Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Wednesday, April 8
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»राजनीति»हेम बुढथापाको नेतृत्वमा नेपाल तरुण दल जुम्लाको नयाँ कार्यसमिति चयन
    राजनीति

    हेम बुढथापाको नेतृत्वमा नेपाल तरुण दल जुम्लाको नयाँ कार्यसमिति चयन

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 31, 2025Updated:July 31, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दल जुम्लाको पाँचौँ जिल्ला अधिवेशनबाट हेम बहादुर बुढथापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

    साउन ९ गते उद्घाटन भएको अधिवेशनको साउन १० गतेदेखि बन्द सत्र सुरु भएपनि नेतृत्व चयनमा सहमति जुट्न नसक्दा प्रक्रिया केही ढिलो भएको थियो। अन्ततः बिहीबार निर्वाचन अधिकृत भक्त बहादुर बुढाको संयोजनमा अध्यक्षसहित सबै पदमा सहमतिको आधारमा नयाँ कार्यसमिति चयन भएको हो।

    निर्वाचित कार्यसमितिमा अध्यक्षमा हेम बहादुर बुढथापा चयन भएका छन्। उपाध्यक्ष पदमा रतन बहादुर शाही र माधव राज शर्मा चयन भएका छन् भने सचिवमा कृष्ण प्रसाद उपाध्याय, सह–सचिवमा कुमल बहादुर बाहोरा र कोषाध्यक्षमा डिल्ली प्रसाद उपाध्याय चयन भएका छन्।

    समग्रमा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्णयमार्फत गठन गरिएको निर्वाचन अधिकृत बुढाले जानकारी दिए। उनले निर्वाचन प्रक्रिया पूर्ण रूपमा पारदर्शी, लोकतान्त्रिक र सौहार्दपूर्ण भएको बताउँदै सम्पूर्ण प्रतिनिधि र उम्मेदवारप्रति आभार व्यक्त गरे।

    नयाँ नेतृत्व चयनसँगै नेपाल तरुण दल जुम्लाले संगठनलाई थप सुदृढ गर्दै युवा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ। अध्यक्ष बुढथापाले पार्टीको नीति, कार्यक्रम र संगठन विस्तारमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए।

    कांग्रेसको संगठन सुदृढीकरणको दृष्टिले समेत यो अधिवेशनलाई महत्वपूर्ण मानिएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.