जुम्ला । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जुम्लाको गेटमा आज आइतबार तालाबन्दी गरिएको छ। उक्त निर्णय सर्वदलीय बैठकको निष्कर्ष अनुसार गरिएको हो, जसले कार्यालय खारेजीको विरोधमा सामूहिक आवाज उठाएको जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले जानकारी दिए।
उनका अनुसार जुम्लामा सञ्चालन भइरहेका १ अर्ब २६ करोड लागतका बृहत् धौलिगाड खानेपानीलगायतका योजनाहरूमा कार्यालय खारेजको निर्णयले प्रत्यक्ष असर पार्ने भएकाले त्यसविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरिने चेतावनी पनि दिइएको छ।
आजै उक्त खारेजी निर्णय खारेज गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
