Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Monday, April 13
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»सिँजा गाउँपालिकाद्वारा नयाँ एम्बुलेन्स खरिद
    समाचार

    सिँजा गाउँपालिकाद्वारा नयाँ एम्बुलेन्स खरिद

    dipakBishwakarmaBy dipakBishwakarmaJune 11, 2025Updated:June 11, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    सिँजा गाउँपालिकाद्वारा नयाँ एम्बुलेन्स खरिदv
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    धन सिंह रावत जुम्ला।
    जुम्लाको सिँजा गाउँपालिकाले आफ्ना स्थानीयवासीको सहज र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न नयाँ एम्बुलेन्स खरिद गरेको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार, नेपाल सरकारको पूर्ण राजस्व छुट सुविधाअन्तर्गत गाउँपालिकाको लगानीमा उक्त एम्बुलेन्स ल्याइएको हो।

    नयाँ एम्बुलेन्सको कुल लागत ३२ लाख पुगे पनि राजस्व छुटका कारण ११ लाख रुपैयाँ बचत भएको छ। एम्बुलेन्सको वास्तविक मूल्य २१ लाख रुपैयाँ हो भने व्यवस्थापन र अन्य खर्चमा थप ३ लाख रुपैयाँ खर्च गरिएको छ।

    अध्यक्ष धितालले बताउनुभयो, “अघिल्लो एम्बुलेन्स पटक–पटक बिग्रिन थालेपछि मर्मतमा धेरै खर्च हुन थाल्यो, जसले गर्दा नागरिकलाई समयमा सेवा दिन कठिन भयो। यसै कारण नयाँ एम्बुलेन्स टेण्डर प्रक्रियाबाट खरिद गरिएको हो।”

    गाउँपालिकाले सुत्केरी र गर्भवती महिलालाई निःशुल्क सेवा दिने व्यवस्था गरेको छ भने अन्य नागरिकलाई न्यून शुल्कमा एम्बुलेन्स सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ। पुरानो सवारीका कारण स्वास्थ्य सेवा पाउन अप्ठ्यारो परेका सिँजावासीहरूले अब सहज र भरपर्दो सेवा पाउने अपेक्षा गरिएको छ।v

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.