, अब केही दिनमै मनसुन क्रमशः सक्रिय हुने देखिएको छ। विभागले आउँदो बुधवार वा बिहीवारदेखि मनसुन विस्तार हुँदै देशभर फैलिने अनुमान गरेको छ। अहिलेको अवस्थालाई हेर्दा आगामी ७ देखि १० दिनभित्र देशभर मनसुन सक्रिय हुने सम्भावना उच्च रहेको छ।

    नेपालमा मनसुन सामान्यतया कोशी प्रदेश हुँदै प्रवेश गर्ने गर्दछ, जुन प्राकृतिक प्रक्रिया हो। कहिले समयमै मनसुन सक्रिय हुन्छ भने कहिले केही ढिलो पनि हुन सक्छ, जुन सामान्य मानिन्छ।

    यो वर्ष पनि मनसुनले पूर्वमा वर्षा शुरू गरे पनि पश्चिमी क्षेत्रहरूमा खासै प्रभाव परेको छैन। तर, पश्चिम पूर्णरूपमा सुक्खा भने छैन, त्यहाँ केही स्थानमा हल्का वर्षा भएको छ। अघिल्ला वर्षहरूमा पनि मनसुन नेपाल प्रवेश गरेपछि झन्डै तीन हप्ता सक्रिय हुन नसकेको उदाहरणहरू छन्।

    मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गर्दै आएको छ। साथै, तापक्रम पनि सामान्यभन्दा उच्च रहने प्रक्षेपण गरिएको छ। भारी वर्षाका कारण कृषि, यातायात, पर्यटन लगायतका क्षेत्र प्रभावित हुने सम्भावना रहेकाले नागरिकहरूलाई सतर्क रहन विभागले आग्रह गरेको छ।

    बाढी, पहिरो र डुबानजस्ता जोखिमपूर्ण घटनाबाट जोगिन मौसमसम्बन्धी जानकारी नियमित रूपमा हेर्ने बानी बसाल्न विज्ञहरूको सुझाव छ। मौसमले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले प्रत्येक नागरिकले पूर्वतयारीसहित जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.