Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Monday, April 13
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाज»मेहनत सफलता सम्मको यात्रा
    समाज

    मेहनत सफलता सम्मको यात्रा

    dipakBishwakarmaBy dipakBishwakarmaJune 15, 2025Updated:June 15, 2025No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    मेहनत सफलता सम्मको यात्रा
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हाम्रो समाजमा प्रत्येक आमा बुवाको एउटै मात्र सोच हुन्छ र आफ्ना छोराछोरीलाई पढेर सरकारी जागिर खानुपर्छ । हाम्रा दिन त जसोतसो बित्यो आफ्ना छोराछोरीको आफ्नो जस्तो दिन नबितोस भन्ने हरेक आमाबाबुको चाहना हुन्छ । यो अनौठो कुरा पनि होइन किनकि नेपाली समाज अझ त्यसमाथि पहाडी , हिमाली क्षेत्र तिर रोजगारीको कुनै अर्को विकल्प समेत छैन त्यसैले पनि सरकारी सेवा नै खोज्नु बाध्यता भनु या रहर बनेको हो ।  एकातिर मैले आफ्नो अध्यनलाई निरन्तरता दिई रहेको थिए अर्को तिर लोकसेवाको यात्रा लाई पनि अगाडि बडाउन शुरूवात गरे ।

    त्यसै क्रममा मेरो लोकसेवाको यात्राको अध्याय २०७४ साल बाट भयो । मैले पहिलो पटक साविकको लोकसेवा क्षेत्रिय कार्यालय वीरेन्द्रनगर हालको  कर्णाली प्रदेश बाट १ नम्बर वैकल्पिक उमेदवार बाट  सुरु भयो । मलाई झन उत्साह जोश जागर बढ्यो । त्यस लगत्तै अर्को वर्ष पोखरा र काठमाडौंमा बाट दिएको आयोग परिक्षामा अन्तरवार्ताको चरण सम्म पुग्न सफल भए ।

    त्यतिबेलाको आयोग परिक्षा अहिलेको भन्दा अलि सहज थियो, ५० MCQ त्यसमा पनि  सेवा र कुनै एक समूह मात्र हुन्थियो । अझ त्यसमा प्रतिस्पर्धी भने निकै कम हुन्थे, संघले मात्र विज्ञापन गर्थ्यो र सबै जना क्षेत्रिय कार्यालय तिर बाँडिने हुँदा अलि कमै तयारी हुँदा पनि सम्भावना उच्च देखिन्थियो ।
    देशको राजनीतिक अवस्था बदलियो सोही अनुसार राज्यका सम्पुर्ण सम्यन्त्रहरु पनि बदलिनु कुनै अनौठो कुरो भएन । राज्यको संरचना बदलिने क्रममा
    स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई कार्यान्यवन गर्दा २ दुई वर्ष जति लोकसेवा आयोग  खुलेन । लोकसेवा आयोगको पुर्ण तयारीमा रहेका साथीहरुको तयारी मै ब्रेक लाग्ने उच्च सम्भावना देखियो ।

    त्यतिबेला म आफुलाई नाम निकाल्न सक्छु भन्ने आत्मबल आत्माबिश्वासका साथ तयारी लाई तिब्रता दिएको थिए । यो आयोग खुलेन भने मेरो यो प्रकारको तयारीले कतै बाटो नै पो बिर्सिन्छ की भन्ने डरले मैले पुर्ण अध्यनलाई अघि बढाउनु पर्छ भन्ने उदेश्यले मैले  २०७४/७५ मा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत को HICAST College मा Bsc.AG मा भर्ना गरे ।

    दुर्भाग्य सजिलै संग छात्रवृति पाउन पर्नेमा उच्च राजनैतिक प्रभावका कारण पाउन सकिन तर छोड्न पनि सकिन, झन यति बेला को fee structure सामान्य परिवार का मान्छेको level भन्दा बाहिर नै थियो यसका बाबजुत  पनि  पढाई चाहिँ सुरु गरे ।यहि बिचमा राजनीतिक प्रभाब , चलखेल आदिको बारेमा जान्ने बुझ्ने अबसर समेत प्राप्त गरे ।

    समय राम्रो सङ्ग चलिराखेको थियो बिस्तारै लोकसेवा पनि खुल्न थाल्यो तर विडम्बना अब  लोकसेवाको format पुरै प्रशासनिक ढाँचातर्फ अघि बढ्यो, टिक मात्रै लगाउन पाउने र एकमात्र  समूहमा  दिन पाउने  हामी अब  एकीकृत परीक्षा दिँदै GK IQ PM लगाएत लिखित सम्म पुर्‍यायो, हाम्रा लागि यो नयाँ परिक्षण थियो र त्यतिकै मात्रामा चुनौती पनि ।

    अहिले आयोगको प्रतिस्पर्धाले आकाश छोइसकेको छ भने पुरानो ढाचाको पढाइ परिबर्तन भइ  नयाँ तरिकाले लाग्नु पर्ने हुँदा अलि पुराना लाई भने पहिले भन्दा कठिन बन्ने निश्चित थियो त्यस बाट म अलग्गै हुने कुरोनै भएन  । तर यता नयाँ अनुहारहरूको भने सुरुवात नै यही मोडालिटी बाट सुरु हुने भएको हुँदा  हामी लाई जतिको गार्‍हो भने थिएन ।

    हाम्रा लागि  रणभूमि भन्दा पहिला मनुभूमिमा युद्ध को तयारी गर्नु पर्छ भने जस्तै भइसक्या थियो, सुरु गर्नै पर्यो  । BscAg पनि पढाई सकियो, देशमा राजनैतिक नियुक्तिका कारण नै  अस्थायी जागिरको हाहाकार हुने सिर्जना पैदा हुँदै गयो । यस्तो दुख र मेहनत गरेर पढेको नि काम नलाग्ने हुन्छ कि भन्ने महसुस हुँदै गयो, ।

    बढ्दो उमेर, बेरोजगारी, उथलपुथल करियर सबैतिर सबै कुराको प्रेसर बढ्दै जाँदा झन्  झन् कठिन परिस्थिति बन्दै गयो मेरो जीवनजिबन । यो समयमा तन मन धन सम्मले पनि साथ दिने मान्छेलाई सम्बन्धबाट पनि अलग भएपछि मनोभूमिमा लोकसेवाको पढाइ नै प्रमुख प्राथमिकतामा भएपनि रणभूमिका घटनाक्रमले मस्तिष्कमा पर्याप्त जटिल र गहिरो रूपमा डेरा जमाइ राखे मनमा ।

    ठिक यहि समयमा लगभग सबैले साथ छोड्दै गए, आफन्त साथीभाइ लगाएत आफ्नाले पनि साथ चटक्कै छोडे, उतारचढावकै बीचमा भए पनि समय हो बित्नै पर्यो, परीक्षा दिनै पर्‍यो, मन नलागे नि पढ्नै पर्यो, अरुलाई खुसी भए जस्तो देखाउनै पर्यो, एकदिन भइहाल्छ भन्ने भ्रम पनि पाल्नुपर्यो, समय र परिस्थितिका कारण निश्चिन्त हुन नसकेपनि परिवारलाई आशा भने देखाइरहनु पर्यो, भइहालिन्छ नी भन्ने भ्रम को  खेती पनि गर्नुपर्ने भयो भने यता मनुस्थितीले भने विक्राल रूप लिँदै थियो ।

    पढे त सकिन्थ्यो असम्भव भन्ने केही थिएन, तर बिग्रेको हालत र कमजोर मनुस्थितिकै कारण न राम्ररी पढ्न नै सकियो, न कहीँ कतै सफल हुने छाटकाट नै देखियो, अब त आफन्तजन घरपरिवार साथीभाइले निकै राम्रो अपेक्षा गरेको ‘ राजेश ‘ बिस्तारै बिलिन हुने र देश छोड्ने कुरामा  पनि दुईमत नहुने देखियो, यता लोकसेवाको परीक्षा दिने क्रम भन्ने रोकिएको थिएन ।

    म कहाँ अड्किरहेको छु भन्ने कुरा पहिचान त गरे तर समाधान गर्ने समय परिस्थिति र ऊर्जा म सङ्ग थिएन । खाली रुमल्लीरहेको थिए मनका भावहरू सँग, जो समुद्रको छाल जसरी लहरा हाल्न खोजिरहने तर सधैं दबाब को भूमरीले छाल हान्न भने नपाउने… जसलाई बाध्यात्मक परिस्थितिको संज्ञा दिँदा पनि फरक पर्दैन ।

    “सपना एकातिर, कर्म अर्कोतिर”…. “रहर एकातिर बाध्यता अर्कोतिर…” मन एकातिर मस्तिष्क अर्कोतिर , “हातमा पुस्तक मनमा  दस थोक कल्पना … ।
    धेरै पटकको प्रयास पश्चात् गत वर्ष गण्डकीमा नाम निस्कियो, म त अगुल्टाले हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ जस्तो नै भइसकेको थिए, नभन्दै प्राविधिक पाँचौं तहको  नतिजामा पनी एक नम्बरमा वैकल्पिक नै परे । अब त म आफै पनि आत्तिसके, अघिल्लो पटक १ नम्बर वैकल्पिक परेको म यो पटक पहिलो पत्रमा समेत नाम नआउँदा  लोकसेवा पढाई छोड्ने निर्णय २०% ले थप भएर ८० % मै पुग्यो ।

    मेरो आत्मबल पुरै कमजोर भइसकेको थियो, निरन्तर को असफलता र सबै बाट एक्लो हुँदा म अब त सक्दिन भन्ने स्थितिमा गइसकेको थिए । तथापि यिनी सबै virus को एकमात्र Antidote थियो म सँग  “मेरो बुवा”, जसले म माथि गर्नु भएको विश्वास, देख्नु भएको क्षमता, अनि म माथि राख्नु भएको भरोसा । हो यही एक Antidote हो जसले असम्भव ठानेर हार खाएको मेरो मन लाई चट्टानमा परिवर्तन गरी आज यहाँ सम्म पुर्यायो ।

    लोकसेवा नै पास गरेपनि अर्काको प्रदेश मा काम गर्नु पर्ने धेरैको बाध्यता र उथलपुथल राजनीति कै कारण धेरैमा लोकसेवा प्रति वितृष्णा जागिरहेका बेला
    अनेकौं उल्झन पीडा राप ताप, आमाको आशीर्वाद बाबाको साथ र सपोर्ट , आफन्तको माया र साथीभाइ को साथका खातिर आज आफ्नै प्रदेश, आफ्नै जिल्लामा सातौँ तहको कर्मचारी भई सेवा गर्न आई राख्दा भगवानले हरेक मान्छेको लागि उसको क्षमता अनुसार को वरदान नै दिने रैछन् भन्ने कुरामा पनि निश्चिन्त भएँ, केवल निरन्तर कर्म को खातिर ।

    नियमित कर्म गरियो भने सफलता ढिलो चाडो आउन्छ बस आफुले धैर्यता गुमाउनु हुँदैन भन्ने पाठ पनि सिकायो लोकसेवाले मलाई । जे होस् बधाई छ म आफैलाई । घरपरिवारको सपना बाबाको त्याग् तपस्या र साथी भाई माया सँगै आफन्तको आशा बन्न सके । हिजो बेरोजगारीकै कारण छोडेर जाने मनुष्यहरूको गाला मा नमिठो झापड हान्न सफल भए ।।

    तर ….तर यहाँ त विषय अर्कै छ …जटिल छ… चाखलाग्दो पनि छ …लोकसेवा मात्र का पढीरहेको छु म खास म त
    १.साहित्य सिर्जना गरीरहेको छु,  २०७२ सालमै ” रङ्गहराएकोजिन्दगी ” उपन्यास लेखेको थिएँ । त्योदिन”आत्मकथा सँगै…. “थकितपाइला” गजल संग्रह pending मै छ … अहिले त सिङ्गो उपन्यासको १/२ आध्याय नै भोगिसके अस्तो लाग्छ…उतार्ने तयारीमा नी छु ।

    २.गीत संगीत लेखिरहेको छु, बनाइरहेको छु…आधा दर्जन गीतका शब्द कोरे संगीत भरे कतिमा निर्देशन  गरे त कुनैमा अभिनय पनि आफै गरे  जो अहिले Youtube मा  उपलब्ध छन । भनी उनले जानकारी दिएका छन्।v

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.