Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Wednesday, April 8
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»सहमति जुट्न नसक्दा नेपाल तरुण दल जुम्लामा निर्वाचनबाट नेतृत्व चयन हुने
    समाचार

    सहमति जुट्न नसक्दा नेपाल तरुण दल जुम्लामा निर्वाचनबाट नेतृत्व चयन हुने

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 31, 2025Updated:July 31, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    धनसिंह रावत जुम्ला।
    जुम्ला । नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयनका लागि अब निर्वाचनमार्फत प्रक्रिया अघि बढ्ने भएको छ। प्रारम्भमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रयास गरिएको भए पनि आकांक्षी उम्मेदवारहरूबीच समझदारी कायम हुन नसकेपछि अन्ततः निर्वाचनको बाटो रोजिएको हो।

    साउन ९ गते उद्घाटन भएको तरुण दलको पाँचौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका पदहरूमा धेरै आकांक्षी देखिएपछि सहमति जुटाउन तीन सदस्यीय संयोजन समिति गठन गरिएको थियो। तर, पटक–पटकको प्रयासपछि पनि सहमति हुन नसकेको भन्दै नेपाली कांग्रेस जुम्लाले निर्वाचन गर्ने निर्णय लिएको हो।

    पार्टीका जिल्ला सचिव अर्जुनसिंह कठायतका अनुसार बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले निर्वाचन मण्डललाई आवश्यक प्रक्रिया शीघ्र सुरु गर्न निर्देशन दिएको छ। उनले भने, “अब नेतृत्वको जिम्मा कसले लिने भन्ने निर्णय मतदाताले गर्नेछन्।”

    झन्डै एक हप्ता सहमति जुटाउने प्रयास गरेपछि पनि निष्कर्ष ननिस्केपछि पार्टी निर्वाचनमा जान बाध्य भएको कांग्रेस स्रोतले जनाएको छ। अध्यक्षसहित अन्य पदमा उम्मेदवारी दिएका व्यक्तिहरूले समेत निर्वाचनलाई सकारात्मक रूपमा लिएको र लोकतान्त्रिक अभ्यासमा यो उदाहरणीय बन्ने विश्वास व्यक्त गरेका छन्।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.