Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Monday, April 13
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»तातोपानी गाउँपालिकाले ८५ प्रतिशत बजेट खर्च गर्‍याे
    समाचार

    तातोपानी गाउँपालिकाले ८५ प्रतिशत बजेट खर्च गर्‍याे

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 10, 2025Updated:July 10, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को खाताबन्दी कार्य सम्पन्न गर्दै समग्र खर्च विवरण सार्वजनिक गरेको छ। असार २५ गते देशभर भुक्तानी लेखाङ्कन कार्य बन्द भएसँगै गाउँपालिकाले सार्वजनिक रूपमा वित्तीय प्रगति विवरण प्रकाशित गरेको हो।

    प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतका अनुसार, उक्त वर्षका लागि विनियोजित कुल ५३ करोड ७९ लाख ५ सय ९ रुपैयाँमध्ये ४३ करोड २० लाख ६८ हजार ८ सय ३१ रुपैयाँ खर्च भएको छ। बाँकी ९ करोड ८० लाख १० हजार ६ सय ७७ रुपैयाँ मौज्दात रहेको बताइएको छ।

    चालु खर्चतर्फ, विनियोजित ३५ करोड ५७ लाख ६४ हजार ५ सय ९ रुपैयाँमध्ये ३० करोड १४ लाख ३ सय ३ रुपैयाँ खर्च भई ५ करोड ५७ लाख ५० हजार २ सय ५ रुपैयाँ मौज्दात रहेको छ। यसअनुसार चालु खर्चतर्फ ८४.३३ प्रतिशत बजेट खर्च भएको छ।

    पुँजीगत खर्चतर्फ १७ करोड ४३ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएकोमा १३ करोड २० लाख ५४ हजार ५ सय २८ रुपैयाँ खर्च भई ४ करोड २२ लाख ६० हजार ४ सय ७२ रुपैयाँ मौज्दात रहेको छ। पुँजीगत खर्चको प्रगति ७५.७६ प्रतिशत रहेको छ।

    गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईका अनुसार, निकासा भएको ५० करोड ४१ लाख ६४ हजार १ सय ८३ रुपैयाँ ९८ पैशामध्ये ४३ करोड २० लाख ६८ हजार ८ सय ३१ रुपैयाँ ३१ पैशा खर्च भएको छ, जसअनुसार कुल बजेट खर्च ८५.७० प्रतिशत पुगेको हो।

    जुम्लाका आठ स्थानीय तहहरूमध्ये तातोपानी गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ को खर्च विवरण सार्वजनिक गर्ने पहिलो स्थानीय तह बनेको छ। अन्य स्थानीय तहहरूले खाता बन्द गरे पनि अझैसम्म सार्वजनिक रूपमा खर्च विवरण प्रस्तुत गरेका छैनन्।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.