Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्ला जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा, ४२६१ बालबालिकाले पाए नियमित सबै खोप
    समाचार

    जुम्ला जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा, ४२६१ बालबालिकाले पाए नियमित सबै खोप

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 5, 2025Updated:July 5, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । खोप सेवामा पूर्ण पहुँच बनाउँदै जुम्ला जिल्लालाई औपचारिक रूपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको’ जिल्ला घोषणा गरिएको छ। खोप उमेर समूहका सबै बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेको पुष्टि भएपछि शनिबार एक कार्यक्रमका बीचमा यो घोषणा गरिएको हो।

    जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाको सहभागितामा कार्यक्रम सम्पन्न भयो।

    जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार खोप उमेर समूहमा पर्ने १६ महिनादेखि ५९ महिनासम्मका ४२६१ बालबालिकामध्ये कुनै पनि खोप छुट नपरेको पुष्टि भएपछि प्रदेश खोप समन्वय समितिबाट प्रमाणिकरण प्राप्त गरी जुम्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो।

    सापकोटाका अनुसार जुम्लामा २०७९ सालदेखि पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको अभियान सुरु भएको थियो। जिल्लाभरका आठ वटै स्थानीय तहमा रहेका ६० संस्थागत र ४४ बाह्य खोप केन्द्रमार्फत मासिकरूपमा १०७ खोप सत्र सञ्चालन हुँदै आएको थियो।

    २०७१ को पूर्ण खोप निर्देशिका (संशोधित २०७८) अनुसार जन्मेदेखि १५ महिना सम्मको तालिकाअनुसार खोप लिएका र त्यसपछि पनि निर्धारित उमेरका बालबालिकामाथि घरदैलो सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा छुटिएका १२ बालबालिकालाई समेत खोप दिइसकेपछि मात्र पूर्णता घोषणा गरिएको हो।

    आर्थिक वर्ष २०८१/८२ मा १ वर्षमुनिका लक्षित बालबालिकाको संख्या २०१७ थियो भने करिब ९० प्रतिशतले खोप प्राप्त गरिसकेका छन्। बालबालिकाले बीसीजी, डिपीटी, दादुरा, रुवेला लगायतका सबै अनिवार्य खोप लिएका छन्।

    कुन पालिका कहिले घोषणा भयो?

    स्वास्थ्य शाखाका अनुसार, आठ वटै पालिकाले विभिन्न मितिमा पूर्ण खोप सुनिश्चितताको घोषणा गरेका थिए:

    चन्दननाथ नगरपालिका: २०८२ वैशाख १२

    सिँजा गाउँपालिका: २०८२ वैशाख २५

    हिमा गाउँपालिका: २०८२ वैशाख ३१

    कनकासुन्दरी गाउँपालिका: २०८२ जेठ ८

    पातारासी गाउँपालिका: २०८२ जेठ ९

    तिला गाउँपालिका: २०८२ जेठ ११

    तातोपानी गाउँपालिका: २०८२ असार ५


    यस घोषणासँगै जुम्लाले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.