राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
शुक्रबार बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो। नतिजा सार्वजनिक भए पनि वेबसाइटमा सम्पूर्ण विवरण देखिन केही समय लाग्ने बोर्डले जानकारी दिएको छ।
वि.सं. २०८१ सालको चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षामा झण्डै ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।
