Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Monday, April 13
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»भूकम्पपछिको पानी संकट टर्‍यो: जाजरकोटका बस्तीमा घरघरमै धारा
    समाचार

    भूकम्पपछिको पानी संकट टर्‍यो: जाजरकोटका बस्तीमा घरघरमै धारा

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 2, 2025Updated:July 2, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भूकम्पपछि खानेपानीको गम्भीर अभाव झेलेका जाजरकोटका ग्रामीण बस्तीमा अहिले घरघरमै धारा जडान गरिएको छ। नलगाड नगरपालिका–४ अन्तर्गतका सार्कीवाडा, भात्चिउरा, फुलचाउली र प्यारगारा गाउँका करिब ४५ घरपरिवारले स्वच्छ खानेपानी सेवा पाएका छन्।

    भूकम्पले मुख्य खानेपानी मुहान भासिएपछि यहाँका बासिन्दा पानीको चरम संकटमा परेका थिए। तर अहिले स्थानीय सरकार र आइएनएफ नेपालको साझेदारीमा घरआँगनमै धारा जडान भएपछि बासिन्दाले राहतको महसुस गरेका छन्।

    सार्कीवाडाका १५, प्यारगाराका १५, भात्चिउराका १० र फुलचाउलीका ४ घरपरिवारको घरमै पाइपबाट पानी पुग्न थालेको हो। पहिले दैनिक दुई घण्टा पैदल हिँडेर पानी खोज्नुपर्ने बाध्यता थियो। कतिपयले त ढाराखोलाजस्ता टाढा र अपायक ठाउँमा पालो कुरेर पानी बोक्नुपर्थ्यो। अब भने धारा सिधै घरमै भएकोले डोकामा पानी बोक्ने झन्झट अन्त्य भएको छ।

    छिपछिपे भात्चिउरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपा रावलका अनुसार, करिब १,२०० मिटर टाढा रहेको छिपछिपे मुहानबाट पाइपमार्फत पानी ल्याइएको हो। उनले यो योजना दीगो रूपमा सञ्चालन गर्न सामुदायिक सहभागितासहित व्यवस्थापन गरिने जानकारी दिइन्।

    फुलचाउलीका केही घरपरिवारले त अघिसम्म १,५०० मिटर टाढाको मुलपानीबाट वा दुई घण्टा टाढाको डिमुरापानी गाग्रीमा बोकेर ल्याउनु पर्ने अवस्था थियो। चैतदेखि असारसम्म त स्थानीय मुहान नै सुक्ने भएकाले तलाउको पानी पिउनुपर्ने बाध्यता थियो। अहिले भने नियमित र स्वच्छ पानी घरमै पाउँदा बासिन्दा खुसी छन्।

    यो खानेपानी योजनाले भूकम्पपछिको संकट टार्नुका साथै, विपन्न, दलित र दुर्गम बस्तीका समुदायको दैनिक जीवन सहज बनाएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.