दिपक विश्वकर्मा जुम्ला।
जुम्लाको चन्दननाथ नगरपालिकामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
राति करिब ९ बजे चन्दननाथ नगरपालिका–९ स्थित तलिउम जाँदै गरेको लु २ त १११५ नम्बरको ट्याक्टर अनियन्त्रित भई चन्दननाथ–७ खल्लाचौरमा करिब २० मिटर तल खसेको थियो। दुर्घटनामा परी चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्की गम्भीर घाइते भएका थिए। उपचारका क्रममा राति ९:४८ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीले जानकारी दिए।
घाइते हुनेहरूमा तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रंगा सार्की र २२ वर्षीय ट्याक्टर चालक सन्तोष सार्की रहेका छन्। उनीहरू सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ, र अवस्था सामान्य रहेको जनाइएको छ।v
