Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Wednesday, April 8
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»स्वास्थ्य»जुम्लामा डाक्टर अभावले दुई सातादेखि भिडियो एक्सरे सेवा बन्द
    स्वास्थ्य

    जुम्लामा डाक्टर अभावले दुई सातादेखि भिडियो एक्सरे सेवा बन्द

    dipakBishwakarmaBy dipakBishwakarmaAugust 4, 2025Updated:August 4, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    धनसिंह रावत

    जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा डाक्टर नहुँदा भिडियो एक्सरे सेवा दुई सातादेखि अवरुद्ध भएको छ । रेडियोलोजी विशेषज्ञ चिकित्सक सम्पर्कविहीन भएपछि सेवा ठप्प हुँदा उपचारका लागि आउने बिरामीहरू मारमा परेका छन् ।

    प्रतिष्ठानका निमित्त उपकुलपति डा. डब्ब बहादुर धामीका अनुसार सेवा जिम्मेवारीमा रहेका डाक्टर बिना कुनै जानकारी अनुपस्थित छन् । “हामी नयाँ रेडियोलोजी चिकित्सकको खोजीमा छौं”, उनले बताए, “अहिले कार्यरत डाक्टर सम्पर्कमा छैनन् ।”

    अत्यावश्यक अवस्थाका केही बिरामीलाई भने सीमित रूपमा भिडियो एक्सरे सेवा दिइएको प्रतिष्ठानले जनाएको छ । यद्यपि, अधिकांश बिरामी सेवा नपाएर हैरान छन् ।

    गुठिचौर–५, देपालगाउँका नन्दराम नेपालीले छोराको पेट दुखेपछि परीक्षण गर्न जाँदा भिडियो एक्सरे नभएकाले समस्या पत्ता लगाउन सकिएको छैन भन्ने गुनासो गरे । उनले भने, “प्रतिष्ठानमा एक्सरे सेवा छैन भनेर फर्काइयो, उपचार अपूरो भयो ।”

    प्रतिष्ठानमा हरेक दिन दर्जनौँ बिरामी पुग्छन्, जसमा हड्डी तथा आन्तरिक समस्याका लागि भिडियो एक्सरे अनिवार्य मानिन्छ । तर, सेवा अवरुद्ध हुँदा बिरामीहरू अन्योलमा परेका छन् ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.