जुम्ला । जुम्लाको हिमा गाउँपालिका–७ का ५ वर्षीय बालक यमन शाही हिमा नदीमा बेपत्ता भएका छन्। बुधबार दिउँसो घर नजिकैको नदी किनारमा बालुवा खेलिरहेका बेला एक्कासी बगेको पानीले उनलाई बगाएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बागबजारका बालक यमन शाहीलाई बगाएको जानकारी प्राप्त भएपछि खोजी कार्य सुरु गरिएको छ।
डिएसपी रविन बाबू रेग्मीका अनुसार अस्थायी प्रहरी पोस्ट जुगाडबाट खटिएको प्रहरी टोली घटनास्थलमा खटिएको छ। तर, नदीको बहाव तीव्र भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
