Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Thursday, April 9
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»स्याउ बिमा भुक्तानी नपाएपछि जुम्लाका किसान आन्दोलनमा
    समाचार

    स्याउ बिमा भुक्तानी नपाएपछि जुम्लाका किसान आन्दोलनमा

    dipakBishwakarmaBy dipakBishwakarmaJune 21, 2025Updated:June 21, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आकाश सुनार जुम्ला।
    जुम्ला — शिखर इन्स्योरेन्सले स्याउ बिमा अन्तर्गतको भुक्तानी समयमै नदिएको भन्दै जुम्लाका हजारौं किसान आन्दोलनमा उत्रिएका छन्। किसानहरूले गत वर्ष बिमा गरेका स्याउमा खडेरी र असिनाले व्यापक क्षति गरे पनि क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन्।

    शुक्रबार किसानहरूले जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत बिमा रकम नआएकाले सडकमा उत्रिन बाध्य भएको जनाएका छन्।

    स्याउ बिमा पहल समिति संयोजक खड्कबहादुर सेजवालले बिमा गरिएको स्याउमा खडेरी र असिनाका कारण ठूलो नोक्सानी पुगेको भन्दै बिमा रकम तत्काल उपलब्ध गराउनुपर्ने माग गरे।

    किसानहरूले खलंगाको बालमन्दिर क्षेत्रबाट प्रशासन कार्यालयसम्म जुलुससहित नाराबाजी गरेका थिए। “स्याउ बिमाको रकम तुरुन्त दिनु”, “किसानको अपमान सहिँदैनौं”, “जुम्ली किसान एक हौं” भन्ने नारासहित प्रदर्शन गरिएको थियो।

    सेजवालका अनुसार बिमा कम्पनीले पटक–पटक आग्रह गर्दा पनि रकम नदिएकाले अब आन्दोलन बाहेक अर्को विकल्प नरहेको बताए। “गत वर्ष स्याउ नफलेको र फलेको पनि असिनाले झारिदिएको अवस्था थियो, यस्तो अवस्थामा बिमा रकम दिनु त सरकारको दायित्व हो,” उनले भने।

    किसानहरू बिमा प्रणालीप्रति पहिले उत्साहित थिए तर अहिले निराश भएको उनले बताए। बिमा भुक्तानी सुनिश्चित गर्न किसानहरूले एकजुट भई ‘किसान सञ्जाल’ पनि गठन गरेका छन्, जसले आगामी दिनमा कृषि र बिमा सम्बन्धी संस्थाको निगरानी गर्ने बताइएको छ।

    यता शिखर इन्स्योरेन्सले भने किसानहरूले गलत मनसायले बोट संख्या बढाएर बिमा गराएको आरोप लगाउँदै भुक्तानी रोकिएको जनाएको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल ७,५७४ कृषकमध्ये ६,६१३ को बगैंचामा निरीक्षण गर्दा औसत २५ प्रतिशतले बढी बोट देखाइएको थियो। अझै ९९४ कृषकका विवरण एकीन हुन बाँकी रहेको पनि कम्पनीले जनाएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.