Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Thursday, April 9
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»सिंजा गाउँपालिकामा अपाङ्ग र अभिभावकविहीन बालबालिकाका लागि आवासीय बालगृह सुरु
    समाचार

    सिंजा गाउँपालिकामा अपाङ्ग र अभिभावकविहीन बालबालिकाका लागि आवासीय बालगृह सुरु

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 4, 2025Updated:July 4, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    धनसिंह रावत। जुम्ला।
    जुम्ला अपाङ्गता भएका तथा अभिभावकविहीन बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न जुम्लाको सिंजा गाउँपालिकामा आवासीय बालगृहको सञ्चालन सुरु गरिएको छ। आर्थिक अभावका कारण विद्यालय जानबाट बञ्चित बालबालिकालाई लक्षित गर्दै गाउँपालिकाको आर्थिक सहयोगमा बालगृह स्थापना गरिएको हो।

    बालगृहको उद्देश्य बालबालिकालाई शिक्षा, आवास र स्याहारको भरपर्दो व्यवस्था उपलब्ध गराउनु हो। सिंजा गाउँपालिका–३ मा रहेको फुटासिल आधारभूत विद्यालयमा भर्ना भएका बालबालिकालाई अध्ययनका साथै बसोबासको सुविधा प्रदान गर्ने जिम्मेवारी स्थानीय संस्था ‘अपाङ्गता सशक्तिकरण केन्द्र’ लाई दिइएको छ।

    गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले संयुक्त रूपमा बालगृहको उद्घाटन गरेका हुन्। अध्यक्ष धितालका अनुसार सुरुआती चरणमा १५ जना विपन्न र अपाङ्गता भएका बालबालिकालाई आवासीय सेवा दिइएको छ। ती सबै बालबालिका अहिले नियमित रूपमा विद्यालयमा पढ्दैछन्।

    उद्घाटन समारोहमा वडा नं. ३ का अध्यक्ष सुरथबहादुर रावतले बालगृहको व्यवस्थापनलाई गुणस्तरीय बनाउने प्रतिबद्धता जनाउँदै स्थानीय सरकार र वडाले आवश्यक सहयोग गर्ने बताए।

    गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालले अध्ययनबाट बाहिर रहेका बालबालिकालाई विद्यालयतर्फ ल्याउन बालगृहले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले यस किसिमका कार्यक्रम सफल पार्न समुदाय, स्थानीय सरकार र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपानेले अपाङ्गता भएका बालबालिकालाई शिक्षा पहुँचमा ल्याउने कार्यमा बालगृहले महत्त्वपूर्ण योगदान पुर्‍याउने जनाउँदै गाउँपालिकाको प्रयासप्रति धन्यवाद ज्ञापन गरे।

    यसअघि जुम्लाकै हिमा गाउँपालिकामा सञ्चालनमा ल्याइएको आवासीय विद्यालयमार्फत ५० भन्दा बढी बालबालिका आवासीय सेवा प्राप्त गर्दै अध्ययन गरिरहेका छन्। हाल स्थापना गरिएको सिंजा बालगृहबाट पनि शिक्षा र संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान हुने अपेक्षा गरिएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.