Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Wednesday, April 8
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लामा काँचो स्याउ टिप्न रोक, भदौ १५ पछि मात्र संकलनको अनुमति
    समाचार

    जुम्लामा काँचो स्याउ टिप्न रोक, भदौ १५ पछि मात्र संकलनको अनुमति

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 29, 2025Updated:July 29, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला  जुम्लाका किसानलाई काँचो अवस्थामै स्याउ टिप्न रोक लगाइएको छ। कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गर्दै भदौ १५ गतेभन्दा अघिसम्म स्याउ नटिप्न किसान र व्यापारीलाई आग्रह गरेको हो। कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार निर्धारित मिति अगाडि स्याउ टिप्ने, बिक्री गर्ने वा ढुवानी गर्ने कार्यलाई गैरकानुनी मानिनेछ र त्यस्ता व्यक्तिमाथि कानुनी कारवाही गरिनेछ।

    प्रमुख अधिकारीका अनुसार काँचो स्याउ संकलन गर्दा यसको स्वाद, गुणस्तर, पौष्टिकता र बजार मूल्यमा प्रतिकूल असर पर्ने भएकाले यस्तो निर्णय गरिएको हो। उनका अनुसार जिल्लाका आठै स्थानीय तहका कृषि शाखा तथा नागरिकलाई सूचनामार्फत जानकारी गराइएको छ।

    कृषि विज्ञहरूका अनुसार भदौको दोस्रो सातापछि मात्र स्याउ परिपक्व हुने भएकाले त्यही समय उपयुक्त मानिन्छ। परिपक्क स्याउको रङ ७० प्रतिशतभन्दा बढी भइसकेपछि मात्र संकलन तथा बिक्री गर्न किसानलाई निर्देशन दिइएको छ।

    कृषि विकास कार्यालयका तथ्यांकअनुसार जुम्लामा करिब १६ हजार घरधुरीले स्याउ खेती गर्दै आएका छन्। यहाँ करिब ४ हजार हेक्टर क्षेत्रफलमा स्याउखेती भइरहेको छ, जहाँ बेसीदेखि लेकसम्मका जमिन स्याउले ढाकिएका छन्।

    यसैबीच, तातोपानी गाउँपालिकाले पनि स्याउ बगैँचाधनी तथा व्यापारीहरूलाई भदौ १५ अघि स्याउ नटिप्न र निकासी नगर्न आग्रह गरेको छ। पालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार पालिकाले स्याउको परिपक्वता, स्वाद र बजार मूल्यलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको हो।

    उनका अनुसार भदौ १५ पछि मात्रै पालिकाको कृषि शाखा र सम्बन्धित वडा कार्यालयको सिफारिससहित स्याउ संकलन र निकासी गर्न पाइनेछ। सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौँ लगायतका प्रमुख सहरहरूमा स्याउ पठाउन पनि सोही मिति पछिबाट अनुमति दिइनेछ।

    तातोपानी गाउँपालिकाले आफ्ना आठवटै वडाका स्याउ उत्पादक किसान तथा व्यापारीहरूलाई सूचित गर्दै तोकिएको मिति अघि स्याउ संकलन र ढुवानी नगर्न कडाइका साथ आग्रह गरेको छ। समयपूर्व स्याउ टिप्दा किसानको ब्रान्ड र मूल्यमा ह्रास आउने भएकाले यसप्रति सबै सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.