Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Monday, April 13
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»विद्यार्थीहरूमाथि शुल्कको दबाब, अभिभावक आक्रोशित।
    समाचार

    विद्यार्थीहरूमाथि शुल्कको दबाब, अभिभावक आक्रोशित।

    dipakBishwakarmaBy dipakBishwakarmaJune 16, 2025Updated:June 16, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    विद्यार्थीहरूमाथि शुल्कको दबाब, अभिभावक आक्रोशित।v
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दिपक विश्वकर्मा जुम्ला।
    जुम्ला।    तातोपानी गाउँपालिका–७ स्थित बारागाउँको जनजागृति माध्यमिक विद्यालयले ‘अक्षर सुधार कार्यक्रम’का नाममा प्रत्येक विद्यार्थीबाट रु २५० शुल्क उठाएको पाइएको छ। विद्यालयले बाह्य क्षेत्रबाट तीनजना प्रशिक्षक बोलाई १० दिन लामो अक्षर सुधार तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको थियो। उक्त तालिमको खर्च ब्यहोर्न विद्यार्थीहरूबाट प्रतिव्यक्ति रु २५० सङ्कलन गरिएको विद्यालय प्रशासनले जनाएको छ।

    हालैको संविधान २०७२ को धारा ३१ को उपधारा २ अनुसार प्रत्येक नागरिकलाई आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क हुने व्यवस्था छ। तर, उक्त कानुनी व्यवस्था विपरित विद्यालयले प्रत्यक्ष शुल्क उठाएको स्थानीय अभिभावकहरूको गुनासो छ।

    शुल्क तिर्न नसक्ने वा नमानेका विद्यार्थीहरूलाई विद्यालयबाट ‘रेस्टिक्ट’ गर्ने चेतावनी दिइएको अभिभावकहरूले बताएका छन्। साथै छात्रवृत्तिबाट प्राप्त हुने रकम समेत ब्याजसहित असुल गर्ने धम्की विद्यालय प्रशासनबाट आएको उनीहरूको आरोप छ।

    एक जना विद्यार्थी निरा रावत विद्यालय प्रशासनको दबाब सहन नसकी रुँदै आफ्ना अभिभावक कहाँ पुगेपछि विषय बाहिर आएको हो। उनका अभिभावकले विद्यालयमै पुगेर प्रधानाध्यापकसँग स्पष्टीकरण माग गरेका थिए।

    प्रधानाध्यापक अमर  रावतले भने, “विद्यार्थीहरूका लागि अक्षर सुधार गर्न शुल्क लिएको हो। तिर्ने भए तिर्नुस्, नत्र रेस्टिक्ट हुन्छन्,” भनेर खुलेरै अभिभावकहरूलाई धम्की दिएको अभिभावक शेरबहादुर रावतले जानकारी दिए।

    यसरी, संविधानमा सुनिश्चित निःशुल्क शिक्षाको अधिकार व्यवहारमा कार्यान्वयन नहुँदा अभिभावक र विद्यार्थी दुवै मर्कामा परेका छन्। स्थानीय स्तरमा शिक्षाको पहुँचलाई सहज बनाउनका लागि पालिका र सरोकारवाला निकायहरूको  गम्भीर ध्यानआवश्यक देखिन्छ। भनी स्थानीयहरूको गुनासो रहेको छ

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.