Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Thursday, April 9
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लामा विषालु च्याउ सेवनबाट एकै परिवारका पाँच जना बिरामी
    समाचार

    जुम्लामा विषालु च्याउ सेवनबाट एकै परिवारका पाँच जना बिरामी

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 27, 2025Updated:July 27, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली च्याउ सेवन गर्दा एकै परिवारका पाँच जना बिरामी परेका छन्। आइतबार दिउँसो करिब ३ बजे भएको घटनामा लेखकमान महतराको घरमा पकाइएको च्याउ खाएपछि उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो।

    बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट र ३ वर्षीय बालक पुजन बिष्ट रहेका छन्। च्याउ सेवन गरेपछि उनीहरूमा वान्ता, पेट दुख्ने र अत्यधिक कमजोरीजस्ता लक्षण देखिएपछि तुरुन्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको थियो।

    प्रतिष्ठानमा भर्ना गरिएका सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरी हवल्दार भक्ति प्रसाद पाण्डेका अनुसार बिरामीहरूको प्रारम्भिक अवस्था खतरामुक्त छ।

    घटनाको जानकारी पाएपछि मणिसाँघु प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मञ्जित वलीको नेतृत्वमा तीन जना प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको छ। बिरामी हुने सबै व्यक्ति लेखकमान महतराकै घरका सदस्य हुन्।

    स्थानीयहरूका अनुसार यस क्षेत्रमा यदाकदा विषालु च्याउ सेवनका कारण स्वास्थ्य समस्या देखिने गरे पनि चेतनाको अभावले जोखिम कायमै छ। प्रहरी तथा स्वास्थ्य निकायले जंगली च्याउ पहिचान नगरी सेवन नगर्न आम नागरिकलाई सचेत रहन आग्रह गरेका छन्।

    हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.