Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लाको पातारासीका महिलाहरू अझै पनि घरमै सुत्केरी हुने परम्परामा।
    समाचार

    जुम्लाको पातारासीका महिलाहरू अझै पनि घरमै सुत्केरी हुने परम्परामा।

    dipakBishwakarmaBy dipakBishwakarmaJune 20, 2025Updated:June 20, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    जुम्लाको पातरासी गाउँपालिकामा यार्से गुम्बा टिप्न जाने मानिसको भिड बढ्यो।
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दिपक विश्वकर्मा जुम्ला।
    जुम्ला  पातारासी गाउँपालिका–३ अन्तर्गत पर्ने हुरी र महरी गाउँका महिलाहरू अहिले पनि घरमै सुत्केरी हुने परम्परा कायम राखिरहेका छन् । लौठचौर नजिकै नै रहेको बर्थिङ सेन्टर (प्रसूति केन्द्र) भए पनि अधिकांश महिलाहरू घरमै बच्चा जन्माउने गर्दछन् ।

    वडाध्यक्ष गोविन्द रावतका अनुसार, महिलाहरू गर्भ परीक्षणका लागि बर्थिङ सेन्टरसम्म आइपुग्ने भए पनि सुत्केरीका लागि भने घरमै भर पर्न रुचाउने गरेका छन् । यसको प्रमुख कारण गाउँमा गहिरो रूपमा जरो गाडेको अन्धविश्वास र धामीझाँक्रीमा अत्यधिक निर्भरता रहेको बताइएको छ ।

    अनमी दुबा बुढाले जानकारी दिएअनुसार, महिलाहरू जोखिम मोलेर घरमै सुत्केरी हुने गरेका छन् । यस आर्थिक वर्षमा हुरी गाउँका दुई महिलाबाहेक अरू सबैले घरमै बच्चा जन्माएको उल्लेख गरिन् ।

    त्यसको विपरीत छुम र चौरगाउँका महिलाहरूले बर्थिङ सेन्टरमा पुगेर सुरक्षित रूपमा सुत्केरी हुने गरेका छन् । वडाध्यक्ष रावतका अनुसार, हुरीमा ७८ र महरीमा ५० घरधुरी छन् भने ती गाउँबाट बर्थिङ सेन्टर पुग्न झन्डै दुई घण्टा समय लाग्ने बताइएको छ । महरी गाउँका सबै महिलाहरू घरमै सुत्केरी हुने गरेको तथ्य फेला परेको छ ।

    सरकारले हिमाली जिल्लामा सुत्केरी अवस्थाका लागि प्रोत्साहनस्वरूप यातायात खर्चका रूपमा तीन हजार रुपैयाँ र आठ पटक गर्भजाँच गराएबापत थप आठ सय रुपैयाँ दिने व्यवस्था गरेको भए पनि महिलाहरूले यो सेवा लिन नसकेको अवस्था देखिन्छ । अनमी बुढाको भनाइमा सहज बाटो र एम्बुलेन्स वा बोकेर लैजाने जनशक्तिको अभावले गर्दा पनि महिलाहरू बर्थिङ सेन्टर पुग्न नसक्ने अवस्था छ ।

    गाउँमा अझै पनि व्यथा लागेपछि घरमै महिलाहरू बोलाएर सुत्केरी गराउने चलन रहेको छ । स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउँदा हुने फाइदाबारे जानकारी दिइए तापनि अन्धविश्वासका कारण महिलाहरू स्वास्थ्य सेवा लिन तयार नहुने उनको गुनासो छ ।

    घरमै सुत्केरी हुँदा आमाको ज्यान जोखिममा पर्ने, सङ्क्रमण फैलिने, शिशुको मृत्यु हुनेजस्ता गम्भीर खतरा रहने भएकाले समयमै स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउनु आवश्यक रहेको बुढाको भनाइ छ ।

    स्वास्थ्यकर्मीको निगरानी अभावमा अत्यधिक रक्तस्राव, नवजात शिशुको मृत्यु जस्ता समस्या देखिन सक्ने भएकाले यस्तो अवस्थालाई अन्त्य गर्न समुदायस्तरमै सचेतना फैलाउनुपर्ने आवश्यकता देखिएको छ । वडाध्यक्ष रावतले अन्धविश्वास अन्त्य गर्न अभियान सञ्चालन गर्नु आवश्यक रहेको र परम्परागत धामीझाँक्रीलाई स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्न प्रशिक्षण दिन सकिने धारणा राखे ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.