नेपाल तरुण दल, जुम्लाले आयोजना गरेको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र चन्दननाथ नगरपालिका–४ मा भव्यतापूर्वक सुरु भएको छ।
कार्यक्रमको सुरुवातमा आयोजक संस्थाले सहभागी अतिथि, प्रतिनिधि तथा कार्यकर्तालाई स्वागत गर्दै अधिवेशनको औपचारिक शुरुआत गरेको हो। उद्घाटन सत्रमा नेपाली कांग्रेसका सहमहामन्त्री डिना उपाध्याय, प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवाल, पूर्व कर्णाली प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठ, जिल्ला सभापति, कांग्रेसका स्थानीय जनप्रतिनिधि तथा नेपाल विद्यार्थी संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
सत्रमा चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले वर्तमान राजनीतिक परिवेशमा कांग्रेसमाथि निरन्तर भइरहेको हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै नेतृत्व पक्षमा पुनर्विचार आवश्यक भएको बताइन्। उनले अबको नेतृत्व तरुण दलबाट सक्षम, सक्रिय र युवामैत्री हुनुपर्ने आवश्यकता औंल्याइन्।
कार्यक्रम आयोजकले बन्द सत्रमार्फत संगठनलाई अग्रगामी बनाउने युवा नेतृत्वको चयन गरिने जनाएको छ।
